नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ ।
सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँचबुँदे सम्झौता भएको छ । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँच बुँदे सम्झौता गरेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाललाई नामिबियाले जितका लागि दुई सउ ८६ रनको लक्ष्य दिएको छ ।
सरकारसँगको वार्तापछि यातायात मजदुर सङ्गठनले मङ्गलबारको बन्द फिर्ता लिए पनि सार्वजनिक यातायात सुचारु हुन सकेको छैन । यातायात व्यवसायी र मजदुरहरूले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गर्ने कार्यक्रम फिर्ता लिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले अहिले हड्ताल गर्ने बेला नभएकाले हड्ताल फिर्ता लिन आग्रह गर्नुभयो ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।
नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले शिष्टाचार भेट गर्नुभएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका– ७ को रोडिकोट गाउँका ३७ वर्षीय जगत विश्वकर्मा विगत ५ वर्षदेखि क्यान्सरका कारण थला पर्दै आउनु भएको छ । पछिल्लो अवस्थाले उहाँ आर्थिक अभाव हुन थालेपछि निकै हतास मनस्थितिमा गुज्रिरहेको देखिएको हो ।
‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ ।
उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ । गत असोजयता हालसम्म पानी तथा हिउँ पर्न नसक्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन् ।
मैले राधा उपन्यासमा कतै लेखेको थिएँ एउटा संवाद, जुन कृष्ण पात्रले बोलेको थियो– “राधा ! आपूmलाई सम्पूर्ण रूपमा नबिर्सीकन अर्कालाई प्रेम गर्न कहाँ सकिन्छ ? प्रेम भन्नु नै आफूले आफैँलाई बिर्सी आफूलाई अरूमा पाउनु हो । मैले आपूmलाई सम्पूर्ण रूपमा तिमीमा पाउनु र तिमीले आपूmलाई ममा पाउनु प्रेमको पूर्णता हो । .... शारीरिक प्रेम र आत्मिक प्रेमको अन्तर बुझ राधा । शारीरिक प्रेम यौनको वरिपरि हुन्छ, त्यसले शरीरको भोग गर्छ र सन्तान जन्माउँछ । आत्मिक प्रेम शरीरतì
बालकृष्ण समको प्रेमपिण्ड प्रेमविषयक चिन्तनप्रधान नाटक हो । यसको मूल घटनाका साथै अनेक अवान्तर प्रसङ्गहरू पनि प्रेमसँग सम्बन्धित छन् । ती सबैले आदर्श प्रेमको गाथा बोल्छन्, प्रेमका लागि आत्मोत्सर्ग गर्ने पात्रहरूको झझल्को दिलाउँछन् । यस नाटकमा प्रेमको अधिरचना ‘नियमित आकस्मिकता’को दर्शनको जगमा उभिएको छ । प्रेम आकस्मिक रूपमा जागृत हुने भावना नै त हो तर त्यो अनियमित हुँदैन । त्यो विपरीत विद्युतीय भार भएका ऋणात्मक र धनात्मक शक्तिका बीच परस्पर आकर्षण पैदा भए जस्तै नारी र पुरुषका बीच परस्पर ऋणात्मकता र धनात्मकताले हुने आकर्षण आकस्मिक क्रिया हो । सायास वा हठपू
विश्वप्रसिद्ध कलाकार भिन्सेन्ट भ्यान गग प्रेममा देखाएको पागलपनले विश्व परिचित छ । एक पटक उनले प्रेमिकालाई आफूलाई प्रेम गर्ने भए जे पनि गर्न तयार भएको अभिव्यक्ति दिन्छन् । उनले भन्छन्, ‘साँच्चिकै तिमी मलाई प्रेम गछ्र्यौ भने म तिम्रा लागि जे पनि गर्न तयार छु ।’ भ्यान गगले प्रेम गर्ने ती महिला (वेश्या)ले आफूप्रतिको अनुराग देखेर ‘साँच्चि हो ! तिमी मेरा लागि जे पनि गर्न तयार छौ ?’