बाढी आएर खोलाको बाटो बिगारेपछि यातायात सञ्चालन हुन छाड्दा सर्लाहीको उत्तरी चुरेभेगका बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।
परम्परागत खेतीबाट खासै आम्दानी नहुने र परिवार पाल्न पनि धौ धौ हुन थालेपछि मनाङका कृषक नगदे बालीतर्फ उन्मुख भएका छन्। स्याउ, मकै, भटमास, आलु र राजमाको खेती गर्ने किसान स्याउ खेती विस्तारमा लागेका छन्। परम्परागत यी बालीबाट राम्रो आम्दानी नभएपछि यहाँका किसान अहिले उच्च प्रविधिको इटाली र सर्बियाबाट ल्याइएको धेरै फल दिने फुजी, गाला, गोल्डेन र रेड डिलिसिस जातका स्याउ खेती विस्तारमा लागेका हुन्।
नेपालको भौगोलिक हिसाबले सबैभन्दा ठुलो तर जनसाङ्ख्यिक हिसाबले सबैभन्दा सानो प्रदेश हो कर्णाली । हिमाली र पहाडी भूभागका प्राकृतिक सम्पदा, संस्कृतिले पूर्ण कर्णाली नेपालकै पुरानो खस सभ्यताको मूल थलो हो । जडीबुटीको भण्डार यहाँ नै नेपालको सबैभन्दा गहिरो ताल से फोक्सुन्डो र ठुलो ताल रारा छन् । प्राचीन सभ्यता, अनेक जडीबुटी, सुन्दर भौगोलिक दृश्य, जलसम्पदाको धनी कर्णाली मानवविकास सूचकाङ्कमा नेपालको सबैभन्दा पछाडि परेको छ । विगतको केन्द्रीकृत राज्यप्रणालीले दुर्गम, अविकसित र गरिबीको विशेषण बोकाएको कर्णालीले सङ्घीय प्रणालीमार्फत समान अधिकार पाए पनि अझै हेपिएको
व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी गर्नु तथा आफूलाई प्राप्त अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार हो । यसलाई व्यक्तिगत फाइदाका लागि गरिने राज्यविरुद्धको अपराध तथा सार्वजनिक पदाधिकारीको अनैतिक व्यवहार वा क्रियाकलापको रूपमा लिने गरिन्छ । सार्वजनिक जीवनमा स्वीकृत मूल्यमान्यताविरुद्धको आचरणको रूपमा रहेको भ्रष्टाचार नीतिगत, प्रक्रियागत, संस्थागत र व्यक्तिगत स्वरूपको बारेमा चर्चा गर्ने गरिए तापनि भ्रष्टाचारको मूल जडको रूपमा रहेको बौद्धिकताको प्रयोग गरी गरिने राज्यविरुद्धको आर्थिक तथा सामाजिक अपराधको चर्चा सार्वजनि
अचेल समाज परिवर्तनका नाममा आफ्नो काम गर्ने संस्कार पनि परिवर्तन हुन थालेको छ । आफ्नो काम आफैँ गर्दा सानो भइन्छ कि भन्ने आडम्बरभित्र समाज घेरिएको जस्तो आभास हुन थालेको छ । भाषण, मन्तव्य तथा विश्लेषण ठुल्ठुलो तहकाले गर्ने तर सानो पनि काम नगर्ने पद्धतिको अभ्यास समाजभित्र भइरहेको छ । जसको कारणले समाजले मुलुकको आर्थिक विकासमा दिनुपर्ने योगदानमा असर परिरहेको छ । पछिल्ला दिनमा नेपाली समाज अति सामान्य काम कुरामा समेत परनिर्भर बन्दै गएको छ । नीतिनिर्माण तहमा बसेका अधिकारीदेखि राजनेताले कुरा गर्दा मुलुकलाई समृद्ध बनाउने, उत्पादन बढाउने र निर्यात गर्दै मुलुक
विसं २०४० सालमा ८६५ रोपनीमा स्थापित धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय मर्मतसम्भारको बजेट अभावमा जीर्ण बन्दै गएको छ । यस शिक्षालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डिप्लोमा र १८ महिने प्रिडिप्लोमा अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यो विद्यालय क्षेत्र कुनै बेला पर्यटकीय क्षेत्रका रूपमा चिनिन्थ्यो ।
चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो ।
सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउँका स्थानीयको घरघरमा खानेपानीका धारा जडान गर्ने वर्षौदेखिको सपना पुरा भएको छ । सो गाउँका लागि पागरपानी खानेपानी योजना निर्माण भएर सञ्चालनमा आउदा स्थानीयको सपना पुरा भएको हो । बराई गाउँका स्थानीय धनलाल टमटाले वर्षौदेखि घरघरमा धारा जडान गरेर खानेपानी प्रयोग गर्ने बराईवासीको सपना अहिले आएर पुरा भएको बताउनुभयो । यसअघि सो गाउँका स्थानीय बासिन्दाहरु गाउँ नजिकैको मुलको पानी प्रयोग गर्दै आउनु भएको थियो ।
भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत पक्षमा छलफल भएको थियो ।
२०४८ सालमा रुखबाट लडेर ढाडको मेरुदण्ड भाँचियो । उपचारका लागि धेरै ठाउँमा भौँतारियो । धेरै रकम खर्च भयो । तर केही सिप नलागेपछि तीन वर्ष बेडमै बित्यो । अहिले पनि दिनहुँ नसाको औषधी खाइराख्नुपर्छ । ह्वील चेयरमा बसेर हिँडनुको विकल्प छैन । कावासोती नगरपालिका वडा नम्बर ७ को ऐलानी जग्गमा बसिरहेका ६० वर्षीय चुडामणि बोहरा २६ वर्षदेखि ह्वील चेयरमा हुनुहुन्छ । उहाँले गोठभरी दुहुना भैँसी पाल्नु भएको छ । एउटा पाडीबाट सुरु भएको भैँसी पालन केही वर्षअघिसम्म २२ वटा दुहुना भैँसीसहित पाडापाडी गरेर ३२ वटा पुगेका थिए । भैँसी स्याहार गर्ने सबै जिम्मा चुडामणिकै हो । भैँसीहरुलाई घाँस पराल गर्ने, पानी कुँडो दिने, दुहुने, गोबरसोत्तर गर्ने सबै काम चुडामणिको भरमा छ ।
सडक अवरुद्ध भएपछि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं. ७ र ८ का पहिरोपीडितले राहत पाउन सकेका छैनन् । पहिरोपीडित दुवै वडाका ६५ घरपरिवारलाई दाताले राहत दिन खोजे पनि पाउन नसकेको बताइएको छ ।
मुस्ताङको धार्मिक स्थल कागबेनीमा अघिल्लो हप्ता आएको बाढीले एक अर्ब रुपियाँ बराबरको क्षति पुर्याएको विवरण सार्वजनिक गरिएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले ठूलो भौतिक क्षति पुर्याएको थियो । मंगलबार गाउँपालिकाले बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले किर्ते नागरिकताका दोषी र बलात्कार आरोपीलाई पक्राउ गरेको छ । किर्ते नागरिकताका दोषी फिदिम नगरपालिका–१४, का मेखबहादुर राई र बलात्कारका आरोपी मिक्लाजुङ गाउँपालिकाका ५० वर्षीय गंगा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
१. फिफा महिला विश्वकप फुटबल प्रतियोगिता, २०२३ को उपाधि जित्ने राष्ट्र कुन हो ? स्पेन – इङ्ग्ल्यान्डलाई १–० गोल अन्तरले हराएर स्पेनले सो उपाधि जितेको । – महिला फुटबल विश्वकपमा स्पेन तेस्रो सहभागितामा नै उपाधि जित्न सफल भएको । – पुरुष र महिलातर्पm विश्वकप ट्रफी उचाल्ने जर्मनीपछि स्पेन दोस्रो राष्ट्र बनेको । – प्रतियोगितामा स्विडेन तेस्रो तथा अस्ट्रेलिया चौथो बनेको ।
शिक्षासम्बन्धी अधिकारको बाँडफाँट १. नेपालको संविधानमा शिक्षासम्बन्धी अधिकारको तहगत बाँडफाँट के–कस्तो रहेको छ ? उल्लेख गर्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्थानीय तहको भूमिका के हुन सक्दछ ? प्रचलित कानुनी व्यवस्थासमेत विचार गरी जवाफ दिनुहोस् । सङ्घीय नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । संविधानले तीनै तहका अधिकारहरू निर्धारण गरेको छ । एकल र साझा अधिकारका रूपमा वर्गीकरण गरिएका यी अधिकारको कार्यान्वयन गर्न तहगत समन्वय र सहकार्यमा जोड दिइएको छ । संविधानले शिक्षासम्बन्धी विषयलाई एकल र साझा अधिकारका रूपमा तीनै तहका सरकारको जिम्मामा छाडिदिएको छ । नेपालको संविधान अनुसार शिक्षासम्बन्धी अधिकारको तहगत बाँडफाँट