प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ १२ गते प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ। करिब एक महिनाको अवरोधपछि तेस्रो पटक प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सभामा दुई पटक प्रत्यक्ष प्रश्नोत्तर भइसकेको छ। मन्त्रीहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर भने हुन सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध गौरा पर्व वर्षा भइरहँदा पनि चम्किएको छ। धनगढी उपमहानगरपालिका परिसरमा महिलाका दुईवटा र पुरुषको एउटा देउडा खेल चलिरहेका छन्। घरी ठुलो घरी सानो पानी परिरहँदा पनि देउडा खेल्ने र हेर्न दर्शकको कमी भएको छैन।
कैलालीमा विश्वमै दुर्लभ चरा सारसको सङ्ख्यामा बढोत्तरी भएको छ । गतवर्ष तीनवटा सारस देखा परेकोमा यस वर्षको मनसुनमा पाँचवटा सारस देखा परेका छन् ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठकले मुलुकका रूपान्तरणकारी एजेण्डाका साथ मेची-महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय गरेको छ।
बबर्दिबास नगरपालिका–१० पूर्व–पश्चिम लोकमार्गको लक्ष्मिनियास्थित जङ्गली क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
आगामी शनिबार राजधानीमा ‘काठमाडौँ यूथ कन्क्लेभ, २०२३’ आयोजना गरिने भएको छ । युनिभर्सल कलेज र फिनिक्स कलेज अफ म्यानेजमेन्टले कन्क्लेभ आयोजना गर्न लागेका हुन् ।
बैतडीको पञ्चदेवलमा शरीरभरि रुखका पात लगाएर लाखे नृत्यसहित प्राचीन गौरा पर्व मनाइएको छ । बैतडी सदरमुकाम नजिकै रहेको पञ्चदेवल मन्दिरमा गौरामा मात्रै लख्या (लाखे) नाच नाचिन्छ । पुरातात्त्विक विभागले देवलको संरक्षण गर्दैआएकोछ । पञ्चदेवल हुलाक टिकमा समेत अङ्कित छ ।
बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गर्नुभएको हो। उहाँले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताउनु भयो।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि लेबनानका अवैतनिक वाणिज्य दूत इल्चेख मोहमेदविल्सम घोउजायलबिच भेटवार्ता भएको छ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्तर्राष्ट्रिय जगतमा खस्किँदै गएको नेपालको साख जोगाउन नेपाली काँग्रेस अग्रसर हुनुपर्ने धारणा राख्नुभएको छ ।
सर्वोच्च अदातले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार उक्त आदेश गरेको हो।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको दिन तोकेर राष्ट्रिय बिदा दिने बताउनुभएको छ ।
सरकारले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भए मात्र देशको आर्थिक विकास सम्भव हुने बताउनु भएको छ ।