• २८ वैशाख २०८१, शुक्रबार

कोशी प्रदेश क्रिकेट सङ्घमा सर्वजित पाण्डे

blog

झापाको काँकडभिट्टामा भएको सङ्घको दोस्रो अधिवेशनबाट विजयी उम्मेदवार । तस्बिर : लीलाराज झापाली

लीलाराज झापाली
बिर्तामोड, भदौ ६ गते ।
कोशी  प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित हुनुभएको छ । झापाको काँकडभिट्टामा भएको संघको दोस्रो अधिवेशनबाट विराटनगर निवासी पाण्डे निर्वाचित हुनुभएको हो ।

अध्यक्षका अर्का उम्मेदवार सुनसरी इनरुवाका विप्लव घोषलाई छ मतले पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो  ।

पूर्व राष्ट्रिय खेलाडीसमेत रहनुभएका पाण्डेले १९ मत प्राप्त गर्दा घोषले १३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा उदयपुरका अनुप ढुङ्गाना १८ मतले विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी झापाका प्रवीण थापालाई १४ मत प्राप्त गर्नुभयो ।

यसैगरी, सचिवमा इलामका टीकाराम पुरीले इलामकै अर्जुन पौडेललाई पराजित गर्दै निर्वाचित हुनुभयो । पुरीले १८ मत ल्याउँदा पौडेलले १४ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा झापाका बिरु श्रेष्ठले सुनसरीका चेतनाथ पौडेल सिपीलाई पाँच मतले हराउँदै निर्वाचित हुनुभयो । श्रेष्ठले १९ मत ल्याउँदा पौडेलले १३ मत ल्याउनुभयो ।

कार्यसमितिको सदस्यहरूमा झापाका सुरेश गुरागाईँ, सचित आनन्द सुब्बा, नारद नेपाल, सुनसरीका सुमेशकुमार हलुवाई, शिवकुमार यादव, ताप्लेजुङका मिङ्मा डन्डु शेर्पा, विराटनगरका नवीन घिमिरे, अम्बिका बुढाथोकी र उदयपुरका रामकृष्ण आचार्य निर्वाचित हुनुभयो । साधारणसभा नेपाल क्रिकेट सङ्घका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्द, क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी पारस खड्कालगायातले उद्घाटन गर्नुभएको थियो ।