पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, छहराबाट यात्रुवाहक बस त्रिशुली नदीमा खसेको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग उपलब्ध गराएको थियो ।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पाँच दिनदेखि अवरुद्ध भएको सडक बुधबार बिहानदेखि खुलेको छ ।
इटालीका २७ ठूला शहरमध्ये १७ शहरमा गर्मीको नयाँ रेकर्ड कायम भएको छ । उक्त शहरमा यस वर्षकै तेस्रो धेरै गर्मीको रेकर्ड कायम भएको हो ।
लामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले गत जेठ अन्तिम साता नै खारेज गरे पनि पूर्वाधार निर्माणको काममा प्रक्रिया अघि नबढेपछि महोत्तरीसहित मधेसका जिल्लाहरुमा निराशा बढेको हो ।
पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँबाट विद्यालय जाने क्रममा तुईनमा अड्किएका दुई जना वयस्कसहित छ जना बालबालिकाको सात घण्टापछि सकुशल उद्धार गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्यूयोर्क जानुहुने भएको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधनमन्त्री प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुग्नुभयो । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उहाँले डल्फिन उफ्रेको हेरेर आनन्द लिनुभयो ।
काठमाडौं उपत्यकासहित देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि देशभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
केन्द्रीय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले पदाधिकारी र प्राध्यापक नियुक्तिमा राजनीतिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको हो ।
उद्योग वाणिज्य सङ्घ जलेश्वरले बुधबार जलेश्वर बजार बन्द गराएको छ । बजार बन्द भएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।
टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो ।
कोशी प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित हुनुभएको छ । झापाको काँकडभिट्टामा भएको संघको दोस्रो अधिवेशनबाट विराटनगर निवासी पाण्डे निर्वाचित हुनुभएको हो ।
चिया र अलैंची खेतीका लागि कहलिएको इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ ।
धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन ।