• १२ साउन २०८१, शनिबार

जसपा अध्यक्ष यादव भारत प्रस्थान

blog

काठमाडौं, भदौ ९ गते । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गर्नुभएको छ । उहाँ पारिवारिक कामका सिलसिलामा भारतको केरला जानुभएको हो ।

जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँ दिल्ली हुँदै केरलाको कोची जानु हुनेछ । उहाँ एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताउनुभयो । रासस