सङ्घीय संसदमा उपस्थित राष्ट्रिय मान्यताप्राप्त सात दलहरूबीच दुई बुँदे सहमति भएको भएको छ । यो सहमतिसँगै अब सदनका कारबाही सुचारु हुने भएको छ ।
केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक नेपालमा फेला परेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।
विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय सञ्चालन हुनेगरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खाल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या भएको हो ।
डिभिजन वन कार्यालय डडेलधुरामा एक साता यता कामकाज ठप्प भएको छ । योजना शाखामा ताला लगाई कर्मचारी घरबिदामा बस्दा कार्यालयको कामकाज ठप्प भएको हो ।
सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रूपमा कठिनाइ होला ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गौतम मिश्रका अनुसार अहिलेसम्म आठ जनाको शव निकालिएको छ ।
स्वरोजगारको रूपमा घरमा बसेर, सिलाइ, बुनाइ, इम्ब्रोइडरीलगायतका सिपमूलक काममार्फत आय आर्जन गर्ने नेपाली गृह श्रमिक (होम वेस्ड वर्कर) ले घर खर्च चलाउन ६२ प्रतिशत योगदान पुर्याइरहेको सर्वेक्षणले देखाएको छ ।
पूर्वी नवलपरासीमा पछिल्लो समय सुन्तला खेतीतर्फको आकर्षण बढ्न थालेको छ । पराम्परागत कृषि खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि व्यवसायिक रुपमा सुन्तला खेतीतर्फको आर्कषण बढ्न थालेको हो ।
शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी भवन व्यवस्थित र सुविधासम्पन्न आवासहितको प्रविधिमैत्री हुनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् ।