पर्वतमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यस वर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिनुभयो। २०६४ सालबाट सो औषधि सेवनको थालनी गरिएको थियो। स्वास्थ्य कार्यालयको फितलो अनुगमन र स्वास्थ्यकर्मीको लापरबाहीका कारण पर्वतमा अभियान सुरु भएको १३ वर्षसम्म हात्तीपाइले रोगको निवारण हुनसकेको छैन। १३औँ चरणमा पनि प्रभावकारी नभएपछि यस वर्ष १४औँ चरणमा हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाइने भएको छ।
जनयुद्धको २८ औं वार्षिकोत्सवको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय, पेरिसडाँडामा जनयुद्ध दिवस मनाइएको छ । पार्टीले आयोजित कार्यक्रमलाई प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बाेधन गर्नुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सेवाका लागि आवश्यक तयारी पूरा भएको छ। सो उडानसँगै रात्रिकालीन उडान सेवासमेत सञ्चालन गरिने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभएको छ। उहाँले २३ फेब्रुअरी (फागुन ११)देखि अन्तर्राष्ट्रिय विमान उडानको तयारी रहेको जानकारी दिनुभयो। गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दिउँसो चार बजेपछि नियमित उडान रहेको छैन।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुलाई खानेपानी सुविधाका लागि वनमै पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बागलुङले ‘एक सामुदायिक वन, एक पोखरी’ कार्यक्रमअन्तर्गत पोखरी निर्माण अभियानलाई तीव्र बनाएको छ। पानीको स्रोत संरक्षण, जङ्गल तल रहेका पानीको मुहान ‘रिचार्ज’ बढाउने तथा जङ्गली जीवजन्तुलाई पानीको स्रोत उपलब्ध गराउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत एक सामुदायिक वन एक संरक्षण पोखरी निर्माण अभियान थालेको डिभिजन वन कार्यालय प्रमुख
नेपाल हृदय रोग प्रतिष्ठान तनहुँको आयोजनामा आइतबार दमौलीमा करिब तीन हजार विद्यार्थीको मुटु परीक्षण गरिएको छ। विज्ञ चिकित्सकहरू विद्यालयमै पुगेर विद्यार्थीको मुटु परीक्षण गरिएको हो। बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले नेपाल हर्ट फाउन्डेसन केन्द्रीय कार्यालयको सहयोगमा मुटु परीक्षण गरिएको प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेले बताउनुभयो।
पश्चिम नवलपरासीका प्रतापपुरको बेलाटारीबाट फड्की हुँदै सुस्ता गाउँपालिकाको नर्सहीमा जोड्ने गरी चोर्निया खोलामा पुलः निर्माणको काम सुरु भएको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयको योजनाअनुसार नवलपरासीको प्रतापपुरको बेलाटारी र सुस्ता गाउँपालिकाको नर्सहीलाई जोड्न चोर्निया खोलामा पुल निर्माण सुरु भएको हो।
बाँके जिल्लाबाट निर्वाचित सांसद तथा स्थानीय तहका जनप्रतिनिधिले समग्र शान्ति सुरक्षा व्यवस्था सुधारका लागि सीमा क्षेत्रमा हुने चोरी, तस्करी, डकैती, अवैध गतिविधिलगायत अपराधका गतिविधि नियन्त्रणमा प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको छ। नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बाँकेमा आयोजना गर्नुभएको परिचयात्मक कार्यक्रममा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले सीमापार अपराध नियन्त्रणमा ध्यानाकर्षण गराउनुभयो।
प्रधानमन्त्री पुष्पकुमार दाहाल प्रचण्ड सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन धनगढी आउदै हुनुहुन्छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि उहाँ आज (सोमबार) पहिलो पटक सुदूरपश्चिम आउदै हुनुहुन्छ ।
जिल्लाको पातारासी गाउँपालिकाले पालिकावासीलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने भएको छ। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकलाई स्वास्थ्य बीमा गर्न सुरु गरेको छ। गाउँपालिकाले दुई जनालाई एमबीबीएस अध्ययनका लागि सहयोग गर्ने जनाएको छ। यसका लागि गाउँपालिकाले एक जनालाई सात लाख रुपियाँ प्रदान गरेको छ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका क्रममा अन्तिम चरणको अध्ययन गरिने भएको छ। यसअघि दुई चरणको अध्ययनमार्फत पेट्रोलियम पदार्थ रहेको पुष्टि भइसकेको छ। तेस्रो चरणको अध्ययनमा पेट्रोलियम भण्डारणको अवस्था पत्ता लगाइने जनाइएको छ। चिनियाँ प्राविधिक टोलीले अन्तिम चरणको अन्वेषण गरेपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यावसायिक उत्खनन सम्भावनाको
जाजरकोट भीरबाट खसेको ढुङ्गा लागेर जाजरकोटमा मोटरसाइकलमा सवार एक युवाको मृत्यु भएको छ ।
नेपालमा संरक्षित सूचीमा रहेको राजधनेश चरा सुदूरपश्चिम प्रदेशको भावर क्षेत्रमा पाइएका छन् । कैलाली र कञ्चनपुरको भावर क्षेत्रमा यो प्रजातिका चरा पाइएका हुन् । अग्ला–अग्ला साल र साजको रुख रहेको वनमा राजधनेश बस्ने गरेको बताइएको छ । सङ्ख्या कम रहेकाले विश्व प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले यो प्रजातिको चरालाई संवेदनशील सूचीमा राखेको छ । नेपालमा राजधनेशलाई मारेमा कानुनी कारबाही हुने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यो चरालाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
नेपालजस्ता विकासशील राष्ट्रमा भ्रष्टाचार निकै चर्को समस्याका रूपमा रहिआएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार पनि नेपालको भ्रष्टाचारको अवस्थामा उल्लेखनीय सुधार भएको पाइँदैन । सय पूर्णाङ्कमा नेपालले जम्मा ३३ अङ्क प्राप्त गरेको छ । नेपाल विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको लाममा ११७औँमा रहेबाट पनि यहाँ हुने भ्रष्टाचारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लुकाउन, छिपाउन नमिल्ने बनाएको छ । बरु भ्रष्टाचार नियन्त्रणका निम्ति कठोर कदम चाल्न राज्य संयन्त्रलाई बाध्य पारेको छ । भ्रष्टाचार नियन्त्रणबिना सुशासनको कल्पनासमेत गर्न सकिँदैन । सुशासनबिना समृद्धिसमेत सम्भव
गएको सङ्घीय निर्वाचनपछि लामो समयको मौनता तथा कटुता तोडेर देशका मुख्य दुई वाम शक्तिको सहकार्यमा संयुक्त सरकार बनेको छ । धेरै दलको सहभागिता भएकाले शक्ति सन्तुलन र आन्तरिक व्यवस्थापन केही असहज देखिनु स्वाभाविक हो । यद्यपि निकट भविष्यमा पुनः वाम एकता हुनुपर्ने अथवा वाम सहकार्य रहनुपर्ने भन्नेमा अधिकांश शुभेच्छुक आशावादी रहेका देखिन्छन् । सरकार अथवा संसद्बाट समेत बाहिर रहेका वाम विचारधाराका अरू पनि केही दल छन् । उनीहरूसमेत कुनै न कुनै समय समान सोच भएका वाम शक्तिको सहकार्य वा एकताले मात्र देशलाई स्थायित्व र समृद्धिको पथमा लैजाने विश्वास राख्छन् ।