बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ ।
व्यास तनहुँ जिल्लाको सबैभन्दा जेठो र ठुलो नगरपालिका हो। सेती र मादी नदीको पवित्र सङ्गम तटमा अवस्थित महर्षि वेदव्यास र पराशरको तपोभूमिमा रहेको यो नगरपालिकाको कार्यालय तनहुँको सदरमुकाम दमौलीमा छ। बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापश्चात् साबिक दमौली र स्याम्घा गाविसका केही क्षेत्र समेटेर २०४८ साल चैतमा व्यास नामकरण गरी घोषणा गरिएको हो। २०७१ सालमा पोखरीभन्ज्याङ गाविस यस नगरपालिकामा गाभिएको थियो। व्यास नगरपालिकाको नग
सुशासन र पारदर्शिताको माग राख्दै स्थानीय बासिन्दाले गौशाला नगरपालिकामा बुधबार अपराह्न प्रदर्शन गरेका छन् । नगर कार्यालय परिसरमा भेला भएका स्थानीयवासीले नगरपालिकाको आर्थिक कारोबार शङ्कास्पद रहेको, गुटबन्दी र पक्षपातले विकास प्रभावित भएको तथा पारदर्शिता नहँुदा नगरपालिकामा भ्रष्टाचार मौलाएको जस्ता अनेकन विकृति बढ्दै गएकाले बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्राकृतिक विपत्का कारण विस्थापित भएकाको उचित व्यवस्थापनको माग गर्नुभएको छ। प्रदेश सभा बैठकको शून्य समय बोल्ने अधिकांश सदस्यले बाढी, पहिरो र डुबानबाट विस्थापितको पुनस्र्थापना तथा राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्नुभएको हो।
एक महिनाको अवधिमा ५२० वटा सवारीसाधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी कारबाहीमा परेका हुन् ।
दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी वडा कार्यालय निर्माण सुरु गरेको भन्दै दोलखा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
राज्यले स्वास्थ्य जनताको अधिकार भन्ने स्वीकार गरी तदनुरूप स्वास्थ्य नीति, कार्यक्रम कार्यान्वयन गरिरहेको छ । जनतामा स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको छ । सरकारी र निजी क्षेत्रबाट अस्पताल, परीक्षण संस्था सञ्चालित छन् तर १७ प्रतिशतभन्दा बढी जनसङ्ख्या बहुआयामिक गरिबीको दुश्चक्रमा रहेको नेपालमा स्वास्थ्य उपचार अचाक्ली खर्चिलो बन्दै गएको छ । अस्पतालपिच्छे उपचार शुल्क, प्रयोगशालापिच्छे परीक्षण शुल्कले बिरामीका परिवारको आर्र्थिक ढाड खुस्काउने गरेको छ । सरकारी अस्पतालमा ३० देखि ५० हजारसम्म लाग्ने उपचार खर्च निजीमा दुई लाख रुपियाँभन्दा बढी असुल्ने गरिएको छ । परीक्षण र औषधीको बेग्लाबेग्लै मूल्य छ, बिरामीले एउटै रोगको परीक्षणका लागि दुई तीन वटा संस्थामा धाउनु पर्छ । महँगो शुल्क, अनावश्यक परीक्षण र औषधीले नागरिकलाई गरिब बनाइरहेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् ।
सन् १९७१ मा अति कम विकसित राष्ट्रमा सूचीकृत नेपाललाई संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभाले मध्यम आय भएको विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको छ । सङ्घको विकास समितिले सन् २०२६ सम्ममा नेपालसँगै बङ्गलादेश, कम्बोडिया र लायोसलाई पनि विकासशील देशमा स्तरोन्नति गर्ने समय सीमा तोकेको छ । अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि प्रति व्यक्ति आय अमेरिकी डलर १२३० हुनुपर्ने, मानवपुँजी सूचकाङ्क न्यूनतम ६६ अङ्कभन्दा बढी हुनुपर्ने र आर्थिक र वातावरणीय जोखिम सूचाकाङ्कमा ३२ अङ्कभन्दा कम भएको हुनुपर्ने तीन सर्त छन् ।
आशादेवी पासमानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरुलाई जम्मा गरी हुल बाधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता हटेको छ । घर नजिकै सामुदायिक शौचालय बनेसँगै सिरहाको लहान नगरपालिका–५ बलुवा टोलकी आशादेवीजस्तै यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएको छ ।
शीर्षकमा राजा जोडिएको देख्ना साथ तपाईंको मनमा कस्तो विचार आउँछ ? जनभावना बुझेको, व्यक्तिको क्षमता र उत्कृष्टताभन्दा वंश र धर्मको वर्चस्वमा विश्वास गर्ने, राज्य सत्ताको आसपास रहेर धन र पद आर्जन गर्ने आदि इत्यादि । कुनै एक वंशको जेठो या माइलो छोरो सधैँ राष्ट्र प्रमुख हुन योग्य हुँदैन भन्ने हाम्रै इतिहासले देखाएको छ । नेपालमा निरङ्कुशता, जाति, वर्ग र लिङ्गको विभेदको प्रतीकका रूपमा रहेको राणा शासन र राजतन्त्र जनता जागरूक भएपछि टिकेन तर आज पनि हरेक बझाङीले एक राजालाई आफ्नो हृदयको गद्दीमा श्रद्धा भावका साथ सदाका लागि विराजमान गराएका छन् । ती हुन् राजा जयपृथ्वीबहादुर सिंह ।
राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
नेपाल, भारत र पाकिस्तानका सामाजिक कार्यकर्ता (स्वयम्सेविका) ले श्रमिकका रूपमा आफूहरूको अधिकारको सम्मान, संरक्षण र प्रवर्धन गर्न सरकारसँग माग गरेका छन् । पब्लिक सर्भिसेज इन्टरनेसनलले काठमाडौँमा आयोजना गरेको तीन देशका महिला स्वास्थ्य स्वयम्सेविका भेलामा सहभागीले यस्तो माग गरेका हुन् ।
चन्द्रमामा शक्ति राष्ट्रहरूबिच प्रतिस्पर्धा बढेको छ । अमेरिका, रुस, चीन र भारतले चन्द्रमामा आफ्नो प्रभाव बढाउन अभियान नै चलाएका छन् । चन्द्र अभियान सफल भएमा निकट भविष्यमा त्यहाँ मानव बस्ती बसाल्ने परिकल्पना गरिएको छ । यसका लागि महìवाकाङ्क्षी अभियानमा अगाडि सार्दै अर्बौं डलर खर्च गरिएको छ । झन्डै आधा शताब्दीपछि रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने पहिलो देश बन्ने उद्देश्यसहित अगस्ट १२ मा चन्द्र मिसन लुना–२५ प्रक्षेपण गरेको थियो ।