सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय कायम भएको छ ।
आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ । आज प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि संसदीय समितिले सभापति पाउन लागेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न् स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जहाजले विस्थापित गर्ने पानीको तौल र जहाजको आफ्नो तौल बराबर हुने भएकाले जहाज पानीमा डुब्दैन तर एउटा सानो किलाले आफ्नो तौल बराबरको पानी विस्थापित गर्न सक्दैन त्यसैले डुब्छ ।
आर्थिक रूपले टाट पल्टिएको श्रीलङ्काको अवस्थामा अझै उल्लेख्य सुधार आएको छैन। जनताको दैनिकी दयनीय बनेकै छ, गरिबी दोब्बर बढेको छ। खाद्यान्न र इन्धनको सहज आपूर्ति हुन सकेको छैन, महँगी घटेको छैन। गरिब किसान र मजदुर खाद्यान्न किन्न नसक्ने अवस्थामा पुगेका छन्। कतिपयले खाद्यान्नको विकल्पमा कटहर र नरिवल खाएर भोक मेटाउन बाध्य छन्। कटहरको रुखले करुप्पैया कुमारसहित धेरै जनाको परिवारलाई भोकमरीबाट जोगाएको छ। “कटहरको रुखले हामीजस्ता हजारौँ मानिसलाई जीवित राखेको छ। यसले हामीलाई भोकमरीबा
हरिराज भट्टराईद्वारा लिखित ‘गीत, कुत्ता र कोर्ट’ कथा सङ्ग्रहमा बत्तिस वटा कथाहरू छन् । कथाकार भट्टराईको लेखनकला अत्यन्तै आकर्षक, उत्कृष्ठ छ । सङ्ग्रहको नामकरण रहेको सातौँ कथामा आँखा पुगे ।
प्रस्तुत पुस्तक सूर्यबहादुर थापाले आफ्नै जीवनको अनुभूतिलाई फरक धारमा चित्रण गरिएको निबन्धात्मक शैलीमा छ । यसमा पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री बनेको त्रिवेणी पाइन्छ । आफ्नो मानसपटलमा गहिरो छाप बनेर वर्षाैं बसेका कालजयी घटना, दृश्य–परिदृश्य, परिवेश पात्रलाई टपक्क टिपेर सिर्जनात्मक, अर्थपूर्ण र भावपूर्ण अभिव्यक्तिलाई लेखनको माध्यमबाट गणेश पौडेलले उतारेका छन् ।
आधुनिक सूचना प्रविधि जगत्को सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ।एआईको दाबी अनुसार अब छिट्टै नै बुढोपना कम गर्ने औषधी बनाइने छ। युनिभर्सिटी अफ एडिनबर्ग अन्तर्गतको इन्स्टिच्युट अफ जेनेटिक्स एन्ड मोलिक्युलर मेडिसिनका शोधकर्ता वेनेसा मेर बारेटोका अनुसार उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर २१ वटा शक्तिशाली अणु पत्ता लगाएका छन्। ती अणुलाई सेनोलाइटिक ड्रग्स बनाउनमा प्रयोग गर्न सकिन्छ, जुन औषधीले बुढ्यौली कम गर्न तथा बुढ्यौली उमेरमा हुने रोग
पाल्पाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा सोमबार चालकको मृत्यु भएको छ । साथै सोही दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
कर्णाली कोरिडोरको खुलालु सडक खण्ड दश दिनपछि सुचारु भएको छ । खुलालु हिल्सा सडक खण्डको खुलालु कर्णाली पुलको वाया पट्टीको जोखिम सडक मर्मतका लागि बन्द गरिएको सडक सञ्चालनमा आएको छ ।
बागमती प्रदेश सरकारले उत्पादन र रोजगारीको सिर्जना गरी सहुलियतपूर्ण ऋण लगानी गर्न विनियोजन गर्दै आएको बजेटमा कटौती गरेको छ । सहुलियतपूर्ण ऋण लगानी प्रभावकारी नभएको भन्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा वित्तीय व्यवस्थापनतर्फ सहुलियतपूर्ण ऋण लगानीको बजेट कटौती गरेको हो ।
वराहक्षेत्र नगरपालिका सुनसरी जिल्लाकै कान्छो नगरपालिका हो । स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसबमोजिम २०७३ सालमा स्थापना भएको यस नगरपालिकाको नाम प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र दे
कपिलवस्तुलगायत देशभरका सरकारी र प्रहरी कार्यालयमा थन्किएका करोडौँ मूल्य बराबरका गाडी समयमै लिलाम बिक्री नहुँदा कवाडी अवस्थामा पुगेका छन्। चोरी तस्करीबाट बरामद गरिएका ती गाडीमध्ये अधिकांश मोटरसाइकल र केही जिप छन्। भारतसँगको खुला सीमाका कारण कपिलवस्तुमा मोटरसाइकल, ट्याक्टर, जिप, कारजस्ता यातायातका साधनको चोरी तस्करी हुने गर्दछ। प्रहरी कार्यालयमा रहेका गाडीमध्ये अधिकांश मोटरसाइकल चोरी तस्करीबाट बरामद गरिएका छन्। कार्यविधि अनुसार समयमै लिलाम बिक्री नहुँदा करोडौँ मूल्यका साधन अलपत्र छन्।
सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्थानीय तहको न्यायिक समितिको कार्य सम्पादनमा एकरूपता ल्याउनका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । स्थानीयस्तरमा रहेका न्यायिक समितिबाट न्याय सम्पादन प्रभावकारी भएको बताउँदै उहाँले एकरूपता नभएका कारण समस्या देखिएको बताउनुभयो ।
गुल्मीको दरबार गाउँपालिकामा ७९० जना दीर्घरोगी पाइएको छ। स्वास्थ्य संस्थाको गत आर्थिक वर्षको समीक्षा कार्यक्रममा ७९० जना दीर्घरोगी रहेको तथ्याङ्क सार्वजनिक भएको छ। पालिकाभित्रका सातवटै वडामा ५६७ जनामा उच्च रक्तचाप, १३४ जनामा सुगर र ९९ जना दमका रोगी गरी ७९० जना दीर्घरोगी रहेको स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो।