घर माथिबाट पहिरो खस्न थालेपछि मङ्गलसेन नगरपालिका–८ सुतुडमा १५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
पहिरोले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण आज बिहान साढे आठ बजेदेखि अवरुद्ध उक्त खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको हो ।
चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।
नेपालका विभिन्न जातजातिमध्ये तोप्केगोला पनि एक हो, जसलाई सरकारले आदिवासी जनजाति समूहमा सूचीकृत गरेको छ। यो जातिको मुख्य बसोबास ताप्लेजुङको ओलाङ्चुङगोलाबाट पश्चिमको मेवा खोलाको माथितिर तोप्केगोलामा पर्छ। यो गाउँको नाम नै तोप्केगोला हो। यसका साथै पापुङ, नाल्बोतिर पनि यिनीहरूको बसोबास पाइन्छ।
उच्च अदालत सुर्खेतले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन परमादेश जारी गरेको छ। उच्च अदालत सुर्खेतका कायममुकायम मुख्यन्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनमसिंह चन्दको संयुक्त इजलासले रेक्चावासीलाई खानेपानी उपलब्ध गराउन गत बुधबार परमादेश जारी गरेको हो।
कोशी सरकारविरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आजका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतमा बुधवार रिट दर्ता भएसँगै बिहीबारका लागि पेसी तोकिएको हो ।
कर्णाली प्रदेशका स्थानीय तहले स्वास्थ्य संस्थामा औषधि अभाव हुँदासमेत चालु आर्थिक वर्षको बजेटबाट औषधी खरिद प्रक्रिया थालेका छैनन्। गत वर्ष खरिद गरिएको औषधी हालसम्म वितरण गरिएको भए पनि पछिल्लो समय औषधी अभाव हुन थालेको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार स्वास्थ्य संस्थामा अहिले औषधी अभाव भइरहेको छ। यद्यपि स्थानीय सरकारे यसतर्फ गम्भीर भएका छैनन्।
नेपाली काँग्रेसका नेता एवम् पूर्व प्रदेश सांसद डा. राजाराम कार्कीको निधन भएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य तथा बागमती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको बुधवार साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो ।
अट्ठाइस वर्षअघि दलित युवतीसँग विवाह गरेका ठाँटीकाँध गाउँपालिका–३, विशाला भुवाँखाँडाका चन्द्रबहादुर शेर्पाले नागरिकता प्राप्त गरेपछि विवाह दर्ताको बाटो खुलेको छ। जिल्ला प्रशासन कार्यालय दैलेखबाट ५४ वर्षीय शेर्पाले मङ्गलबार नागरिकताको प्रमाणपत्र लिनुभएको छ।
विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशुविज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो ।
मधेश प्रदेश सरकारले दिगो विकासका लक्ष्यलाई ध्यानमा राखेर नीति तथा कार्यव्रmम र बजेट निर्माण गर्नु पर्नेमा वक्ताले जोड दिनुभएको छ । प्रदेश शिक्षा तथा समाज
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको चार महिना पुग्दासमेत मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। आठ दलको समर्थनमा मुख्यमन्त्री बन्नुभएका डिल्लीबहादुर चौधरीले मन्त्रीपरिषद्लाई पूर्णता दिन नसक्दा अन्य संसदीय समितिसमेत बन्न सकेका छैनन्। लुम्बिनी प्रदेश सभा अन्तर्गतका संसदीय समितिका सभापति चयन गर्न समेत ढिलाइ भएको छ। प्रदेश सभाको विषयगत समितिका
लुम्बिनी प्रदेशमा चार हजार कर्मचारीको दरबन्दी भए पनि दुई हजार पाँच सय कर्मचारीले सेवा प्रवाह गरिरहेको छ। जसले गर्दा प्रदेशका योजना कार्यान्वयनमा जटिलता थपिएको छ। लक्ष्य अनुसार बजेट खर्च गर्न सकिरहेको छैन। प्रदेश योजना आयोगले प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा कार्यक्रममा प्रदेशमा कर्मचारी टिकाउनै समस्या परेको भन्दै ध्यानाकर्षण गराइएको छ। कर्मचारीको रिक्त दरबन्दीलाई पूरा गरेपछि योजना कार्यान्वयनलाई गति दिन सकिने सुझाव कार्यक्रममा दिइएको छ।
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनामा बस्ने भएको छ । प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि भदौ १७ गते बस्ने भएको हो ।