लघुवित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्क बापत अतिरिक्त रूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।
म्याग्दीमा 'अफ्रिकन स्वाइन फिभर'को सङ्क्रमणबाट झण्डै पाँच सय बङ्गुर मरेका छन् । म्याग्दीको सदरमुकाम बेनी नगरपालिका ७ वडाको अग्निखेत क्षेत्र एवम् ग्रामीण भेगमा मात्रै चार सय ८१ वटा बङ्गुरको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
काठमाडौंको बालाजुस्थित माछापोखरीमा सोमबार भएको तोडफोडमा संलग्न रहेका छ जनलाई प्रहरीले सार्वजनिक गरेको छ ।
यस वर्षको महाशिवरात्रीमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार दिउँसो काठमाडौंको गोङ्गबुमा भएको घटनाको गम्भीर रूपमा छानबिन गर्न सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना सङ्क्रमणपछि विश्वको ध्यान आयुर्वेदतर्फ गएको बताउनुभएको छ ।
सर्वोच्च अदालतले आज (बुधबार) संवैधानिक नियुक्तिविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उक्त रिट 'हेर्न नभ्याइने' सूचीमा राखेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा राष्ट्रिय मानवअधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताउनुभएको छ ।
प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को तयारी पुरा भएको छ। फागुन ७ गतेदेखि हुने गोल्डकपको तयारी पुरा भएको हो। गोल्ड कप मूल आयोजक समितिले खेल तालिका सार्वजनिकसहित तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
उपप्रधान एवम् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अगामी चैत १७ गतेदेखि सञ्चालन हुने यस वर्षको एसइई परीक्षाका लागि दार्चुलामा १६ वटा परीक्षा केन्द्रहरू तोकिएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ ।
४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्।
पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवराज कोइरालाले समय अनुकूल गुणस्तरीय र व्यावहारिक शिक्षालाई अङ्गाल्नुपर्ने अनिवार्य आवश्यकता रहेकोमा जोड दिनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा १३ सय ३७ ग्रामीण पुनरुत्थान परियोजना सञ्चालन गरिएको छ । तिब्बत स्वायत्त क्षेत्रले दुई अर्ब ५० करोड अमेरिकी डलरको लागतमा ती परियोजना सञ्चालन गरेको हो ।