दोलखाको भीमेश्वर नगरपालिकाले महिलाका लागि पन्चैबाजा बजाउन तालिम सुरु गरेको छ । महिलामा पन्चैबाजा बजाउने सीप हस्तान्तरण, संरक्षण र प्रवद्र्धनसँगै महिलाको आयआर्जनमा सघाउन वडाले तालिम सुरु गरेको वडाध्यक्ष वासु श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक, मौलिक, सांस्कृतिक र सामाजिक महŒवको पन्चैबाजा विस्थापन हुने खतरा बढेकाले संरक्षणमा सबै जुट्नु्पर्ने खाँचो छ ।”
विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । सधैँ सत्ताको झिनाझम्टी र अस्थिर सरकार भइरह्यो भने पनि त्यसले विकासको बाटो समाउन सक्दैन । नेपालजस्तो गरिब तथा विकासोन्मुख मुलुकका लागि स्थिर सरकार आवश्यक हुन्छ ।नेपालले अझै पनि दिगो विकासको बाटो समाउन नसकेको अवस्थामा आफ्नो मौलिक पहिचानसहित विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने चिन्ताले आमनागरिकलाई सताएको छ । नेपालको विकास हाम्रो भौगोलिक, आर्थिक, सामाजिक तथा धार्मिक र सांस्कृतिक परिवेशलाई आत्मासात् गरेर अगाडि नबढी सम्भव हुँदैन । हाम्रो आफ्नै जनशक्ति, प्राकृतिक स्रोतसाधनमा आधारित उत्पादन प्रणाली, ग्रामीण विकास, शिक्षा स्वस्थ्य तथा भौतिक पूर्वाधारमा आमूल परिवर्तन र व्यावहारिक कर प्रणालीमा व्यापक सुधार नगरी विकास सम्भव छैन ।नेपाल प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मुलुक हो । विश्वमै जलस्रोतको दोस्रोे धनी मानिने यस मुलुकमा बाह्रै महिना पहाडि भेगबाट बगिरहने खोलानाला तथा हिमनदीको पानी मिनिरलयुक्त हुने भएकाले यसलाई कोकाकोलाझैँ विश्वको कुनाकुनासम्म पु¥याउन सकिन्छ । कृषिको उन्नत विकासमा सिँचाइ अपरिहार्य भएकाले सिँचाइका लागि व्यवस्थित बाटा बनाउन सकिन्छ । जनसमुदायको सहभागितामा कुलो, नहर तथा पानी सञ्चितिका आधारभूत पोखरी निर्माण गर्न सकिन्छ । खेर गइरहेको अपार जलस्रोतलाई सिँचाइ र विद्युत् उत्पादनमा लगाएर कृषिक्षेत्रको विकाससँगै औद्योगिक उत्पादन वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । विद्युत् उत्पादनलाई तीव्रता दिएर ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलजस्ता पदार्थलाई विस्थापित गर्नसके विदेशी मुद्रा सञ्चितिमा ठूलो सहयोग पु¥याउन सकिन्छ ।सन् २०२० मा विश्व बैङ्कले निकालेको डाटालाई हेर्ने हो भने नेपालको कुल भूमिको ४२ प्रतिशत भू–भाग वनजङ्गलले ढाकेको छ । तराईको उष्ण हावापानीदेखि उच्च पहाडको समशितोष्ण हावापानीमा पाइने विभिन्न प्रजातिका औषधियुक्त वनस्पति यहाँ पाइन्छन् । सबै वनजङ्गललाई स्थानीय समुदायको मातहतमा राखेर व्यवस्थित गरी यी विभिन्न प्रजातिका रुख तथा वनस्पतिलाई वैज्ञानिक तरिकाले उपयोग गर्दै व्यापारिक प्रयोगमा ल्यउन सके हाम्रो आर्थिक अवस्थामा आमूल परिवर्तन हुन्छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका पहाडमा थुप्रिएका