• १३ साउन २०८१, आइतबार

किसानलाई अनुदानमा मिनिमिल र हाते ट्याक्टर

blog

किसानलाई वितरणका लागि फिदिम नगरपालिकाले खरिद गरेका हाते ट्याक्टर ।

राधा लुइटेल

फिदिम, भदौ ५ गते । फिदिम नगरपालिकाले किसानलाई ठुलो परिमाणमा मिनिमिल र हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिल र हाते ट्याक्टर वितरण गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रममार्फत खरिद गरिएका ७० वटा मिनिमिल र दुई सय १८ वटा हाते ट्याक्टर वितरण गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

३० हजार रुपियाँ प्रति गोटा खरिद गरिएका मिनिमिल किसानबाट किसानको १५ हजार रुपियाँ (५० प्रतिशत) र ५० हजार रुपियाँमा खरिद गरिएका हाते ट्याक्टर किसानको २५ हजार (५० प्रतिशत) लागत साझेदारी र नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको पनि काफ्लेले बताउनुभयो ।

उत्पादित अन्न कुटानी पिसानीमा सहजता ल्याउन मिनिमिल र खनजोत गर्ने सहजताका लागि हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।