भोलि (मङ्गलबार) बस्ने भनिएको राष्ट्रिय सभा बैठक सरेको छ । सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले मङ्गलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश सरेको जानकारी दिनुभयो ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकार र माओवादीका लागि चुनौती र अवसर दुवै भएको बताउनुभएको छ।
उपराष्ट्रपति नन्दबहादुर पुनले परिवर्तनका निम्ति जीवन गुमाउनु हुने तथा आन्दोलनका क्रममा घाइतेप्रति उच्च सम्मान रहेको बताउनुभएको छ ।
यस वर्षको ‘यदु स्मृति पत्रकारिता’ पुरस्कार गोरखापत्रका पत्रकार लोकबहादुर चौधरी (लक्की चौधरी) लाई प्रदान गरिने भएको छ । पुरस्कार सिफारिस समितिले चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको समितिका सदस्यसचिव रुद्र खड्काले जानकारी दिनुभयो ।
सुरक्षा पन्त र कमलमणि नेपालको प्रमुख भूमिका रहेको फिल्म ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको फिल्मको पोस्टरमा सुरक्षालाई देख्न सकिन्छ ।
परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ खारखानीमा सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ ।
ट्राफिक नियम मिच्दा हुने गरेको जरिवाना बढी भएको भन्दै सवारी चालकले विरोध जनाएका छन्। काठमाडौंको माछापोखरी, नयाँ बसपार्क बाइपास क्षेत्रमा सवारी चालकले गाडी नै सडकको बीचमा रोकेर विरोध जनाएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पर्यटन महोत्सवमा सम्बोधन गर्नुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्ड महोत्सवमा पुग्नुभएको हो।
उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्याएको उच्चतम योगदानको सम्मान गरेको बताउनुभएको छ।
संरक्षित चरी बाघको छालासहित कैलालीमा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरीको आइआरटी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरीको संयुक्त टोलीले सोमबार बिहान गोदावरी नगरपालिका –२ बसपार्कबाट छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताउनुभएको छ ।
नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ ।
हेटौँडा उपमहानगरले ५४ औँ हेटौँडा नगर स्थापना दिवस मनाएको छ । २०२६ सालमा तत्कालीन हेटौँडा नगर पञ्चायत स्थापना भएको आधार वर्ष मानेर पहिलो पटक हेटौँडा नगर स्थापना दिवस मनाइएको हो ।
प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न प्रेस सेन्टर बाँकेको साधारणसभा तथा विशेष अधिवेशनबाट आचार्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।