हु न त अहिले घरमै बसीबसी एकैछिनको ‘सर्च’ र ‘क्लिक’बाट ब्रह्माण्डकै जानकारी पाउन सकिने प्रविधिको विकास भएको छ । तैपनि औपचारिक रूपमा सञ्चालन हुने शिक्षण सिकाइ प्रक्रियाको सन्दर्भ उठाउँदा विद्यालय, पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण विधिजस्ता विषय स्वतः आउँछन् । यिनमा पनि यी सबैको सार्थक प्रयोगका साथ उपयुक्त शैक्षिक वातावरण निर्माण गरी शिक्षण सिकाइ क्रियाकलापलाई सफल पार्ने जिम्मेवारी बोकेको शिक्षकको अनुहार उपस्थित हुन्छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ बाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।
बारेकोट गाउँपालिका–२, रोकायगाउँका ललित कामीको परिवार बर्सेनि दशैँ मनाउन मात्र घरमा आइपुग्छन्। परिवारका पाँच सदस्यको अधिकांश समय भारतको कालापहाडमै मजदुरीमा बित्छ। गाउँका छिमेकी रामबहादुर कामीको परिवार पनि भारतकै रोजगारीको भरमा छ। गरिबी र बेरोजगारीका कारण दुर्गमका स्थानीय मजदुरीका लागि भारतका विभिन्न सहर बर्सेनि जानुको विकल्प छैन।
पाँचथरमा भीरबाट लड्दा बृद्धको ज्यान गएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका ७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको ज्यान गएको हो ।
पश्चिम नेपालकै सुगम जिल्ला मानिने बाँकेका दुई दुर्गम गाउँपालिकामा अझै पनि नेपाल टेलिकमको सेवा विस्तार हुन नसक्दा स्थानीयलाई सास्ती भएको छ। राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पर्याप्त टावर नहुँदा मोबाइल र सोसम्बन्धी अन्य सेवा राम्ररी नचल्दा स्थानीयले सास्ती भोग्नु परेको गाउँपालिकाले जनाएको छ।
गण्डकी प्रदेश कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले मानवीय क्रियाकलापका कारण प्राकृतिक सम्पदामा ठूलो असर परेको बताउनुभएको छ। जलाधार क्षेत्रमा बढ्दै गएको प्रदूषण रोक्न पानीसँग जोडिएका धर्म, संस्कार रीतिरिवाज एवं संस्कृति उजागर गर्नुपर्ने धारणा पनि उहाँको छ। नारायणी जलाधार संरक्षण गर्न आयोजित नारायणी नदी सम्मेलनमा उहाँले सो विचार व्यक्त गर्नुभएको हो।
जाजरकोटमा भीरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमाण्डरको मृत्यु भएको छ । भेरी नगरपालिका २ डिँगा निवासी ३९ वर्षीय नरबहादुर थापा (जलन) को घर नजिकैको भीरबाट लडेर ज्यान गएको हो ।
प्युठान जिल्ला अस्पताल बिजुवारको भिडियो एक्स–रे मेसिन बिग्रँदा बिरामीलाई समस्या भएको छ। मेसिनका कारण विगत एक वर्षदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीले सहज र सुलभ सेवा पाउन सकेका छैनन्। अस्पतालमा एक्स–रेसम्बन्धी सेवामा समस्या भएकाले नयाँ मेसिन खरिदका लागि विभागमा माग गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमिला खनालले बताउनुभयो। उहाँका अनुसार अस्पतालमा तीनवटा मेसिन छन्। एक वर्षअघि लुम्बिनी प्रदेश कार्यालयबाट ल्याइएको मेसिन एक महिनामै बिग्रेको थियो। निःशुल्क हुने भिडियो एक्स–रेका लागि निजी क्लिनिकमा छ सयदेखि आठ सय रुपियाँसम्म तिर्नु परेको सेवाग्राहीको
कपिलवस्तुमा ८१ हजार ८१५ जना रोजगारका लागि विदेशिएका छन्। अघिल्लो आर्थिक वर्षको तथ्याङ्कअनुसार वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ८१ हजार नाघेको छ। गत वर्ष कपिलवस्तुका २२ जना वैदेशिक रोजगारीका क्रममा मृत्यु भई शव आएको वैदेशिक रोजगार बोर्डको तथ्याङ्क रहेको छ।
चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरी प्रकाउ गरेको छ । जिल्ला अदालत जाजरकोटको आदेशले एक महिना कैद जरिवाना भई फरार रहेको धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
म्याग्दी सदरमुकाम बेनीमा अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा सोमबारदेखि महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । आगामी पाँच दिनसम्म सञ्चालन हुने तालिममा ८५ जना महिलाको सहभागिता रहेको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को सात महिना पूरा हुँदासमेत नेपालगञ्ज उप–महानगरपालिकाको पुँजीगत खर्च एकदमै न्यून रहेको छ । नगर उपप्रमुख कमरुद्दिन राईले १२औँ नगर सभामा प्रस्तुत गर्नुभएको विवरणअनुसार नेपालगञ्जको पुँजीगत खर्च १० प्रतिशतभन्दा पनि न्यून रहेको छ । उपमहानगरपालिकाका अनुसार पुँजीगततर्फ ९.४४ मात्रै खर्च भएको छ ।
शिक्षण सिकाइलाई सेवाको रूपमा भन्दा पेसाको रूपमा बढी हेरिने गरिन्छ अचेल। विद्यालयमा दिने शिक्षा होस् वा ‘ट्युसन’ कक्षा, शिक्षा प्रदान गरेबापत पारिश्रमिक लिने गर्छन् शिक्षक। रौतहटको सदरमुकाम गौरमा भने दुई दशकभन्दा बढी समयदेखि निःशुल्क शिक्षा प्रदान गरी उदाहरणीय शिक्षक बन्नुभएको छ, विपन्न परिवारका एक व्यक्ति। उहाँले विद्यालय जानबाट वञ्चित वा विद्यालय बीचैमा छाडेका, आमा, बाबु वा दुवै अभिभावक नभएका, निर्धन तथा दलित समुदायका बालबालिका खोजी गरेर उनीहरूलाई २३ वर्षदेखि निःशुल्क शिक्षा प्रदान गर्दै आउनुभएको छ।
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा रहेको कुटीडाँडा माध्यमिक विद्यालयल सरकारले दिएको दिवाखाजाको सानो रकमलाई बुद्धिमतापूर्ण तरिकाले व्यवस्थापन गरी विद्यार्थीहरुलाई ताजा, स्वच्छ तथा सफा खाजा खुवाउन सफल भएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा नवनिर्मित सुविधासम्पन्न बसपार्क सोमबारबाट सञ्चालन भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा निर्माण भएको नयाँ बसपार्कको नगरप्रमुख नागेन्द्रप्रसाद यादव र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। बस व्यवसायीबीचको आन्तरिक द्वन्द्वका कारण केही समयअघि नै निर्माण भएको यो बसपार्क सञ्चालन हुन सकेको थिएन।