जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् ।
बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ ।
यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै उहाँले राम्रा रणनीति र कार्ययोजना त्यसै थन्क्याउने र अलपत्र पार्ने परिपाटी बन्द गर्नुपर्ने बताउनुभयो । यस्तो गर्दा सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने हुँदा समस्या निम्तिने मन्त्री बस्नजेतको भनाइ थियो ।
नेपालमा उत्पादित वस्तुको निर्यातका लागि भन्सार जाँचपास प्रक्रिया सहज हुन सकेको छैन । कच्चा पदार्थ र तयारी वस्तुबीच भन्सार दर फरकफरक हुने व्यवस्था भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन ।
भेरी करिडोर अन्तर्गत डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध भएको छ ।
मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवम् रैथाने बालीको बजारीकरण गर्ने उद्देश्यले रैथाने कृषि हाट बजारमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान आफैं बिक्री गर्न पुग्नुभएको हाे ।
लुम्बिनी प्रदेशमा 'समाजवादी मोर्चा' काे घोषणा सभा हुने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय मुगुमा शय्या क्षमताभन्दा बढी सेवा प्रवाह भइरहेको छ ।
तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उहाँले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य भारतको रहेको दाबी गर्नुभयाे । इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताउनुभयो ।
प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गर्नुभयो ।
काठमाडौँ, भदौ १० गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले बढेर रु. एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नौ सय १४ डलर आसपास कारोबार भइरहेको छ । रासस
नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ ।
बिहानको स्वच्छ हावामा प्रातः कालीन भ्रमणका लागि म प्रायः निस्कन्थे । सडकको किनारा वा कतै मन लागेका ठाउँमा हिँड्नु मेरो दैनिकी जस्तै थियो । केही दिनदेखि प्रातः
कार्टुन मन नपराउने को पो होला र ? तर समय सन्दर्भले कार्टुन बुझाउने मानक भने परिवर्तन हुँदै आएको छ। हिजो बाबुको समयमा कार्टुन पत्रपत्रिकामा छापिने व्यङ्ग्यात्मक चित्र थियो भने आजका युवा र बालबालिका कार्टुन भन्नासाथ टेलिभिजनको पर्दामा देखिने एनिमेटेड रेखाचित्रलाई बुझ्दछन् । अझ प्रहसनको समयलाई नियाल्न नपाएकाहरू मुख बङ्ग्याएर टेलिभिजन, युट्युब वा अन्य सामाजिक सञ्जालमा देखिने पात्रलाई समेत कार्टुन वा कार्टुनिस्टका रूपमा बुझ्न पुग्छन् । यहाँ कार्टुनको व्याख्याभन्दा पनि कार्टुन अर्थात् व्यङ्ग्यचित्र र यसको गाईजात्रासँगको सम्बन्धका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताउनुभएको छ ।