नेपाल चिया तथा कफी विकास बोर्ड फिक्कलका चिया प्राविधिक नवीन कोइराला २०६८ सालमा टी टेक्नोलोजी एन्ड म्यानेजमेन्ट विषय अध्ययन गरिरहनुभएको थियो । युवा उमेरमा चियामा केही गरौँ भन्ने उहाँमा हुटहुटी थियो । पढाइसँगै उहाँ चियामा नयाँ तरिकाको प्रयोग गरिरहनुहुन्थ्यो । नयाँ प्रयोग गर्ने क्रममा एक पटक उहाँलाई चियालाई ढुङ्ग्रोमा हालेर आगोको माथि राख्दा कस्तो स्वाद हुन्छ होला भन्ने जिज्ञासा उब्जियो । उहाँले तत्काल दुईपाते चिया टिपेर ढुङ्ग्रोमा हाल्नुभयो र खाना पकाउने चुलोमाथि राख्नुभयो तर कहिलेसम्म राख्ने भन्ने कुनै योजना थिएन । उहाँलाई जति पुरानो हुन्छ त्यति महत्त्व हुन्छ भन्ने जानकारी थियो ।
दुग्ध विकास संस्थान (डिडिसी) धराशायीको अवस्थामा पुगेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसको अध्ययनका लागि एक कार्यदल गठन गरेको छ । पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका प्रमुख डा. सूर्यप्रसाद पौडेलको संयोजकत्वमा सात सदस्यीय अध्ययन कार्यदल गठन भएको छ । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको सो कार्यदलले अध्ययन गरेर दुई महिनाभित्र आफ्नो प्रतिवेदन मन्त्रीलाई बुझाउने छ
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । गौरा पर्व नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकको विभिन्न भूभागमा परापूर्वकालदेखि धुमधामका साथ मनाइँदै आएको धार्मिक, सांस्कृतिक एवं परम्परागत पर्व हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।
कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजको संयुक्त निर्माण रहेको नेपाली वेब सिरिज ‘ब्रह्माण्डको टिजर’ सार्वजनिक भएको छ । टिजर नेपाली, अङ्ग्रेजी र हिन्दी गरी तीन भाषामा सार्वजनिक गरिएको छ । ओटिटी प्लेटफर्मका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै यो सिरिज बनाइएको निर्माण पक्षले जनाएको छ । आठ भागमा निर्माण भएको सिरिजको प्रत्येक भाग एक एक घण्टाको हुने छ । रियाज नाटककार यसका निर्देशक हुनुहुन्छ भने सागरराज आचार्य कार्यकारी निर्माता हुनुहुन्छ ।
झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते हुनुभएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
चालुु आर्थिक वर्षको पहिलो साउन महिनामा एक खर्ब २९ अर्ब रुपियाँको सामान आयात हुँदा १३ अर्ब रुपियाँको सामान निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपियाँ बराबरको निर्यात भएकामा अहिले घटेर १३ अर्ब ५२ करोड ८६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको तथ्याङ्क छ ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशमा घण्टौँसम्म डोको बोकेर पानी बोक्नुपर्ने महिलाहरूको दैनिकी अन्त्यका लागि अभियान सुरुवात गरेको बताउनु भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘क’ वर्गका १४ वटा प्रयोगशालाको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा ‘क’ वर्गका प्रयोगशालामध्ये केही मापदण्डविपरीत सञ्चालन भएको पाइएको थियो। स्वास्थ्यमन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एन्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेयर प्रयोगशालाको अनुगमन गर्नुभएको हो। बुधबार अनुगमन भएका ‘क’ वर्गका प्रयोगशालामध्ये भक्तपुर १, काठमाडौँ १२ र ललितपुर १ गरी १४ वटा प्रयोगशाला रहेका छन्। मन्त्री बस्नेतले ‘क’ वर्गका भनिएका केही प्रयोगशाला मापदण्डविपरीत रहेको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्र सुधार गर्न प्रयोगशालासँगै,
कोशी प्रदेश सरकार गठनको विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ। मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा (एमाले) ले विवादलाई अदालत प्रवेश गराएको हो। विश्वासको मत लिने क्रममा संविधानको धारा १८६ को प्रतिबन्धात्मक वाक्यांशले निषेध गरेको कार्य सम्पन्न भएकाले बदरको माग पनि रिटमा गरिएको छ। मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा अध्यक्षता गर्नुभएका इस्राइल मन्सुरीले मत दिएपछि विवाद बढेको थियो। एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट बुधबार सर्वोच्चमा रिट दर्ता भएको हो। सर्वोच्च प्रशासनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ बिहीबारका लागि तोकिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वको शुभकामना दिनुभएको छ। गौरा पर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपले मनाइँदै आएको छ। सो पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न गौरा पर्वले प्रेरणा प्रदान गर्ने उल्लेख गर्नुभएको छ।
राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ । कानुन पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ । तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रिय परिचयपत्र सच्याउन सेवाग्राहीले जरिवाना तिर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालै वितरण गर्दै गरेका राष्ट्रिय परिचयपत्रमा निकै त्रुटि पाइएको छ । त्यो त्रुटि सेवाग्राहीले दिएको सूचनाका आधारमा नभई सरकारी कर्मचारीले गलत प्रविष्ट गरेका कारण भए पनि त्यसमा सच्याउँदा सेवाग्राहीले पाँच सय रुपियाँ जरिवाना तिर्नु परेको छ ।