सफा गर्छौं घर आँगन सफा गर्छौं चोटाकोठा सफा गर्छौं सुत्ने कोठा सफा गर्छौं पूजा कोठा ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाद्वारा बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गर्नुभएको छ ।
आफ्नो जीवनका समग्र पक्ष उघारेर आफैँले लेखेको कृति आत्मवृत्तान्त हो । आत्मवृत्तान्त एउटा लेखन विधा हो । सम्झँदा सजिलो लाग्ने तर लेख्दा ज्यादै कठिन हुने विधा हो यो । सम्झनाका भण्डारबाट निस्कने रत्नहरूको माला बनाउन सहज पक्कै हुन्न । स्मरण क्षमता, इमानदारी, स्पष्टता र लेखनीको जाँगरले सँगसँगै हातेमालो गरे भने मात्र आत्मवृत्तान्त लेखन पूरा हुन्छ र सुन्दर कृति बन्ने छ । यस्तो कृति विगतको तस्बिर बनेर वर्तमानमा उपस्थित हुन्छ भने भविष्यका लागि प्रेरणाको स्रोत बन्न सक्छ । विश्वसाहित्यमा आत्मवृत्तान्त पठनका लागि अभिरुचिको विधा बनेको छ । नेपाली साहित्यमा पनि यस विधाका त्यस्ता कृ
हिमवत्खण्ड नेपाल प्राकृतिक, धार्मिक एवं सांस्कृतिक विराटताको पगरी गुथेर आदिकालदेखि विश्वमा आफ्नो छुट्टै परिचय बोकेर रहेको छ । यहाँ यस्ता कैयौँ स्थान छन्, जसको आआफ्नै विशेषताहरूले कैयौँ पर्यटकलाई तानेर मन्त्रमुग्ध पार्ने गर्छन् । यस्तै महìवपूर्ण स्थानहरूमध्ये पूर्वी नवलपरासी जिल्ला, गैँडाकोट नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणगढ पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा समुद्री सतहदेखि ५६१ मिटरको पहाडी वनको धुरीमा सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिप्रबल मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।
जेठको महिना वर्षा ऋतु नभए पनि विगत केही दिनदेखि दिनरात नभनी एकोहोरो आकाश रोइरहेछ । भित्ताको घडीले रातको १ बजाएको छ । रारासम्मको यात्रा अरुणोदय नहुँदै निस्कने तय भएकाले हुनु पर्छ, निद्रादेवी अलि टाढा नै भइन् । दूरभाष यन्त्रले बिहानको ४ बजेको जानकारी दियो । जुरुक्क उठेँ र नित्य कर्म सकेँ । नौ दशक काट्नुभएका बुवाले रारा जाने सबैलाई मङ्गलस्तोत्र उच्चारण गर्नुहुँदै टीका लगाई दिनुभयो । यसले थप ऊर्जा प्राप्त गरेको अनुभूति भयो ।
नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य शेखर कोइरालाले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था ठिक ढङ्गले नचलेकै कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न डराइरहेका बताउनुभएको छ ।
बेला बेलामा खास गरी पूर्वी नेपालमा जङ्गली हात्तीले मानिसलाई दुःख दिएको समाचार पढ्न, सुन्न र हेर्न पाइन्छ । कुनै समय थियो, तराईका कतिपय धनाढ्य जमिनदार आफ्नो घरमा हात्ती पाल्थे । त्यो बेला हात्तीलाई राजकीय शानका रूपमा पनि लिने गरिन्थ्यो । हात्तीमा सवार हुने राजाहरू गजपति कहलाउँथे तर आजभोलि घरपालुवा हात्ती केवल निकुञ्ज तथा चिडियाखानामा पर्यटकीय प्रदर्शनीका रूपमा देख्न पाइन्छ । नेपाली इतिहासमा दन्त्यकथाको नायक जस्ता लाग्ने
भन्नेले त ‘उहिलेका कुरा खुइले’ भन्छन् तर उहिलेका कतिपय कुरा/संस्कार साँचो पनि हुन सक्छन् । महिलाले कपाल नकाटी बाट्ने चलन हिन्दु संस्कारमा थियो । लामो कपाल भएकी महिलालाई ‘लक्षिनकी’ पनि भनिन्थ्यो । त्यसैले महिलाले लामो कपालको सुरक्षार्थ धागो (डोरी) ले बाट्ने चलन चलेको होला । धेरै पहिलेदेखि यो चलन चल्दै आएको छ, जसलाई आमा, दिदी, बहिनीहरूले निरन्तरता दिँदै आएका छन् । पहिला–पहिला कपाल बाट्ने फुर्के धागो थियो । बजारमा
अविरल वर्षाका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । कोशी प्रदेशको हिमाली तथा पहाडी जिल्लामा पहिरो जाने समस्या बढेको छ भने तराईका जिल्लाहरू डुबानको चपेटामा परेका छन् । केही पहा
तनहुँको व्यास नगरपालिका–१०, डिहीगाउँको कुसुन्डा परिवारकी इन्द्रमायाको सरकारी जागिर खाने धोको पूरा भएको छ। व्यास नगरपालिकाले साउन १ गतेदेखि सरसफाइ कुचीकारका लागि जागिर दिएपछि सरकारी जागिर खाने इन्द्रमायाको इच्छा पूरा भएको हो। पढ्न लेख्न नआए पनि आफ्नो क्षमता अनुसारको सरकारी जागिरका लागि उहाँले चिनजानका जनप्रतिनिधिसँग पटक पटक हारगुहार गरिरहनुभएको थियो। आफू र छोरीसहित दुई जनाको परिवार चलाउन उहाँलाई आर्थिक अभाव भएको थियो। छ वर्षअघि श्रीमान् गुमाएकी उहाँले सरकारी जागिर पाउँ भनेर पटक पटक माग गर्नुभएको थियो।
सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना निर्माण गरेको छ । विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरिएको हो । यसमा विपत्पश्चात् मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ ।
तिला गाउँपालिका–६, रुखेडास्थित देवी महादेव माध्यमिक विद्यालयमा बाढीले क्षति पु-याएको छ । बुधबारको बाढीले क्षति गरेपछि दुई दिनदेखि विद्यालय बन्द भएको छ । नयाँ शैक्षिक सत्र वैशाखदेखि सो विद्यालय सञ्चालनमा आएको हो । खोलाको किनारमा रहेको सो विद्यालय बाढीपहिरोको जोखिममा छ । बुधबार आएको बाढीले विद्यालयमा क्षति पुग्यो । विद्यालयका प्रधानाध्यापक झुपे रावतका अनुसार बुधबार आएको बाढीले विद्यालयको चारकोठे भवनमा क्षति पुगेको छ । भवनमा विज्ञानको ल्याब, कम्प्युटर कक्षा र स्कुलको कार्यालय छ । बाढी पसेपछि भवन पनि भत्किएको छ ।
कर्णाली प्रदेशमा बालकेन्द्रित बजेटमध्ये सबैभन्दा धेरै बाल बचाउको क्षेत्रमा विनियोजन गरिएको पाइएको छ । कर्णाली प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गर्दा नीतिगत क्षेत्रमा भन्दा बाल बचाउ क्षेत्रमा धेरै बजेट विनियोजन गरेको पाइएको हो । आर्थिक वर्ष २०७७/७८, २०७८/७९ र २०७९/८० मा सामाजिक विकास मन्त्रालयले बाल बचाउमा सबैभन्दा धेरै ८० प्रतिशतभन्दा बढी बजेट छुट्याउने गरेको छ ।
बागमती प्रदेश सरकार मातहतका अस्पतालको क्षमताको आधारमा १० प्रतिशतभन्दा कम विशिष्टीकृत शøया रहेको पाइएको छ । प्रदेशका १३ जिल्लाको १३ वटा प्रादेशिक अस्पतालको श-या क्षमताको आधारमा ९२ प्रतिशतभन्दा बढी सामान्य श-या रहेको पाइएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ) को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसअघि जिइएफको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभयो । त्यस्तै उहाँले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसङ्ख्याका लागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गर्नुभयो ।