नेपाल विश्वविद्यालय विधेयकमाथिको छलफलको क्रममा रहेको सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन समिति दफाबार छलफलकै क्रममा भौतिक पूर्वाधार अध्ययन गर्न भन्दै नवलपरासी पुगेको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दलले राष्ट्रपति हुने अवस्था आए पार्टीमा छलफल हुने बताउनु भएको छ।
आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक जारी छ ।
सचिन श्रेष्ठको स्मृतिमा दमौलीमा खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ। रोट्याक्ट क्लब अफ दमौलीले २०औं स्वर्गीय सचिन स्मृतिमा फागुन ७ गते दौड प्रतियोगिता गर्न लागेको हो ।
दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औं महाधिवेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी हुने भएका छन्।
यसवर्ष हिमपात नभएका कारण म्याग्दी जिल्लाको हिमाली क्षेत्रमा डढेलो लागेको छ । धवलागिरी गाउँपालिका ७ ताकमबाट देखिएको गुर्जा हिमाल र हिमालको फेदीमा लागेको डढेलो ।
शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ताहरू किसानका खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । भान्सामा प्रयोग हुने अशुद्ध तेलका कारण अनेक रोग लाग्ने बुझाइले उपभोक्ताहरू तोरी बुकिङ गर्न खेतमा पुग्नेगरेका हुन् ।
बजारमा पछिल्लो दुई साता यता तरकारीको भाउ ह्वात्तै घटेपछि किसान चिन्तामा परेका छन् । किसानबाट सस्तोमा तरकारी खरिद गरी महँगोमा बेच्ने बिचौलियाहरूलाई फाइदा भएको किसानको भनाइ छ ।
टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको प्रवाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रबिन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ ।
नेपाली सेनाले बुटवल, दाङ, पोखरा, खैरेनीटार, बर्दिबास र सिन्धुलीमा यस वर्ष ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ ।
घना जङ्गल । बीचमा एउटा पोखरी थियो । त्यहाँ एउटा सुन रङको भ्यागुतो बस्थ्यो । सुनको झैँ रङ भएकाले उसलाई सुनरङ्गे भ्यागुतो भनेर पोखरीभरि चिनिन्थ्यो । हुनत त्यो पोखरीमा माछा, कछुवा, सर्पहरू पनि थिए । तापनि त्यो भ्यागुतो फरक खालको थियो । सुनरङ्गे भ्यागुतो कहिल्यै पनि अरूलाई सताउँदै