काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार महानगरपालिकाले हाल महामारीको रूपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने बायो लार्भासित (जैविक औषधि) छर्किन लागेको हो ।
बाँके युनेस्को क्लबसँगको साझेदारीमा च्यारेटीले जिल्लाका खजुरा र राप्तीसोनारी गाउँपालिकाका अति विपन्न २१ परिवारलाई आयआर्जनका लागि चल्ला, दाना, भाडा वर्तन, खोर निर्माणका लागि जस्तापाता लगायतको सहयोग प्रदान गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरुको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।
अफ्रिकाको दक्षिण पूर्वको मध्यमा रहेको भूपरिवेष्ठित राष्ट्र जिम्बाबेमा अगस्ट २३ अर्थात् भोलि (बुधबार) आम निर्वाचन हुँदैछ । यो निर्वाचनले राष्ट्रपतिको चयन गर्नेछ ।
आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका बढी रहेका छन् । अदालतमा कूल दुई हजार नौ सय २४ मुद्दा दर्ता भएकामा नौ सय २७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।
जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको रेडियोधर्मी विकिरणले दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरु गर्ने भएको छ ।
सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला रु आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ । सामान्य वा मझौला खालका आयोजना भए एकाध वर्षमा नै सम्पन्न हुनसक्छ । तर, कूल ७४ किलोमिटर लामो एउटा परियोजना सम्पन्न गर्न १३ वर्ष लागेको छ ।
थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ । नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा (एमाले)ले संसद् अवरोध गरेर जनतामाथि अन्याय गरेको बताउनुभएको छ ।
फिदिम नगरपालिकाले किसानलाई ठुलो परिमाणमा मिनिमिल र हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिल र हाते ट्याक्टर वितरण गरेको हो ।
यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर बाँकेको पिछडिएको गाउँपालिका नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाहले शिक्षा र स्वास्थ्यका लागि विशेष बजेट माग गर्नुभएको छ ।
वि.सं. २०४० सालमा आठ सय ६५ रोपनीमा स्थापित धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय मर्मत सम्भारको बजेट अभावमा जीर्ण बन्दै गएको छ ।
प्यालेस्टाइनका बन्दुकधारीको कब्जामा रहेको वेस्ट बैङ्क सहरमा आक्रमणमा परी एक इजरायली महिलाको मृत्यु भएको छ ।