‘सिन्धुलीगढी घुमेर हेर्दा, सुन्तलीमाई, कतिमा राम्रो दरबार, मा-यो नि मायाले मा-यो’ कृष्णविक्रम थापाले गाएको चर्चित गीतजस्तै अहिले सिन्धुलीगढी दरबार चिटिक्क परेको छ। भत्किएर भग्नावशेषमा परिणत भएको ऐतिहासिक सिन्धुलीगढी दरबारलाई बागमती प्रदेश सरकारले पुरानै शैलीमा पुनर्निर्माण गरेको हो।
बागमती प्रदेशको राजधानीसँग काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लाका बासिन्दालाई सिधा पुग्नेगरी छोटो दूरीको मार्ग निर्माणमा पालिकाले अगुवाइ गरेका छन्। प्रदेशका पूर्वी क्षेत्रका जिल्लाहरूलाई प्रदेश राजधानी हेटौँडालाई जोड्ने छोटो दूरीको र व्यवस्थित सडक निर्माण गर्न स्थानीय तहहरूले साझा प्रयास थालेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभएको छ। राष्ट्रिय मानव अधिकार आयोगलाई बलियो बनाउन सधैँ आफ्नो प्रयत्न रहने उहाँले बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो सरकार मानव अधिकारप्रति संवेदनशील रहेको तथा लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन आफू गम्भीर रहेको बताउनुभयो।
जर्मनीले नेपाललाई १५ लाख डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको छ । कोभ्याक्स सुविधामार्फत उक्त खोप बुधबार नेपाललाई दिइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीलाई नेपालका लागि जर्मन राजदूत डा. थ्रोमास प्रिन्सले खोप हस्तान्तरण गर्नुभयो ।
गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उहाँकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ ।
बहराइनमा रहेको नेपाली दूतावासले बहराइन सरकारबाट ल्याइएको लेबर रजिस्ट्रेसन कार्यक्रममा ४७४ जना नेपाली सहभागी हुनयोग्य रहेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले चार वर्षअघि नेपाल र संयुक्त अरब इमिरेटस् (यूएई) सरकारबीच भएको श्रम समझदारीअनुसार नेपाली श्रमिकले सेवासुविधा प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टी–२० क्रिकेट खेलमा भएको मिलेमतो (म्याच फिक्सिङ)बारे अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा खेल मिलेमतोमा संलग्न खेलाडी, व्यवस्थापक तथा सहयोगी गरी १२ जनालाई प्रतिवादी बनाएको छ। सीआईबीले खेल मिलेमतोमा संलग्न पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम तथा नितेश गुप्तालाई पक्राउ गरी बयान लिएको थियो।
महाशिवरात्रिका मुख्य पाहुना भारतको उडिसा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती स्वामी बिहीबार काठमाडौँ आइपुग्दै हुनुहुन्छ । तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिन शिष्य र सहयोगीसहितका १० सदस्यीय टोलीसहित उहाँ काठमाडौँ आउन लाग्नुभएको हो । यस वर्षको महाशिवरात्रि शनिबार परेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग जरिवाना असुल गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकमाथिबाट हरेक वर्षजसो खस्ने पहिरोले यात्रुलाई प्रायःजसो असहज बनाइरहेकै हुन्छ। यस्तो पहिरो नारायणी नदीमा पुग्दा नदीको सतह बढ्ने र नदी पुरिँदा जलचरको बासस्थानमै असर पर्ने अर्को समस्या पनि देखिएको छ। नारायणी नदीलाई बासस्थान बनाएका माछा, गोहीलगायतका जलचरको पारिस्थितिक प्रणालीमा समेत यसले नकारात्मक प्रभाव पु-याएको विज्ञहरूको भनाइ छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी थारुले कानुनको छिद्र देखाएर सेवाग्राहीलाई दुःख दिने छुट कसैलाई नरहेको बताउनुभएको छ । महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग आज यहाँ अन्तरक्रिया गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पर्वतको जलजला गाउँपालिका भित्र बसोवास गरिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको अर्थतन्त्र सुधारका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सुरु भएको ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी २०७९’ मेलाको आज यहाँ उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
जोमसोमबाट पोखराका लागि छुटेको म्याग्दी कोरला यातायातको ना ७ ख ७४४० नम्बरको बस आज काली गण्डकी नदीमा खसेको छ । गाडीमा सवार १८ जना घाइते भएका छन् ।