नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त सङ्घीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबिचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात् गर्दै अगाडि बढिरहेको छ । संविधानले सबैलाई धर्म र
सर्लाहीको ‘दुर्गम’ भनेर चिनिने नारायण खोलामा अहिले पनि स्थानीय बिरामी पर्दा झोलुङ्गोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।
राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत बढेर झन्डै तेब्बर हुन लागेको छ । राष्ट्रिय योजना आयोगको अघिल्लो वर्षको तथ्याङ्क अनुसार, राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत १० खर्ब ४६ अर्ब रुपियाँ थियो । यी आयोजनाको हरेक पटक म्याद सकिएपछि थप्दै जाने होडबाजीमा हरेक सरकार रहे । ठेकेदारका लागि कोभिड महामारी सुनौलो अवसर बन्यो । सरकारले म्याद थप्दै गर्दा कारण कोभिड मात्र हो वा अरू नै थियो भनेर पुष्ट्याइँ खोजेन । फलस्वरूप आयोजनाको लागत निरन्तर बढ्दै गयो । आर्थिक वर्ष २०७८/७९ सम्म यी आयोजनाको कुल लागत २५ खर्ब ९७ अर्ब ५६ करोड रुपियाँ पुगेको छ ।
संसदीय लोकतान्त्रिक व्यवस्थालाई विश्वकै सफलतम शासन प्रणाली मानिन्छ । अहिलेसम्म प्रयोगमा आएका शासन प्रणालीमध्ये यसभन्दा राम्रो व्यवस्था अर्को कुनै साबित भएको छैन । नेपालमा विगत केही वर्षदेखि यही व्यवस्था रहेको छ । नेपाली जनताको प्रत्यक्ष मत प्राप्त गरेर आएका जनप्रतिनिधिमार्फत नै देशको शासन व्यवस्था सञ्चालन हुँदै आएको छ । नेपाली जनताले देशमा राजनीतिक स्थायित्वका लागि देशका राजनीतिक दलहरूलाई सजिलो तरिकाले सरकारको सञ्चालन गर्न आवश्यक बहुमत पनि दिएका छन् । राजनीतिक दलहरू भित्रैको अन्तरकलह, व्यक्तिगत स्वार्थको लडाइँ, अहङ्कार तथा पद लोलुपता
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्ग पुनःस्थापना केन्द्रका लागि बनाएको भवन यतिखेर शिक्षा विकास निर्देशनालयले प्रयोग गर्दै आएको छ ।
कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिनुुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।
जलवायु परिवर्तनको असरले पृथ्वी र मानव जीवनलाई निरन्तर चुनौती दिइरहेको छ । विगत दुई सय वर्षमा मानिसले प्राकृतिक स्रोतको अति दोहन गरी धनी बन्ने होडले पर्यासन्तुलन बिग्रँदै जानु जलवायु परिवर्तनको मूल कारण भएको वैज्ञानिक मत रहँदै आएको छ । हिमाल पग्लन थालेका छन् भने बाढी, पहिरो, डुबानका समस्या निरन्तर बढ्दै छन् । पृथ्वीको तापमान बढ्दै गएर वन आगोबाट सखाप हुँदै छ । समुन्द्र सतह बढ्दै तटीय मुलुक र बसोबासको भविष्य अन्योलमा परेको छ । प्राकृतिक प्रकोप बढ्दो छ । नेपाल पनि अनेक प्रकोपबाट अछुतो छैन । हिमाल पग्लने, बाढी, पहिरो र डुबानका घटनाले जोखिम निरन्तर बढ्दो छ । पानीका मुहान सुकेका छन् । धनजनको क्षति बढ्दै छ । मनसुनमा आधारित कृषि चक्रमा अवरोध आइरहेको छ । यी सबै कारणले पर्यामैत्री दिगो
त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र बुढोपाको विश्वविद्यालय हो । बुढेसकालमा यो विश्वविद्यालयले के अपेक्षा गरिरहेको होला भन्ने चौतर्फी चाँसो हुनु स्वाभाविक हो । वर्तमान अवस्थमा यो विश्वविद्यालयका विगतका निराशाका चाउरीहरू केही हटेका छन् । असमयमै र केहीका अकर्मण्य गतिविधिका कारण उठेका चाउरी पूरै हटून् भन्ने नै त्रिविको चाहना छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
भारतबाट परीक्षणबिनै अवैध रूपले दैनिक आठ हजार लिटर दुध बाँकेमा भित्रिने गरेको पाइएको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेले गरेको अनुगमनका क्रममा सो पाइएको सङ्घले जनाएको छ । जिल्ला दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले दुधको गुणस्तरीयता जाँच र भन्सार नगरी भारतबाट दैनिक आठ हजार लिटरभन्दा बढी दुध अवैध रूपमा आयात भइरहेकाले जिल्लाका किसानको दुध बिक्री हुन नसकेको बताउनुभयो ।
जात्रा’ फ्रेन्चाइजको तेस्रो शृङ्खला ‘महाजात्रा’ को निर्माण घोषणासँगै कलाकार तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको पोस्टरमा चलचित्रको प्रदर्शन मिति आगामी चैत ९ गते उल्लेख गरिएको छ । चलचित्र फागुपूर्णिमाको अवसर पारेर प्रदर्शनमा आउने भएको छ । चलचित्रमा ‘जात्रा’ सिरिजकै चार कलाकार विपिन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा र वर्षा राउत पुनः दोहोरिने हुनुभएको छ । साथै कलाकार हरिवंश आचार्यको पनि अभिनय रहने भएको छ । पोस्टरमा चित्रित ट्रक पैसाको बिटोले भरिएको छ ।
सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ ।
नबिल बैङ्क लिमिटेड बैङ्क तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । ग्रोथ लिडरसिप एकाडेमीले शुक्रबार आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा बैङ्कलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा नेपाल बैङ्कर्स एसोसिएनका अध्यक्ष सुनिल केसीले नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।