जब सन् १९७१ मार्च ८ मा जोय फ्रेजर र मोहम्मद अली आपसमा भिड्न रिङमा चढे त्यस भिडन्तलाई हेर्न विश्वको गति थामिएको थियो। न्युयोर्क सिटीको मेडिसन स्क्वायर गार्डेनमा भएको त्यस भिडन्तलाई विश्वले ‘फाइट अफ द सेन्चुरी’ उपमाबाट पनि चिन्दछ । त्यस भिडन्तमा साढे चार करोड अमेरिकी डलरको टिकट बिक्री गरिए र विश्वमा ३० करोडभन्दा बढी मानिसले टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेरे । कतिसम्म भयो भने भिडन्तको नतिजा सार्वजनिक भइसक्दा समेत बेलायतको लगभग आधा जनसङ्ख्याले बिबिसीमा त्यसको पुनः प्रसारण हेरेको थियो ।
झापाको दमकमा विभिन्न खाद्य सामग्री उत्पादन गर्ने उत्पादकहरुले प्रयोग गर्ने तेलमा शुद्धता नरहने गरेको र उनिहरुले तोकिएको मापदण्ड पुरा नगरी बजारमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेका अनुसार तेलमा तारेर बनाईने चिप्स लगायतका खाद्य सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्दा एउटै तेल बारम्बार प्रयोग गर्ने गरेको भेटिएको छ । एउटै तेललाई लामो समय सम्म खानेकुरा तार्न प्रयोग गरिएको भेटिएको छ, उहाँले भन्नुभयो ।
सम्झौताको म्याद सकिन करिब आठ महिना बाँकी छँदा कर्णालीमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै मितिभित्र पूरा हुने भएको छ । मुआब्जा तथा अन्य विवाद सल्टिएपछि कोहलपुर –सुर्खेतमा एक सय ३२ केभी प्रसारण लाइन तोकिएकै समयमा पूरा हुने भएको हो ।
सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१३, अरुणठाकुरका पुनाकुमारी मगरको घरको छानोमा अहिले रातो जस्तापाता टल्किएको छ । वर्षौंदेखि खर (फुस) ले छाएको घरमा बस्दै आ
यो वर्षको साउन महिना सकिँदा बागमती प्रदेशमा ९३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षभन्दा यो वर्ष यस प्रदेशमा वर्षे धानबाली हुने क्षेत्रफल भने घटेको छ । गत प्रदेशमा वर्षे धानबाली हुने कुल क्षेत्रफल एक लाख २० हजार ५६९ हेक्टर रहेकोमा यो वर्ष एक लाख १३ हजार ५२३ हेक्टर क्षेत्रफलमा वर्षे धानबाली खेती हुने बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
रामेछापको मन्थलीमा सञ्चालित मन्थली नगर अस्पतालले आफ्नो सेवालाई विस्तार गर्दै लगेसँगै बिरामीको चाप बढेको छ । मन्थली अस्पतालमा रामेछाप
आगामी असोज ६ देखि २३ गतेसम्म चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ । नेपालसँगै उक्त समूहमा हङ्कङ चाइना र फिलिपिन्स रहेका छन् ।
काठमाडौँ, भदौ ६ गते । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो ।
डोलेश्वरलाई केदारनाथको शिर भाग भएको घोषणा गरिएको दिन भदौ ६ गते भएकाले केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मन्दिरको चारै ढोक खुला राखी भक्तजनले शिला छोएर पूजा गर्न सकिने व्यवस्था गरिएको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशको निजामती सेवामा खस आर्य र सहिद तथा बेपत्ताका परिवारलाई क्लस्टर छुट्याएर आरक्षण दिने गरी विधेयकमा व्यवस्था गरिएको छ। कर्णाली सरकारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ साउन ३२ गतेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ। बैठकमा सामान्य छलफल भई शुक्रबारदेखि संशोधन प्रस्तावका लागि समय निर्धारण गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
अछाम जिल्लाका विभिन्न स्थानीय तहमध्ये ढकारी गाउँपालिका साबिकका पाँच वटा गाविस ढकारी, हिच्मा, वलाता, ढुङ्गाचाल्ना र घोडासैन मिलेर बनेको हो। यस गाउँपालिकाको नामकरणको सन्दर्भमा स्थानीय जानकारका अनुसार बजार क्षेत्र रहेको ढकारीमा धेरै समय पहिला ढाक्रे (भरिया) हरूको थकाइ मार्ने स्थान भएकाले साबिकको ढकारी गाविस हुँदै पालिकाको नाम पनि ढकारी रहेको हो। गत वर्ष भएको स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा नेपाली कांग्रेस अछामका जिल्ला कार्यसमिति सचिव ४४ वर्षीय प्रकाशबहादुर साउद निर्वाचित हुनुभएको थियो। कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधनलगायत सुविधा बढाउन नियमावली नै संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न लागिएको हो। नियमावली संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सोमबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ। मस्यौदा समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू विक्रमसिंह धामी, मानबहादुर धामी, सुरेन्द्रबहादुर पाल, खुसीराम डङ्गौरा थारू, प्रकाश रावल, खेमादेवी विष्ट र डा. ताराप्रसाद जोशी रहनुभएको छ।
विराटनगरमा अव्यवस्थित ढङ्गले चलेका बजारका खुद्रा मासु पसलले अस्वस्थ्यकर माछा तथा मासु बिक्री गर्ने गरेको भन्दै यसको नियन्त्रण गर्ने अभियान सुरु भएको छ ।