अनेक प्रजातिका जडीबुटी तथा खानीजन्य पदार्थको व्यवस्थापन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्छ । सुगन्धित धूप तेल र अत्तर बनाउन चाहिने घाँसपात र झारदेखि गुर्जो, त्रिफला, जटामसी, यार्चागुम्बा, पाँचऔँले, तितेपाती, घोडताप्रे आदि थुप्रै औषधिजन्य जडीबुटी विश्वबजारमा औधि माग भएको बस्तुमा पर्छन् । यिनीहरूलाई औषधिको रूपमा बाहिर पठाउन सके विदेशी मुद्रा आर्जनको राम्रो स्रोत तयार हुछ ।भौगोलिक विविधतासहितको बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुकको विकासका लागि रोजगारी तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमा पर्ने अर्को क्षेत्र हो पर्यटन । पर्यटकलाई आकर्षण गर्ने पर्याप्त आधार हामीसँग छन् । हामीसँग विस्तृत योजना तथा विस्तारित कार्यक्रम मात्र नभएको हो । नेपालको भौगोलिक बनोट र त्यहाँ पाइने प्राकृतिक विविधता, गोरेटो र घोडेटो बाटो, लहरा र पहरा, वनजङ्गल, भिन्न प्रजातिका चराचुरुङ्गी, फलपूmल तथा जडीबुटीका प्रजाति, नदीनाला, झरना, तालतलैया, पुराताìिवक महìवका संरचना, वास्तुकला, चित्रकला, मठमन्दिर, विभिन्न जात्रापर्व र नेपालीको सौहार्दपूर्ण जीवनशैली पर्यटकलाई आकर्षण गर्ने बलिया आधार हुन् । विश्वको शिर सगरमाथा, गौतम बुद्धको जन्मस्थान लुम्बिनी, वीर गोरखालीको जन्मभूमि विश्वमा परिचित हाम्रा पुराना स्थापित मान्यता हुन् । यी सबैको उचित प्रचार प्रसार र प्रयोग हुनै सकेन ।नेपालको करिब दुई तिहाइ भूमि पहाडले ढाकेको छ । चुरेबाहेकका अजङ्गका पहाड हामीसँग प्रशस्त छन् । त्यहाँभित्र विभिन्न प्रकारका बहुमूल्य धातु, पत्थर, असङ्ख्य खनिज पदार्थ र मूल्यवान् चुनढुङ्गा पाउन सकिन्छ । सडक, पेटी घर र अन्य भौतिक संरचना बनाउन मिल्ने ढुङ्गाको उत्खनन गर्न सकिन्छ । विभिन्न धातु तथा पत्थरबाट विदेशी मुद्रा खिच्न सकिन्छ । व्यवस्थित ढङ्गले ढुङ्गाको उत्खनन गर्न सके सिमेन्ट तथा क्रसर उद्योग चलाएर उत्पादन बढाइ स्वदेशी आवश्यकता पूरा गर्न सकिन्छ । अहिलेसम्म सरकारको ध्यान नगएको क्षेत्र हो यो ।नेपालको हावापानी र माटो कृषि उत्पादनका लागि प्राकृतिक वरदान नै हो तर खाद्यान्नको ठूलो मात्रा, बीउबिजन र मलखादमा अहिले पनि हामी परनिर्भर छौँ । सरकारी तहबाटै कृषिलाई उच्च प्राथमिकतामा राखेर आवश्यक बीउबिजन, मलखाद, सिँचाइ र दक्ष जनशक्तिको व्यवस्था स्वदेशभित्रै मिलाउनु जरुरी छ । देशभित्र खपत गरेर पनि हाम्रो उत्पादनलाई अन्य मुलुकमा निर्यात गर्न सक्ने सम्भावना हामीसँग छ । हरेक मौसममा उत्पादन हुने तरकारी वा अन्य बालीलाई केही समयसम्म भण्डारण गर्नसक्ने अवस्था भए अन्य देशका आयातित वस्तुलाई प्रतिस्थापन गर्न सहज हुन्छ । हामीसँग उचित भण्डारणको विकल्प नभएकाले हरेक वर्ष धेरै मात्रामा वस्तु कुहिएर, सडेर खेर जाने अवस्था छ । किसानको हितमा सहकारी र सहकारी मैत्री कृषि प्रणाली लागू गर्नसके कृषिको दिगो विकास र खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ ।