सर्लाहीमा राष्ट्रिय परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट पहिलो चरणमा २८ हजार राष्ट्रिय परिचय पत्र छपाई भई आएको र ती परिचय पत्र सोमबारबाट वितरण गर्न सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
कर्णालीको निजी क्षेत्रले चीनसँग जोडिएका नाकाहरू खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ । कोरोनाकालदेखि बन्द गएका उत्तरी नाकाहरू अझै खुलेका छैनन् ।
दाङ र बाँके गरी दुई जिल्लामा एक वर्षमा करिब साढे चार किलोमिटर नदीमा तटबन्धन गर्दा १० हेक्टर बढी जग्गा उकासिएको छ ।
भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट बालबालिका फरार भएका छन् । भक्तपुर जिल्ला प्रहरी कार्यालयले फरारमध्ये केही नियन्त्रणमा आएको भए पनि यकिन सङ्ख्या प्राप्त नभएको जानकारी दिएको छ ।
तर, गोल र उपाधिले सिङ्गो विश्वलाई चकित बनाउनुभएकी ओल्गाको खुशी निमेषभरमै सकियो । स्पेनले महिला विश्वकप फुटबलको उपाधि चुमेपछि ओल्गालाई दु:खद समाचार सुनाइयो । जुन समाचार उहाँको पिताको निधनको थियो ।
पुतलीबजार नगरपालिकाले एसईई उत्तीर्ण गरेका २८ जनालाई प्राविधिक शिक्षा(सिभील सव-इन्जिनियर) पढ्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
सुदूरपश्चिम प्रदेशका देव–देवालयहरू (मन्दिर) मा विशेष हर्षोल्लासका साथ मनाइने गौरा पर्व भदौ ७ र २१ गते मनाइने भएको छ । भदौ ७ गते गौरा पर्व मनाउनेले पञ्चमीको अवसरमा सोमबार बिरुडा भिजाएका छन् । बिरुडा भिजाएसँगै सुदूरपश्चिममा गौरा पर्वको विधिवत सुरुवात भएको छ ।
तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्त्व रहेको छ ।
पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण दर घट्दो क्रममा छ । विशेषगरी गाई गोरुमा लाग्ने लम्पी स्किनविरुद्धको खोप अभियानलाई तीव्रता दिन थालिएसँगै सङ्क्रमण दर घट्न थालेको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमित भएको छ ।
नेकपा (एमाले) का उमहासचिव प्रदीप ज्ञवालीले सरकारले साझा एवम् आधारभूत विषयमा सहमति खोज्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई सङ्गठित हुन सहज हुने कानुनी र संस्थागत व्यवस्था गर्नेगरी बनाइएको प्रदेश श्रम तथा रोजगार नीति २०८० को बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो ।
उपप्रधान एवम् तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले भेट गरेका छन् ।
तस्करहरूले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ ।