जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आदेशको पालना गर्दै धरान सुनसान अवस्थामा रहेको छ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्त्वको विरोध गर्न आफू नछाड्ने बताउनुभएको छ। उहाँले झापाको गिरी बन्धु टि–स्टेटको विषयमा आफूलाई मुछ्दैमा केही फरक नपर्ने बताउदै गल्ती नगरेको र नबिराएको जनाउनुभयो।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका विपद् न्युनिकरणका लागि नेपालले आवश्यक कदम चाल्न ढिलाई गर्न नहुने बताउनुभएको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले मुलुकमा संघीयता आए पनि सोअनुरुप काम हुन नसकेको बताउनुभएको छ ।
तिलगंगाल आँखा अस्पतालले सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा पहिलो पटक आफ्नो आफ्नो सेवा विस्तार गरेको छ । तिलगंगाल आँखा अस्पतालले एबी आईकेयरसँगको सहकार्यमा ‘तिलगंगा सिटी आइ सेन्टर’ संचालनमा ल्याएको हो ।
गण्डकी विश्वद्यिलायद्वारा पोखरामा शनिबार आयोजना गरिएको ५ किलोमिटर सडक दौड छात्रतर्फ कृष्णबहादुर परियार र छात्रातर्फ बासना सुवेदी शर्मा प्रथम भएकी छिन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा सरदरभन्दा उत्तरतर्फ सरेकाले पानी पर्ने सम्भावना यथावत् रहेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा हुन नसक्ने बताउनुभएको छ। केही दिनयता सुनसरीको धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावमा खलल पुर्याउने भन्दै सभापति देउवाले यस्तो बताउनुभएको हो।
शनिबार पिकनिक खान गएका भरतपुरका दुई जना त्रिशुली नदीमा वेपत्ता भएका छन् । भरतपुर मनपा २९ गाईघाटस्थित त्रिशुली नदी किनारमा भरतपुरबाट पिकनिक खान गएका दुई जना नदीमा बेपत्ता भएका हुन् ।
सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाले प्रदर्शन गरेका छन्।
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो।
सुनसरीको कोशी गाउँपालिका क्षेत्रका बालबालिकाले कोशी किनार र सिमसार क्षेत्रमा निगुरो टिपेर पढाइ खर्च जोहो गर्दैआएका छन् ।
विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउँदै आउनुभएको छ । उक्त कार्यबाट उहाँले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्नुहुन्छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले जिल्ला समन्वय समितिलाई साधन स्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित हिमालको फेदीको चरन क्षेत्रमा कृषकले भेडा पुर्याएका छन् । भेडापालक किसानहरूले भेडा चराउँदै खयरलेकमा पुर्याएका हुन् । जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले भेडाहरू लैजान थालेका छन् ।