प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिए लगत्तै राष्ट्रपति कार्यालयबाट सर्वोच्च अदालत पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो।
नेपाली कांग्रेसले विपक्षीले फैलाएको राजनीतिक एवम् अन्य भ्रम चिर्दै चार वटा प्रदेश सरकारको नेतृत्व गर्न सफल भएको यथार्थ विवरण जिल्ला मातहतमा बुझाउने काम भएको बताएको छ।
बागलुङको सबैभन्दा दुर्गम र विकट गाउँ निसेलढोर गाउँका स्थानीय जुमबहादुर बुढा मगर अहिले ७२ वर्षको हुनुभयो। निसिखोला गाउँपालिका–५,मा अवस्थित निसेलढोरबासी टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आएका छन् ।
राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ।
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।
न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसद्को अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भूमिका खेल्न नसकेको बताउनुभएको छ ।
कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको जनगुनासोलाई गृह मन्त्रालयले कडाइपूर्वक सम्बोधन गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत उत्पादन, प्रसारण र वितरणमा तालमेल आवश्यक रहेको बताउनुभएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ ।
उत्तरी नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा खुर्सानी फलेको छ । तीन जना किसानले परीक्षणका रूपमा रोपेको खुर्सानी लटरम्मै फलेको छ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ‘दोस्रो आइएसएफ जिम्न्यासाइड–२०२३’ नेपालले बक्सिङबाट दुई कांस्य पदक जितेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिष्ट भन्दा फार्मेसीको सङ्ख्या बढी हुनुपर्ने बताउनुभएको छ ।
भनिन्छ ‘पढ्ने र सिक्ने कुनै उमेर हुँदैन’, पढाइ र सिकाइको महत्वबारे ज्ञान हुनेवित्तिकै इच्छा शक्ति हुने हो भने उमेरले पढ्न सिक्न छेक्दैन । भनाइलाई सार्थक बनाउनुभएको छ कोहलपुर–५ कि ६१ वर्षीया प्रेमकुमारी गिरीले ।