असङ्ख्य साधन, स्रोत र आम्दानीका प्रशस्त सम्भावना छरिएर रहेको ठाउँ हो गाउँ । ग्रामीण भेगका जनतालाई सहरमा केन्द्रित गरी भरिया बनाउनु बुद्धिमानी हुँदैन । ग्रामीण क्षेत्रमा आधारभूत संरचना पु¥याइ त्यहाँका जनतालाई त्यहीँ रोक्नुपर्छ । कृषि पेसामा आबद्ध भएका ६५ प्रतिशतभन्दा बढी जनता ग्रामीण क्षेत्रमै बसोबास गर्छन् । औद्योगिक मुलुकको नक्कल गरेर हामीले गाउँका जनतालाई सहरीकरणमा जोड दिँदा एकातिर गाउँको पारिवारिक संरचना ध्वस्त भएको छ भने अर्कोतिर स्थानीय उत्पादन धरासायी भएका छन् । आफ्नै देशका स्रोतसाधनको उपयोग नहुँदा बेरोगारीको सङ्ख्या ह्वात्तै बढेको छ । नेपालका प्राकृतिक स्रोतसाधन, कृषि, कृषिमा आधारित उद्योग, स्थानीय उत्पादनको संरक्षण, संवद्र्धन र विकास तथा ग्रामीण बजारको उचित व्यवस्थापनबाट समग्र ग्रामीण समाजको विकास गरेर मात्रै आम नागरिकको विकासको चाहाना पूरा गर्न सकिन्छ ।शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासका अनिवार्य अङ्ग हुन् । वर्षौं लाखौँको सङ्ख्यामा नेपाली विदेशिनुमा नेपालको अर्थव्यवस्था मात्र दोषी नभएर हाम्रो शैक्षिक प्रणाली र हामीले दिने शिक्षा पनि उत्तिकै दोषी र जिम्मेवार छ । पासफेलको प्रावधान र घोकन्ते शिक्षाले हाम्रा विद्यार्थीलाई कहिल्यै पनि सिर्जनात्मक हुन र सीप विकास गर्न उत्प्रेरित गरेन । यसले न कर्म गर्न सिकायो न सिर्जनशील हुन सिकायो । कर्मशील र चिन्तनशील मानवलाई मारेर सुगा हुर्काउने काम मात्र ग¥यो । सिर्जनात्मक प्रतिभा, प्राविधिक सीप, उद्यमशीलता, सिकाइ सीप एवं जीवनोपयोगी सीपबिनाको शिक्षा अब काम लाग्दैन । शिक्षामा आमूल सुधार नगरी विकासको सपना पूरा हुँदैन । विकासको अवधारणा लागू गर्नका लागि शिक्षासँगै जनस्वास्थ्यको पनि उत्तिकै आवश्यकता पर्छ । बिचौलियाको बिगबिगी भएको स्वास्थ्य क्षेत्र झनै तहसनहस छ । यसको उचित व्यवस्थापनका लागि राज्यको दर्बिलो स्वास्थ्य नीति र कार्यक्रम चाहिन्छ । यस क्षेत्रलाई केन्द्रीकरण नगरी विभिन्न ठाउँमा आयुर्वेदिक औषधालय र अनुसन्धान केन्द्र स्थापना गर्नुपर्छ । एउटा योग्य र कर्मठ नागरिकका लागि स्वस्थ्य जीवन अनिवार्य हुन्छ । हरेक क्षेत्र, गाउँ र केन्द्रमा अध्ययन तथा अनुसन्धानमूलक स्वास्थ्य संस्था स्थापना गर्नुपर्छ । यसका लागि भौतिक पूर्वाधार पहिलो सर्त हो । बाटोघाटो, बिजुली, खानेपानी र सिँचाइको सुविधा नभई विकासका अन्य पक्ष अगाडि बढ्दैनन् । नेपालको दीर्घकालीन विकासको आधार भन्नु नै शिक्षा, स्वस्थ्य र भौतिक पूर्वाधारको दिगो विकास र यसको यथेष्ठ प्रयोग हो ।