विद्युतीकरण सुशासनको लागि क्षमता विकास कार्यक्रम अन्तर्गत सार्वजनिक सेवा डिजिटलाइजेशनमार्फत् लिने कार्य सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहमा लागु गरिएको छ।
मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ।
नेपालमै पहिलो पटक नवलपुरको मध्यविन्दु नगरपालिकाले विद्यार्थी, अभिभावक र शिक्षकलाई मध्यनजर गर्दै ‘हाम्रो खुसी’ (आवर हेप्पीनेश) पाठ्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि गृहकार्यलाई तीव्रता दिइएको छ ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि २०८० लाई संशोधनसहित पारित गर्ने निर्णय गरेको छ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गर्नुभएको छ । आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतराको रूपमा देखा परेको बताउनुभएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि २० दशमलव ५४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलव ३८ कायम भएको छ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाश पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा जनतालाई अनावश्यक दुःख दिने र ढिलासुस्ती गर्ने कार्य सरकारलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताउनुभएको छ।
नेकपा (माओवादी केन्द्र) ले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रका सचेतक रुपा सोसी चौधरीले सो समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।
मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित बागवानी नर्सरी केन्द्रमा यतिखेर स्याउलगायतका फलफूल लटरम्म फलेका छन्।
देशमा आइरहने महामारीको समाचार सम्प्रेषण गर्दा तथ्यमा आधारित हुन नसके दुर्घटनामा पर्न सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउनुभएको छ ।
एसिया कप क्रिकेटको उपाधि दाबेदार पाकिस्तानले नेपालसँग खेल्नुअघि टोलीमा एक खेलाडी परिवर्तन गर्दै टोलीको नाम सार्वजनिक गरेको छ ।