प्युठान जिल्ला अस्पतालले विशेषज्ञसहितका चिकित्सकहरू थप्दै लगेको छ । विगतमा दक्ष जनशक्तिको अभाव झेलेको अस्पतालमा अहिले सात विशेषज्ञसहित १४ जना चिकित्सकले सेवा दिइरहेका छन् ।
नगरपालिका भन्ने बित्तिकै सडक, शिक्षा, सञ्चार, विद्युत सेवाले सुविधा सम्पन्न होला धेरैको सोचाई यस्तै हुन्छ । तर नगरपालिकाका नगरवासीनै वर्षौँदेखि अन्धकारमा बस्न बाध्य छन् ।
शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्गलबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ ।
फ्रान्सका केही भूभागमा अत्यधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित बनेको हो ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) का लागि नेपालले तयारी थालेको छ ।
मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।
नेपालको भू–राजनीतिले देशको वैदेशिक नीतिमा प्रभाव पारेको देखिन्छ । संसारका कुनै पनि देशको विदेश नीतिको महत्वपूर्ण कारक तत्व त्यस देशको भौगोलिक अवस्थामा देखा परेको छ । युरोपमा पोल्यान्डदेखि मध्यपूर्व हुँदै एसियाका देश मुख्यतः नेपालसम्मका कुनै पनि मुलुकको विदेशी नीति र राष्ट्रिय अस्तित्वको प्रश्न यहाँको भौगोलिक अवस्थितिले निश्चित गरेको पाइन्छ । केवल कोरियाको विभाजनमा मात्र तत्कालीन समयमा जर्मनीको पनि विभाजन त्यहीँ तत्वको निर्णायक भूमिकामा देखिन्छ । भारतीय उपमहाद्वीपमा पाकिस्तानको विभाजन पनि भौगोलिक अवस्थाको उपज हो । तिब्बत र सिक्किमको राष्ट्रियताको लोप हुनु र भुटानको स्वतन्त्रता नि
‘आमा, दिदी, बहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर...’ यो गीत गएपछि जेबी टुहुरे अर्थात् जीतबहादुर खड्गीको चर्चा चुलियो । उनको यो गीत कालजयी बन्यो । यो गीतले तत्कालीन पञ्चायती शासनविरुद्ध डटेर लाग्न परिवर्तन, चेतना र जगरणको राँको सल्कायो । आमा, दिदी, बहिनीहरू चुलोचौका, घाँसदाउरा, मेलापात, र पानी पँधेरामा मात्र सीमित हुनु हुँदैन अन्याय, असमानताका विरुद्ध जाग्नु पर्छ भन्ने सन्देश यो गीतले फैलायो । पञ्चहरूको जगजगी चलेका बेला यस्ता गीत उतिबेलाको रेडियो नेपालमा रेकर्ड हुँदैनथे, बजाइँदैनथे । निरङ्कुश र जहानियाँ शासनकाविरुद्ध क्रा
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यूनचापीय क्षेत्र र बङ्गलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षा गराएको जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको जुलाई ४ मा पृथ्वीको अहिलेसम्मकै सबैभन्दा बढी औसत तापक्रम १७.१८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । अत्यधिक गर्मीका कारण मेक्सिकोमा सयभन्दा बढी नागरिकको हालसालै मृत्यु भयो । भारतको विहारमा एक महिनाअघि अत्यधिक गर्मीसँग सम्बन्धित रोगका कारण करिब ४४ जनाको मृत्यु भयो । क्यानडाको ब्रिटिस कोलम्बियामा करिब दुई महिनाअघि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन, जसले अमेरिकाको भर्जिनिया राज्य बराबरको वनलाई सखाप
विश्व स्वास्थ्य सङ्गठनका अनुसार महिलाविरुद्ध हुने शारीरिक, मनोवैज्ञानिक, यौन र मानसिक हिंसालाई महिला हिंसा भनेर बुझिन्छ । महिला भएकै आधारमा कानुनी अधिकारको उपभोगमा भेदभाव गर्ने, शारीरिक र मानसिक पीडा दिने, महिलाको आत्मसम्मानमा आँच आउने सबै प्रकारका अपमानित र विभेदपूर्ण व्यवहार नै महिलाविरुद्ध हुने हिंसाका स्वरूप हुन् । जस अन्तर्गत चेतावनी/धम्की, घरेलु हिंसा, साइबर अपराध, आत्महत्या दुरुत्साहन, कर्तव्य ज्यान (हत्या), जबरजस्ती करणी (ब
बागमती प्रदेशको दोलखा जिल्लाका नौ स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिका एक हो । नौ वटा वडामा विभाजित दोलखाको उत्तरी भेगमा अवस्थित यो गाउँपालिका १३२.४९ वर्ग किलोमिटर रहेको छ । प्र
अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो । अन्य भवन पनि जोखिममा छन् ।
सर्जक किशोर पहाडीको सार्वजनिक अभिनन्दन तथा ‘सृजनशील किशोर पहाडी’ सङ्ग्रह विमोचन कार्यक्रमका लागि २०८० साउन २० गते शनिबार कुमारी क्लब बल्खु पुग्दा लागेको थियो आजको शनिबार त्यसै बित्ने भयो । निमन्त्रणा अनुसार त्रिभुवन आदर्श मावि फर्पिङको पहेँलो बस खोज्दै बल्खु चोकबाट कुमारी क्लब जाँदा बाटोमा एक जना पनि साहित्यकार नदेखिएपछि दोमन भयो, कतै बस गइसकेको त होइन ? तर निर्धारित समयभन्दा करिब छ÷सात मिनेटअघि नै त्यहाँ पुगेका