धनुषालगायत मधेश प्रदेशका पाँच वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत फागुन ११ देखि २५ गतेसम्म धनुषा, महोत्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लामा औषधि खुवाइने भएको हो ।
चक्रपथको विस्तारित खण्ड कोटेश्वरदेखि कलङ्कीसम्म मुख्य जाम हुने तीन ठाउँमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजनाअनुसार ग्वार्को चोकमा ‘फ्लाइओभर’ निर्माण गर्न लागिएको हो ।
खोटाङको साकेला गाउँपालिकाले चार सयभन्दा बढीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले ७० वर्ष माथिका चार सय ७ जना ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्ने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद भट्टराईले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अनमोल केसी र आना शर्माको अभिनय रहने फिल्म 'जेरी : अन टप'को साङ्केतिक टिजर पोस्टर सार्वजनिक गरिएको छ । सन् २०१४ मा रिलिज भएको फिल्म जेरीको दोस्रो शृङ्खला हो भने अनमोल र आनासँगै फिल्ममा पूर्णिका सिंजापति पनि प्रमुख भूमिकामा देख्न सकिनेछ ।
नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाउनुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
वैशाख १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ ।
पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।
सर्वोच्च अदालतमा बुधबार संवैधानिक नियुक्तिविरुद्ध रिटमा सुनुवाइ हुँदैछ । संवैधानिक नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गर्नुभएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिइने भएको छ । गत वर्ष चैत २३ गतेको बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका बिदाबारे निर्णय गरेको थियो ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वपरस्थित संसद् भवनमा बुधबार मध्याह्नदेखि बैठक सुरु भएको हो ।
मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरलाको ना ७ ख ७४४० नम्बरको यात्रुबाहक बस बेनी–जोमसोम कोरला सडक अन्तर्गत लेतेमा दुर्घटना भएको छ ।