दाङको तुलसीपुरमा सुविधासम्पन्न महिला बन्दी गृह निर्माण भएको छ। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयबाट विनियोजित तीन करोड ८८ लाख सात हजार रुपियाँको लागतमा महिला बन्दी गृह निर्माण भएको हो। नयाँ भवनमा रहेका १८ कोठामा ८० जनासम्म कैदीबन्दीलाई राख्न सकिने तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर चिन्तामणि रेग्मीले जानकारी दिनुभयो। यसअघि पुरानो बन्दी गृहका तीन वटा कोठामा ४९ जना महिला कैदीबन्दीसहित तीन जना आश्रित बालबालिका गरेर ५२ जना बस्दै आएका थिए। २५ जना राख्न मिल्ने क्षमताको बन्दी गृह भए पनि क्षमताभन्दा बढी राख्नुपर्ने बाध्यता रहेको थियो।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
बागलुङको दुर्गम र विकट गाउँ निसेलढोरका स्थानीय जुमबहादुर बुढामगर अहिले ७२ वर्षको हुनुभयो। निसीखोला गाउँपालिका–५ मा अवस्थित निसेलढोरवासी टुकी र दियालोको भरमा जीवन गुजारा गरिरहनुभएको छ। उहाँले भन्नुभयो, “टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आउनुभएका जुमबहादुरलाई गाउँमा बिजुली बलेको हेर्ने ठुलो धोको छ। हामीले गाउँमा मटितेलको टुकी बत्ती र सल्लाको दियालोको भरमा गुजारा चलाउँदै आइरहेका छौँ। गाउँमा बिजुली बलेको हेर्ने मेरो सपना सपना मात्रै होला जस्तो छ।”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । प्रमुख अतिथि पूर्वसंस्कृति तथा पर्यटन प्रदेशमन्त्री याङ्किला शेर्पाको उपस्थितिमा भएको कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् क्षेत्रको दिगो विकासका लागि सन् २०३५ को लक्ष्य राखेर दीर्घकालीन योजना तय गर्न लागिएको बताउनुभएको छ । ऊर्जा क्षेत्रलाई सो बेलासम्म कहाँ पुर्याउने र कसरी पुर्याउने भन्ने स्पष्ट रणनीति त्यसमा तय गरिने उहाँले जानकारी दिनुभयो । बिहीबार मन्त्रालयमा भएको पत्रकारसँगको संवादमा मन्त्री बस्नेतले विद्युत् क्षेत्रको प्रगतिका लागि प्रतीक्षित विद्युत् विधेयक दुई साताभित्र संसद्मा पेस हुने जानकारीसमेत गराउनुभयो ।
जलविद्युत् उत्पादन इतिहासको एक शताब्दीभन्दा बढी भइसके पनि सम्पूर्ण नेपालीले विद्युत् प्राप्त गर्न अझै दुई वर्ष कुर्नुपर्ने छ । अहिले ९८ प्रतिशत नेपालीमा विद्युत् ऊर्जा पुगेको छ तर गुणस्तरीय ऊर्जा भने अझै अलि परै छ । समस्त सेता ऊर्जाको अधिकांश हिस्सा जलको हो । सौर्य, वायु, नवीकरणीय ऊर्जाको हिस्सा कम छ । अविरल बगिरहेको नेपालको सबैभन्दा ठुलो र सजिलो स्रोत जलको प्रयोग गरी विद्युत् उत्पादन कछुवाकै गतिमा भए पनि पछिल्लो समय यसकै माध्य
पछिल्ला दिनमा देशमा आर्थिक सूचक सकारात्मक हुँदै गइरहेका छन् । तथापि सङ्कट पूर्ण रूपमा निरूपण भइसकेको छैन । यही अवस्थामा अहिले देशमा सुशासन कायम गर्ने सन्दर्भमा नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्ड हुँदै भ्रष्टाचारविरोधी गतिविधिमा सरकारले हात हालिरहेको छ ।
मानव समाजले यो अवस्थामा आइपुग्न विभिन्न चरण पार गरेको छ । फिरन्ते हुँदै सामूहिक रूपको जङ्गली जीवनलाई मान्छेको पहिलो चरण मानिन्छ, जहाँ मान्छेहरू समूहमा विभक्त रहेर ढुङ्गे हतियारमार्फत सिकार गरिएको पशुपन्छीको मासु र कन्दमूल खाएर जीवन निर्वाह गर्दथे । जङ्गली जनावरबाट सुरक्षित रहन सामूहिक रूपमा बस्नुपर्ने अवस्था थियो । एक ठाउँको सिकार र कन्दमूल सकिएपछि अर्कोतिर जानुपर्दा पनि समूहमै जान्थे मान्छेहरू । स्थायी परिवार नभएको र सामूहिक बसोबासमा रहने हुना
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
डोटीको सिलगढीमा २०१६ असोज २० मा जन्मनुभएको विश्वम्भरप्रसाद श्रेष्ठ यही भदौ ४ गते ३० औँ प्रधान न्यायाधीश नियुक्त हुनुभयो । नेपालको न्यायालयलाई निष्ठाबद्ध बनाई इतिहास रच्ने अवसर उहाँलाई प्राप्त भएको छ । शाखा अधिकृतबाट सेवा सुरु गरेका श्रेष्ठले जिल्ला, पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकै समयमा तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशबाट भएको इजलास बहिष्कारमा अन्य न्यायाधीश जस्तै सामेल हुने अवसर पनि मिल्यो । न्यायालयमा बेथिति, भ्रष्टाचार छ भनेर
२० वर्ष उमेर पुगेपछि बिहेवारि गर्ने कानुनमा लेखिएको छ, तर यहाँ बिहे गर्ने उमेर पहिल्यै सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ ।
जनसरोकार, जनजीविका एवं सार्वजनिक महत्त्वका विषयमा घनीभूत छलफल हुने सार्वभौम संसद् अन्ततः खुलेको छ । सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले झन्डै महिना दिन संसद् चल्न दिएको थिएन । राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानलाई पारदर्शी र विश्वसनीय बनाएर जानुपर्ने पक्षमा सत्तारूढ गठबन्धन थियो र छ । सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडानलाई प्रतिष्ठाको लडाइँ बनाउँदा सार्वभौम संसद् दलहरूको दास र बन्धक बनेको थियो तर संवादबाट अब समाधान निस्किएको छ ।
आर्थिक वर्ष २०७९/८० मा कुल ५५ खर्ब १८ अर्ब १९ करोड रुपियाँ (कारोबारमा आधारित) तरलता प्रवाह भएको छ । यस्तै रिभर्स रिपोमार्फत ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत २० अर्ब गरी कुल एक खर्ब आठ अर्ब २० करोड रुपियाँ तरलता प्रशोचन गरिएको छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले हरेक नागरिकको सम्पदा संरक्षणमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल सम्पदा सङ्घको ३७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । उहाँले मूर्त/अमूर्त सम्पदाको प्रवर्धनकै कारण पाटन क्षेत्रलाई विश्वको ३५ औँ कला सहर (वल्र्ड क्राफ्ट सिटी) को पहिचान मिलेको जानकारी दिनुभयो । वि.सं. २०७९ मा बागमती प्रदेशले सुनको टीकासहितको चाँदीको तक्मा प्रदान गरेर सम्मानित गरेको सन्दर्भ सम्झँदै सम्पदालाई जीवन्त बनाउने सङ्घको प्रयासले उत्साह थपेको बताउनुभयो । साथै सम्पदा सङ्घसँग महानगरको सहकार्य जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सङ्घद्वारा शनिबार आयोजित ३७ औँ वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरका प्रमुख महर्जनलाई सङ्घको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।