वराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले विगत चार वर्षदेखि ‘विष्ट कृषि फार्म’ खोलेर फलफूल खेतीबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । नेपाल प्रहरीमा १७ वर्षे जागिरे जीवन बिताएर घर फर्किएका विष्टले गाउँमै फलफूल खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपाल सरकारको सहभागिता बलियो बनाउन तीव्र गृहकार्य भइरहेको छ । महासभा अन्तर्गत हुने विभिन्न सत्रमा प्रस्तुत गरिने कार्यसूची अन्तिम रूप दिन परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपाल सरकारको प्रतिनिधिमण्डल यही भदौ ३० गते महासभामा सहभागी हुने छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया सविन लिम्बु र सोही स्थानका २९ वर्षीया संगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सुचना अधिकारी प्रहरी निरीक्षक विद्यासागर मेहताले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गलत विचारलाई प्रतिवाद गर्न सञ्चार तथा सूचना प्रविधि मञ्च (आइसिटी) को प्रयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आइसिटी फोरमको प्रथम बैठकको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्रीले अहिलेको सूचना प्रविधिलाई प्रयोग गरेर पार्टी निर्माणमा लाग्न अनुरोध गर्नुभयो ।
रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु-याइएको छ । राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा–सिमकोट खण्डमा यातायात सेवा सञ्चालन गर्न बस चिनियाँ ट्रकमा ढुवानी गरेर ल्याइएका हुन् । ट्रकले बस बोकेको भाडा सात लाख रुपियाँ रहेको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको रुपमा राष्ट्रिय सम्मानको उपाधि प्रदान गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताउनुभएको छ।
हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका –३ दानाको गुइठेभीरमा अवरुद्ध भएको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको छ ।
विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्यानडा पठाउने भन्दै पाँच लाख ४५ हजार रुपियाँ ठगी गर्ने नवलपरासी घर भइ हाल टोखा नगरपालिका ३ बस्ने ३० वर्षिय समिर आले मगर रहेका छन्।
रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा तालाबन्दी गरिएको छ । कार्यालयभित्रै उपप्रमुखद्वारा कर्मचारी कुटिएको भन्दै नगरपालिकाको कामकाज ठप्प भएको हो ।
नेपाल वायुसेवा निगमले मंगलबारबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नेगरी टिकट बुकिङ् खुलाएको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यानकुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पुँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नुभएको छ।
पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको पाकिस्तान–नेपाल मैत्री महोत्सवमा विभिन्न प्रतियोगी पुरस्कृत भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रभित्र स्मार्टसिटिअन्तर्गत १० किलोमिटर सडकको स्तरोन्नति गरिने भएको छ । स्मार्टसिटिअन्तर्गत बजार क्षेत्रभित्र वडा ५, ६ र १२ का सात वटा क्षेत्रको दश किलोमिटर सडकको स्तरोन्नति गरिने भएको हो ।
हिउँ चितुवा र याकको संरक्षण गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङ मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । बाइकोस नेपाल र एन्ट फाउण्डसेनको आयोजनामा आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।
हिउँ चितुवा र याकको संरक्षण गर्ने उद्देश्यले हिमाल पारीको जिल्ला मनाङ मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । बाइकोस नेपाल र एन्ट फाउण्डसेनको आयोजनामा आगामी भदौ २५ देखि २७ गतेसम्म मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।