भूकम्पपछि दुर्गम गाउँठाउँमा ठूला, राम्रा सुविधासम्पन्न विद्यालय भवन बने पनि विद्यार्थीको सङ्ख्या भने घट्दै गएको छ। विद्यार्थी घट्दै गएपछि सुविधासम्पन्न भवन प्रयोगविहीन बन्न थालेका छन्। दोलखाको तामाकोसी गाउँपालिकामा रहेका अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएका छन्। विदेश पलायन र सहर केन्द्रित भई गाउँ युवाविहीन हुन थालेपछि अधिकांश विद्यालयका तल्ला कक्षामा विद्यार्थी कम हुँदै गएको बताइएको छ।
करिब चार वर्षदेखि बन्द रहेको जलप्रवाही विद्युत् आयोजना (आरओआर)को विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुला गरिएकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले थप करिब एक हजार पाँच सय मेगावाटको आरओआर जलविद्युत् आयोजनासँग पीपीए गर्ने निर्णय गरेको थियो ।
सरकारले विदेशमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्प डेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्प डेस्क राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि श्रम मन्त्रालयले हेल्प डेस्क राख्ने निर्णय गरेको जनाएको छ ।
वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीको सम्झनामा मिसा साहित्यकार मुनाले शनिबार लोक साहित्य परिषद् बखुंबहाल ललितपुरमा ‘सत्यमोहन जोशी लुमंका’ कार्यक्रमको आयोजना ग-यो। प्रमुख अतिथि नेपाल भाषा केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. सुन्दरकृष्ण जोशीले आफू प्रमुख भएको समयमा सत्यमोहन जोशीसँग विभागमा सहकार्य गरेको अनुभव बताउनुभयो।
पर्यटक आकर्षित गर्ने उद्देश्यले दुई वर्षअघि देखि सञ्चालन गरिएको प्याराग्लाडिङको अभ्यास उडान उदयपुरका विभिन्न स्थानबाट भइरहेका छन् । उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई गाउँपालिकामा गरिएका सबै परीक्षण सफल भएपछि व्यवसायीले चासो दिन थालेको त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोइलाले बताउनुभयो ।
गुल्मी जिल्लामा प्राकृतिक र मानव निर्मित पर्यटकीय संरचनाहरु दिनप्रति दिन बढ्दै गएतापनि यहाँ आउँने पर्यटकहरुको संख्यामा निकै कमी देखिएको छ ।
बारा जिल्लामा यस वर्ष एक लाख २१ हजार ६२ मेट्रिक टन आलु उत्पादन भएको छ । यस वर्ष कृषकले विभिन्न जातका आलु सात हजार ४५० हेक्टरमा खेती गरी प्रतिहेक्टर सवा १६ मेट्रिक टनका दरले उत्पादन गरेको कृषि ज्ञान केन्द्र बारा कलैयाका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
शुद्ध तेल उपभोग गर्ने सहरी उपभोक्ता किसानको खेतमै पुगेर तोरी ‘बुकिङ’ गर्न थालेका छन् । मोरङको कानेपोखरी गाउँपालिकाले सङ्घीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी बाली उत्पादन कार्यक्रमअन्तर्गत तोरी पकेट कार्यक्रम सञ्चालन गरेको छ । ५० प्रतिशत अनुदानमा सञ्चालन भएको कार्यक्रमअन्तर्गत गाउँपालिकामा ५६ बिघामा तोरी खेती भएको छ । साना किसानका लागि लक्षित तोरी उत्पादन कार्यक्रमबाट मात्र होइन । व्यावसायिक किसानले पनि गहुँ खेती घटाएर तोरी लगाएका छन् । यसले गर्दा कानेपाखेरी गाउँपालिका क्षेत्रमा तोरीको उत्पादन विगत वर्षको तुलनामा दोब्बर भएको गाउँपालिकाका कृषि शाखा प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।
सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई परिमार्जन गर्ने भएको छ । विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा सुरक्षा व्यवस्थापन गर्दा बिरामी, आमनागरिक र विशेष गरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रमा असहजता नहुने गरी कार्यविधि परिमार्जन गरिनेछ ।
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई विशिष्टीकृत सेवा बनाउने गरी कानुनी प्रबन्ध गर्न माग गरिएको छ। स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा हुन थालेपछि उक्त पदलाई विशिष्टीकृत सेवा बनाउने गरी सङ्घीय निजामती सेवा ऐनमा नै व्यवस्था गर्न गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले माग गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताउनुभएको छ । २८ औँ जनयुद्ध दिवसको अवसरमा आज दिनु भएको शुभकामनामा उहाँले सो कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ (आजदेखि) गतेदेखि विकास आयोजनाहरूको अनुगमन र निरीक्षण थाल्नुहुने भएको छ । प्रधानमन्त्रीले यसअघि नै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाहरूको निरीक्षण गर्ने बताउनुभएको थियो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन्। शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ।
सरकारले जनयुद्ध दिवसको स्मरण गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय बिदा दिएको हो । शान्ति सम्झौतामार्फत जनयुद्ध अन्त्य भएपछि पहिलो पटक सरकारले यस्तो बिदा दिएको हो । यसअघि जनयुद्धको नेतृत्व गरेका नेताहरूकै नेतृत्वमा सरकार गठन भए पनि फागुन १ को दिनलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिइएको थिएन ।
दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ। उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावकबीच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो।