अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गर्नुभएको छ ।
केही दिनदेखि लगातार परेको सिमसिमे वर्षासँगै माथिबाट झरेको पहिरोले सडक पुरेपछि मदन भण्डारी राजमार्गको गाईघाट–नेपालटार खण्डमा शुक्रबार विहानैदेखि यातायात सेवा पुनः अवरुद्ध भएकोछ ।
मापदण्ड विपरीत अधिक भार बहनले रुपन्देहीका सडक जीर्ण बनेका छन् ।
शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै काममा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ ।
फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले म्याद नाघेको सामग्री बिक्री गर्ने व्यवसायीलाई कारबाही गरेको छ ।
टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जङ्गलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ ।
ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको शुक्रबार निधन भएको हो ।
बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले बताउनुभयो ।
लगानी बोर्डको बैठकले चारवटा जलविद्युत परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण भएको छ ।
शुक्रवार सर्केगार्ड गाउँपालिका– २ को रिप गार्ड खोला तर्ने क्रममा पानीले बगाउँदा नन्द ऋिणी जैसी बेपत्ता हुनु भएको छ । रातभरि परेको वर्षाको कारण खोलामा पानी बढेको र सो खोला तर्ने क्रममा जैसीलाई पानीले बगाएपछि बेपत्ता हुनु भएको हो ।
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा यही भदौ ९ गते शनिबार ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुन लागेको हो ।