परिष्कृत तथा व्यावहारिक कर प्रणाली विकासका लागि नभई नहुने कुरा हो । ढुङ्गामाटो, गिटी क्रसर उद्योगलाई व्यवस्थित गर्दै कृषि तथा कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्न पनि लचिलो कर प्रणाली आवश्यक हुन्छ । ग्रामीण भेगको विकासलाई मूल प्राथमिकतामा राख्दा त्यहाँ पर्यटन, जल, जङ्गल र जमिनको समूचित प्रयोग र त्यसबाट उत्पादन हुने वस्तु तथा सेवामा व्यावहारिक र सहुलियतपूर्ण करप्रणाली लागू गर्नुपर्छ । अति दुर्गम, दुर्गम र सुगम क्षेत्रलाई करको दायरामा समेट्दा विशेष ध्यान दिनुपर्छ । वस्तु उत्पादनका आधारमा कुन वस्तु उत्पादन गर्दा करको दायरा के हुने र निकासी गर्दा सहुलियत कति हुने सो कुरामा सरकारको प्रस्ट नीति आउनुपर्छ ।विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । सधैँ सत्ताको झिनाझम्टी र अस्थिर सरकार भइरह्यो भने पनि त्यसले विकासको बाटो समाउन सक्दैन । नेपालजस्तो गरिब तथा विकासोन्मुख मुलुकका लागि स्थिर सरकार आवश्यक हुन्छ । हरेक क्षेत्रमा विशेषज्ञता हासिल गरेको जनशक्ति र कुशल नेतृत्वसहितको स्थिर सरकार भयो भने छोटो समयमै विकासका बाटा खोलिन सक्छन् । देश समृद्धिको यात्रातिर लम्किन सक्छ । हरेक कुरामा परनिर्भर बनिरहनु पर्दैन । वर्षौंदेखि जनताले गरेको आशा पनि पूरा हुनसक्छ ।
विश्वका अधिकांश मुलुकमा औद्योगिकीकरणको ठूलो महत्व छ । यसले रोजगारी सिर्जना गरी वैदेशिक व्यापारमा सन्तुलन कायम गर्छ । औद्योगिकीकरणमा वैदेशिक लगानीको समेत निकै महत्वपूर्ण स्थान रहेको पाइन्छ । द अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टको पछिल्लो तथ्याङ्कका अनुसार विश्वका ठूला औद्योगिक राष्ट्रमध्येको एक बेलायतमा सन् २०२२ मा मात्र २४.२ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी भित्रिएको थियो । यसै तथ्याङ्कले समेत औद्योगिक तथा विकसित मुलुकमा पनि वैदेशिक लगानीको भूमिका स्पष्ट पार्छ । विश्वका विकसित मुलुकमा समेत वैदेशिक लगानीलाई महत्वपूर्ण मानिने सन्दर्भमा हाम्राजस्ता विकासशील मुलुकमा वैदेशिक लगानीको महत्व अझै उपयोगी भएको स्पष्टै छ । त्यसो त नेपालमा पनि विगतदेखि नै प्रत्यक्ष वैदेशिक लगानीमा विभिन्न उद्योगधन्दा तथा परियोजना सञ्चालनमा छन् । साथै वैदेशिक लगानीको सिलसिलामा निरन्तरतासमेत छ तर त्यसमा बढ्दो उत्साह भने छैन । नेपालमा पछिल्लो समयमा भने वैदेशिक लगानी प्रवाहका सम्बन्धमा चर्चा गरिँदा खासै सकारात्मक तवरले लिन सकिने अवस्था पाइँदैन । विशेषतः रुस युक्रेन युद्धका कारण विश्वभरि नै आर्थिक सङ्कट तथा लगानीको वातावरणमा प्रतिकूल प्रभाव परेकै फलस्वरूप वैदेशिक लगानी तथा प्रतिबद्धतामा कमी आइरहेको यथार्थ हो । बेलायतकै तथ्याङ्कलाई केलाउँदा पनि सन् २०२१ मा वैदेशिक लगानी २९.४ अर्ब डलर रहेकोमा सन् २०२२ मा २४.२ अर्ब डलर रहेबाट वैदेशिक लगानीमा आएको सङ्कुचनको अवस्थालाई बुझ्न सकिन्छ । नेपालमा पनि चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता गत वर्षको तुलनामा ४० प्रतिशतले घटेको छ । उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म १८ अर्ब ६३ करोड रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । यो प्रतिबद्धता गत वर्षको यही अवधिमा ३१ अर्ब १४ करोड रुपियाँ बराबरको थियो । यस तथ्याङ्कबाट हेर्दा नेपालमा एक वर्षकै अवधिमा झन्डै आधाले प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको देखिन्छ । विश्व परिस्थिति तथा आर्थिक सङ्कटका कारण यो समय पक्कै पनि कुनै मुलुक वा क्षेत्रका निम्ति वैदेशिक लगानी प्राप्त गर्न सहज छैन । यो वास्तविकता हो तथापि एक वर्षमा नै ४० प्रतिशतले लगानी प्रतिबद्धतामा कमी आउनु नेपालका निम्ति पक्कै पनि हितकर विषय मान्न सकिँदैन । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धताको ३० प्रतिशत रकम मात्र वास्तविक लगानी हुने गरेको देखिन्छ । यस सन्दर्भमा पाँच छ अर्ब रुपियाँको वास्तविक वैदेशिक लगानीको आँकडालाई खासै उत्साहजनक मान्न सकिने अवस्था पनि होइन । यो अवस्था कसरी आइप¥यो भन्ने सन्दर्भमा सरकारलगायत सम्बद्ध निकायले गहन चिन्तन गर्नुपर्ने स्थिति आएको छ । विश्व आर्थिक सङ्कटलगायत हाम्रा पनि विभिन्न नीति नियम, कार्यशैलीलगायतका विषयका कमीकमजोरीले वैदेशिक लगानी आउन नसकेको बारेमा पनि गृहकार्य हुनु जरुरी देखिएको छ । नेपालमा वैदेशिक लगानीका निम्ति अनेक क्षेत्र छन् । लगानी गरी प्रतिफल सुनिश्चित गर्न सकिन्छ । खास गरी सेवामूलक क्षेत्र पर्यटनका साथै कृषि, सूचना प्रविधि जलस्रोतलगायतका थुप्रै क्षेत्र विद्यमान छन् । लगानीका क्षेत्र सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा उचित प्रचारप्रसार हुन सकेको छैन । देशभित्रको प्रक्रियागत झन्झटसमेत उस्तै छ । वैदेशिक लगानीकर्ता आकर्षित नभएका बारेमा सम्बद्ध निकायबाट अध्ययन अनुसन्धान हुनु महत्वपूर्ण हुनेछ । यसका अतिरिक्त व्यावसायिक भिसामा कडाइका कारण वैदेशिक लगानीको प्रतिबद्धतामा कमी आएको आधिकारिक भनाइतर्फ पनि सरकारको ध्यानाकर्षण हुनु वाञ्छनीय छ । व्यावसायिक प्रतिबद्धता जनाउने व्यवसायीलाई सहज एवं सरल तवरले भिसा उपलब्ध गराइनु पनि वैदेशिक लगानी आकर्षित गर्ने एक उपाय हुन सक्छ । त्यसो त सरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब एक हजार अन्तर्राष्ट्रिय व्यवसायीलाई भिसाको सिफारिस गरेर वातावरण अनुकूलको प्रयास गरिरहेको मान्न सकिए पनि यसमा अझै थप प्रयास हुनु जरुरी छ । मुलुकको विकास तथा औद्योगिकीकरणमा प्रत्यक्ष वैदेशिक लगानीको महत्वपूर्ण भूमिका हुने सन्दर्भमा उद्योग विभाग तथा लगानी बोर्डजस्ता निकायले यस्तो लगानीका सम्बन्धमा विदेशी व्यवसायीलाई उपयुक्त तवरले जानकारी तथा परामर्श उपलब्ध आवश्यक हुन्छ । यसैगरी व्यवसायीलाई सहज हुने तरिकाले सरकारले नीति, नियम लागू गर्नु पनि महत्वपूर्ण हुन आउँछ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा ओसार्न प्रयोग गरिएको क्रेटा कारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित भित्री सडकखण्डको कुवापानीबाट बस्तीपु
प्रदेश स्थापना दिवसका दिन लुम्बिनी प्रदेश सरकारले युवा गायक तथा सङ्गीतकार बीपी वाग्लेलाई लुम्बिनी प्रदेशरत्न द्वितीय पदकबाट विभूषित गरेको छ । उहाँले करिब छ दर्जनभन्दा बढी आधुनिक, पप, लोक पप, प्रकृतिप्रेमलगायत अन्य विविध गीतमा स्वर एवं सङ्गीत दिनुुभएको छ ।
बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।
बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा स्वास्थ्य चौकीको प्रसूति सेवा प्रभावित भएको छ । प्रसूति सेवाका लागि जनशक्ति नहुँदा उक्त सेवा प्रभावित भएको हो । भीमापोखराका गर्भवतीहरू गर्भ परी
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ ।
रेडियोकर्मी भूपेन्द्र खड्काले अभिनेत्री मनीषा कोइरालासँग कुराकानी गर्दै ‘भिडियो पोडकास्ट’ सुरुवात गर्नुभएको छ । ‘भूपेन्द्र खड्का पोडकास्ट’ नामक युट्युब च्यानलबाट सुरु पोडकास्टमा हाम्रो समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वसँग ‘हृदय–संवाद’ गर्ने खड्काले बताउनुभयो ।
धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलाबाट अवैध उत्खनन भइरहेकोे जनगुनासो बढेपछि रोकथाम गर्न सरोकारवाला निकायले चासो देखाएका छन् । नदीजन्य पदार्थको अवैध दोहन रोकथाम गर्ने प्रमुख दायित्व रहेको जिल्ला समन्वय समिति धनुषा र जिल्लाका प्रमुख सुरक्षा निकायले औरही खोलाबाट हुँदै आएको अवैध उत्खनन रोक्न चासो देखाएका हुन् ।
सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले उद्योगबाट निस्कने फोहर पानी प्रशोधन नगरी सोझै नदीमा खसाले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको छ ।
सप्तरी सदरमुकाम राजविराजका कलेज, विद्यालय वरपर अवैध मदिरा पसल सञ्चालन भइरहेका छन् । यसले समाज र विद्यार्थीमा नकारात्मक असर पर्ने गरेको स्थानीयले गुनासो गरिरहेका छन् ।
अनेरास्ववियुको अध्यक्ष पदमा समिक बडाल निर्वाचित हुनुभएको छ । बडाल ९६५ मतसहित विजयी हुनुभएको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ पर्यटकीय स्थानमा फोहोरमैला व्यवस्थापन प्रणाली घर निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र साँगुरीगढी गाउँपालिका धनकुटाको संयुक्त लागत साझेदारीमा पर्यटकीय स्थानमा निस्कने फोहोर व्यवस्थापन गर्न फोहोर व्यवस्थापन प्रणाली घर निर्माण गरिएको हो ।
लुङरुपा आयुर्वेद औषधालयले फिदिम नगरपालिका भित्रका विद्यालयमा आयुर्वेद र योग शिक्षा सम्बन्धी प्रशिक्षण सुरु गरेको छ । फिदिम नगरपालिकासँगको सहकार्यमा औषधालयले वडा नम्बर ११ को कालिका मावि बाबुङगाबाट बिहीबारदेखि योग प्रशिक्षण सुरु गरेको हो ।