नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दलहरुबीचमा समीकरण बन्दाको समझदारी बमोजिम एमाले अघि बढने बताउनुभएको छ । एमालेले फागुन ५ गतेदेखि दुई महिनासम्म सञ्चालन गर्ने मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियानको शुक्रबार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताउनुभएको छ । अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै टिप्पणी गर्नुभयो ।
दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले अर्धशतकीय पारी खेलेपछि शुक्रबार नेपालले राधानीमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको पहिलो खेलमा ३ विकेटको सहज जित निकालेको छ ।
राष्ट्रिय समाचार समिति (रासस)को ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा गोरखापत्र संस्थान प्रथम भएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साहले अध्ययन अनुसन्धानबाट उत्पादन भएका बीउबिजन समयमै किसानसम्म पुर्याउन कृषि अनुसन्धानमा आधारित योजनाका प्रमुखहरुलाई सुझाव दिनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सङ्घीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ ।
चिकित्सा शिक्षाको एमडी र एमएसतर्फ रोकिएको भर्ना प्रक्रिया रोकिएकै बिन्दुबाट सुचारु गर्न सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई परमादेश दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले देशका प्रमुख सङ्घीय अस्पताललाई शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने नीति सरकारले लिएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
कीर्तिपुर बर्न अस्पतालका प्राध्यापक डाक्टर शङ्करमान राईले स्रोत साधन उपलब्ध भएमा र समयमै अस्पतालमा बिरामी आए ९५ प्रतिशतसम्म जलेको बिरामीलाई निको पार्न सकिन्छ भन्नु भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले शुक्रबार रातिदेखि नै दर्शनार्थीहरुको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गरिने जानकारी दिएको छ ।
सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गर्ने निर्णय गरेको छ ।
खाना पकाउने ग्यास सिलिन्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका सांसद डा.चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार हुँदैछ ।
दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ इलेकट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ ।
बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।