गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले नृत्य गर्नुभएको छ।
नारायणीमा बन्ने सिग्नेचर पुलको टुङ्गो लगाउन पुल महाशाखाको टोलीले पुल निर्माणस्थलको निरीक्षण गरेका छन् ।
बागमती प्रदेश सरकारले बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा वृद्धि गरेको छ ।
ट्रकको ठक्करबाट पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ खण्डमा बिहीबार अपराह्न एक महिलाको मृत्यु हुँदा स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।
सरकारले एकसाथ ६५८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४५ औँ जन्म जयन्तीको अवसरमा नेपाल पत्रकार महासङ्घ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा तीन जना पत्रकार र दुई सञ्चार माध्यम सम्मानित भएका छन् ।
भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले २०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनामा ज्यान गुमाएका बालक टेकबहादुर साउदको सालिक अनावरण गर्नुभएको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ ।
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार धान खेती लगाउने मौसम सकिँदा अर्थात् साउन मसान्तसम्ममा ९८ प्रतिशत रोपाइँ भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यस बारेमा नागरिकहरू सचेत हुनुपर्ने बताएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानको संसद्को माथिल्लो सदनका सदस्य साथै नेपाल–जापान संसदीय मैत्री समूहका सदस्य कोबायाशी काजुहिरो र नागाइ मन्बुले शिष्टाचार भेट गर्नुभएको छ ।
कोशी प्रदेशमा १४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने १४ मध्ये १३ जना सुनसरीका हुन् भने एक जना भने मोरङ जिल्लाको रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
गोरखापत्र सञ्चालनमा योगदान गरेको मानवतावादी राजा स्व. जयपृथ्वीबहादुर सिंहको १४७औँ जन्मजयन्ती बिहीबार धनगढीमा एक कार्यक्रमबीच मनाइएको छ ।
तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा चार वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपियाँ वार्षिक अनियमितता भएको पाइएको छ ।
करिब चार महिनादेखि बन्द भएको टरिगाउँ एयरपोर्टबाट पुनः उडान सुरु भएको छ । कहिले यात्रु अभाव त कहिले जहाज अनियमित हुँदा बन्द भएको एयरपोर्टबाट पुनः सातामा तीन दिन उडान सुरु भएको हो ।