ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोलास्थित टिप्ताला नाका भदौ २४ गतेदेखि खुल्ने भएको छ । कोभिड-१९ महामारीसँगै बन्द भएको नेपाल-चीन नाका करिब चार वर्षपछि खुल्ने भएको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । उहाँलाई एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा प्रवेश गराउनुभएको हो ।
पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेसँगै ब्राजिलमा सञ्चालन भइरहेको आइएसएफ यू–१५ जिम्न्यासाइड–२०२३ मा नेपालको यात्रा समाप्त भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पोषणसम्बन्धी जानकारी प्रदान गर्ने ‘ मेरो पोषण साथी’ मोबाइल एप र डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको शुभारम्भ गर्नुभएको छ ।
बाजुराको छेडेदह गाउँपालिकाको छेडेदह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न ठाउँका स्थानीयहरू यो समय छेडेदह तालमा रमाउन आउन थालेपछि पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।
वेस्ट हाम युनाइटेट इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्ट हाम शीर्षस्थानमा उक्लिएको हो ।
संसदीय समितिको सभापतिमा नेपाली कांग्रेसले तीन सभापतिमा उम्मेदवारी मनोनयन गरेको छ । कांग्रेस सचेतक सुशीला थिङका अनुसार कांग्रेसले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी मनोनयन भएको जानकारी दिनुभयो ।
व्यापार एवम् कृषि पेसामा आबद्ध स्थानीयहरूको बाढीका कारण घर, पुल र गरिखाने बगैँचा तथा बारी नै बगरमा परिणत हुँदा अब हातमुख कसरी जोड्ने भनेर अन्यौलता परेका छन् ।
नवलपुरको कावासोती ३ मा डिप ट्युबवेल सिँचाइ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिँचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको अवस्थामा गाउँमा डिप ट्युबवेल सिँचाइ सञ्चालन भएपछि स्थानीय टेक बहादुर श्रेष्ठको खुसीको सीमा छैन ।
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा डेब्यु गोल गर्नुभएको छ । आइतबार बिहान भएको खेलमा मियामीले न्युयोर्क रेडबुल्सलाई २–० गोलले हरायो ।
सिन्धुली जिल्लामा विगत केही दिनदेखि भइरहेको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान सर्वसाधारणसहित बैंकरहरुलाई पनि आवश्यक रहेको बताउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले गत साउन १ गतेदेखि सुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । सो सेवाबाट लाभ लिने विपन्न र गरिबहरू दिनदिनै बढ्दै गएका छन् ।
सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउन सबैमा आव्हान गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकले सो आव्हान गरेको हो ।