काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको साउनमा ६५ करोड ४२ लाख ३० हजार ३७९ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
समूह चरणको आज (शनिबार)को खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ ।
नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्यो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताउनुभएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर –२९ पन्ध्र किलो भन्ने स्थानमा शुक्रबार अपरान्ह भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य बीमा बोर्डबाट युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजको बीमा कार्यक्रम हटाइएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध सेवा स्थगित भएपछि यी दुई अस्पताललाई बीमा बोर्डले हटाएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी बनाउने सामूहिक संकल्प आवश्यक रहेको बताउनुभएको छ । विहीबार कार्यालयका कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रममा उहाँले बुद्धको जन्मस्थल लुम्बिनी निर्माण गर्ने संकल्पका साथ काममा खटिन कर्मचारीलाई निर्देशन दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याउनुभएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा केही समययता विभिन्न नाम र बहानामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै नेपाली सचेत रहनु पर्ने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपाली राजनीतिमा पछिल्लो समय घृणा, खुट्टा तानातान, गाली गलौचजस्ता गलत संस्कृति बन्दैगएको बताउनुभएको छ । काठमाडौंंमा आयोजित एक कार्यक्रममा शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौंको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालले पाँच शय्याको सुविधासम्पन्न आइसियुमार्फत जलनका बिरामीको उपचार गर्दै आएको छ ।
सरकारले बहुप्रतिक्षित विद्युत विधेयकलाई केही दिनभित्रै सङ्घीय संसदमा पेश गर्ने तयारी गरेको छ । विद्युत व्यापारलगायत ऊर्जा क्षेत्रको समग्र विकासका लागि अत्यावश्यक मानिएको सो विधेयक आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्को विधेयक समितिले पारित गरेको छ ।
सुदूरपश्चिमका केही स्थानमा आज गौराको विसर्जन गरिँदै छ । भदौ ४ गते विरुडा पञ्चमीदेखि सुरु भएको गौरा पर्व आज शुक्रबार बिधिवत रुपमा बिर्सजन गर्न लागिएको हो ।
ताइवानका राष्ट्रपति साई इङ्गवेन आगामी महिना दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणमा जानुहुने भएको छ । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो ।