गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १० गते । पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको पाकिस्तान–नेपाल मैत्री महोत्सवमा विभिन्न प्रतियोगी पुरस्कृत भएका छन् । एसियाली अध्ययन केन्द्र तथा नृत्य परिषद्ले काठमार्डौ स्थित पाकिस्तानी दूतावासको सहकार्यमा आयोजना महोत्सव आयोजना गरेको हो ।
तीन दिने महोत्सवमा निबन्ध लेखन, हस्तलेखन, चित्रकला प्रतियोगिता र सांस्कृतिक नृत्यमा ३० विद्यालयका सात सयभन्दा बढी विद्यार्थी सहभागी रहेको पाकिस्तान दूतावासले जनाएको छ ।
महोत्सवको समापन समारोहमा नेपालका लागि पाकिस्तानका कार्यवाहक राजदूत उमैर अली र विशेष अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले पुरस्कार वितरण गर्नुभएको थियो ।