राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमत्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ।
कपिलवस्तुमा माछा मार्ने क्रममा कुलोले बगाउँदा एक महिलाको ज्यान गएको छ । बाणगंगा नगरपालिका –८ ढोडेकालेस्थित वाणगंगा नदीबाट सिंचाइँका लागि बनाइएको कुलोमा माछा मार्ने क्रममा उहाँलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।
नेकपा (एमाले)ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ । यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउने भएको हो ।
वालिङमा नापतौलका उपकरणको जाँचपास गराउन पाउँदा स्थानीय व्यवसायी खुशी भएका छन् । स्थानीयस्तरमा नै आफ्ना नापतौलका उपकरणको जाँचपास गराउन पाएपछि व्यवसायीको खर्च बचत भएको छ ।
जिल्लामा २०७८ को जनगणना अनुसार कपिलबस्तुको कुल जनसङ्ख्या ६ लाख ८२ हजार ६६१ रहेतापनि स्वास्थ्य बीमामा १३ प्रतिशत मात्र आवद्ध छन् ।
स्वास्थ्य बीमा बोर्डले २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ । स्वास्थ्य बीमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो ।
पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यबिन्दुु जिल्ला अस्पताल सुुविधासम्पन्न हुुन नसक्दा यहाँ आएर सेवा लिने सेवाग्राहीलाई सास्ती हुनेगरेको छ ।
भारतबाट परीक्षण बिनै अवैद्य रुपमा दुध भित्रिने गरेको छ ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ ।
अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका छन् ।
नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत हुनुहुन्छ स्थानीय लीना पाण्डे ।
खुमल चार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
सप्तकोशी नदीको विभिन्न स्परमा सामान्य कटान भएपछि नियन्त्रणका लागि सप्तकोशीको पूर्वी तटबन्ध तथा स्परको मर्मत कार्य सुरु गरिएको छ ।
काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ ।