स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी छ । अहिले ३२ जना जनशक्ति मात्र स्थायी दरबन्दीमा कार्यरत हुनुहुन्छ । १२ जनाको दरबन्दी रिक्त छ ।
कोशी प्रदेश सरकारले सरकारी कोषबाट बजेट खर्च गर्न नपाउने भएकाे छ ।
स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवम् गाईजात्रा पर्व फरक-फरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिका कारण धरान मात्र नभइ अहिले देश नै अस्तव्यस्त रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र १ ले चलाएको एक महिने ‘ग्रिन एण्ड क्लिन धरान’ अभियानको समापन कार्यक्रममा आज यहाँ उहाँले सो कुरा बताउनुभएको हो ।
सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको हो ।
इजिप्टको जल तथा सिँचाइ मन्त्रालयले ग्राण्ड इथियोपिया पुनः जागरण बाँध (जिईआरडी) को सम्बन्धमा लामो समयदेखि भइरहेको विवाद समाधानका लागि संवाद सुरु गरेको छ ।
एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियन एसिया प्यासिफिक रोबोट प्रतियोगिता २०२३ (एबीयु रोबोकन) आइतबार कम्बोडियामा सम्पन्न भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकारसमक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गर्नुभएको छ ।
गायिका समीक्षा अधिकारीले चार फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिनुभएको छ ।
क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको छ ।
शुक्रबार साँझ एक्कासि ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।
सभ्यताको क्रमिक यात्रामा मानवजातिले समयको सुदूर अतीतमा ‘पाषाण युग’ (ढुङ्गे युग) भएर गुज्रनुपर्यो। त्यस कालखण्डमा आधुनिक चिजबिजको कुनै सम्भावना नै थिएन । धातुको उत्पत्ति नभएको त्यस कालखण्डमा दैनिक जीवनमा प्रयोग हुने ज्यावल पनि ढुङ्गाकै हुन्थे । अनलाइन विश्वकोश ब्रिटानिकाका अनुसार तीन लाख ३० हजार वर्षअघि मानव पुर्खाले ढुङ्गाको ज्यावल प्रयोग गरेको प्रमाण फेला परेको छ । मानव जाति ढुङ्गासँगै खेल्दै हुर्कंदै अघि बढ्दै गयो।
अस्पतालको सेवा तथा व्यवस्थापन सुधार हुँदै गएपछि पाल्पा अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् ।