जनता समाजवादी पार्टी, (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्दप्रसाद श्रेष्ठलाई दिइएको छ।
जिल्ला अस्पतालको भवन निर्माणमा ढिलाइ हुँदा स्वास्थ्य सेवा कार्यालय कालीकोट अहिले अस्थायी टहरोबाट काम चलाइरहेको छ । पुरानो भवन भत्काइएको भए पनि नयाँ भवन निर्माण थालेको ६ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन । जसले गर्दा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।
चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपाल च्याम्पियन बनेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो ।
नाइजरको सैन्य नेतृत्वले फ्रान्सेली राजदूतलाई देश छोड्न आदेश दिएको छ । सैन्य सरकारको यो कदमले पश्चिम अफ्रिकी राष्ट्रमा प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिलाई पदच्युत गरेपछि अन्तर्राष्ट्रिय सङ्कटलाई अझ बढाएको अल जजीराले जनाएको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी रूपान्तरण र सुधार आफैबाट सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ।
जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गर्नुभएको छ । उहाँ पारिवारिक कामका सिलसिलामा भारतको केरला जानुभएको हो ।
रैथाने भोटी माछाको संरक्षण गर्न महोत्सव गरिनेभएको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित दोभान युवा क्लबको आयोजनामा ‘‘दमौली भोटीबजार भादगाउँ तनहुँ सांस्कृतिक महोत्सव–२०८०’’ गरिने भएको हो ।
बाँकेमा राप्ती नदीले राप्तीसोनारीको खल्ला झगडियाको तटबन्ध बगाएर कटान तीव्र बनाउँदै गएपछि जिल्लाको दुई पालिकाका सात गाउँ उच्च जोखिममा छन्।
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा पनि आफ्नो पार्टीलाई निषेध गरेको बताउनुभएको छ।
चार दिनदेखि परेको अविरल वर्षाका कारण रातुलगायतका नदीमा आएको बाढीले खानेपानी, पक्की कुलो र पुलमा क्षति पुर्याएका कारण जिल्लाका उत्तरी भेगमा अनेकन् समस्या देखा परेको छ ।
महासचिव पदमा भएको निर्वाचनको पुनः मतगणनाको माग गर्दै नेपालगन्ज उद्योग वाणिज्य सङ्घको कार्यालयमा उद्योगी व्यवसायीहरूको एक समूहले तालाबन्दी गरेका छन् ।
पछिल्लो समय कालीकोटमा एचआइभी सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । कर्णाली प्लस कालीकोटले आयोजना गरेको सरोकारवाला बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै एआरटि काउन्सिलर ईश्वर शाहीका अनुसार २०६५ सालदेखि एचआइभी सम्बन्धी काम गर्दै आइरहेको कर्णाली प्लस २०८० सम्मको तथ्याङ्क अनुसार कालीकोटमा ६५ जनाले एआरटि सेवा लिइरहेका छन् ।
उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताउनुभएको छ ।
नेकपा (एमाले) को आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।
खरको छानो र काठका बाकलले घेरिएको छ पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उहाँको आरनमा छरपस्ट फलामका टुक्रा छन् भने बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् ।