‘लिमनिक इरप्सन’ अर्थात् तालमा हुने ठूलो उथलपुथलले विश्वमा केही विनाशकारी घटना भएका छन्। तालको गहिराइमा पानीमा घुलेर रहेको कार्बन डाइअक्साइड ग्यास अचानक उत्सर्जन हुँदा आकाशमा ग्यासको बादल सिर्जना भएर प्राणी जगत् निसासिने वातावरण बन्दछ। कार्बन डाइअक्साइड ग्यासको बादलले जङ्गली जीवजन्तु, गाईबस्तु र मानिसको जीवन नै सङ्कटमा पर्दछ। अहिलेसम्म ज्ञात भए अनुसार विश्वका तीन तालमा यस प्रकारको घटना भएको छ। सन् १९८६ अगस्ट २१ मा क्यामरुनको उत्तरपश्चिममा रहेको न्योस तालमा ‘लिमनिक इरप्सन’ भएको थियो। सो घटनामा जोगिएका एक भाग्यशाली व्यक्तिको भनाइ अनुसार राति ९: ३० बजे अचम्मको विस्फोटको आवाज आयो, त्यसलगत्तै मानिस र पशुहरू जमिनमा छट्पटाउ
मकवानपुरको थाहा नगरपालिका–६ मा रहेको वज्रवाराही चौरको सौन्दर्यीकरण थालिएको छ । त्यस क्षेत्रकै प्रसिद्ध मन्दिर वज्रवाराही मन्दिरसँगै रहेको चौरमा चाइनिज दुबो लगाइएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।
सप्तकोशी नदीमा यो वर्ष दोस्रो पटक ५६ ढोका खोलिएको छ । पानीको बहाव उच्च हुँदै गएपछि सप्तकोशी ब्यारेजको ५६ ढोका खोलिएको हो । पहाडी क्षेत्रमा वर्षा भएसँगै शुव्रmबार दिउँसोदेखि नै कोसीमा पानीको बहाव निरन्तर उच्च हुँदै गएको थियो । शुव्रmबार साँझ तीन लाख ८० हजार ८१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएसँगै ५६ ढोका खोलिएको थियो । कोसी ब्यारेज कन्ट्रोल रुमका कर्मचारी अमित यादवका अनुसार राति १२ बजे चार लाख १४ हजार ६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । शनिबार बिहान ६ बजे तीन लाख ८३ हजार ८०५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।
राईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ ।
मधेश प्रदेशमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयभन्दा बढी परिवार विस्थापित भएका छन् । वर्षाको पानीले जलमग्न बस्तीको जनजीवन कष्टकर बनेको छ ।
कर्णाली प्रदेशलाई साक्षर प्रदेशका रूपमा घोषणाका लागि आवश्यक तयारी थालिएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रुकुमपश्चिमलाई साक्षर जिल्ला घोषणा गरिसकेको छ। कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा जिल्ला बाँकी रहेका छन्। सरकारले जारी गरेको मापदण्ड पूरा गरेका जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो।
वर्षा सुरु भएदेखि राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा पहिरोले ठाउँ ठाउँमा क्षति नै क्षति पुर्याइरहेको छ । दिनैपिच्छे साना–ठुला पहिरोले मध्य पहाडी लोक मार्गको रुकुमपूर्व सडक खण्डमा ओहोरदोहोर गर्ने यात्रु सास्ती भोग्न बाध्य छन् ।
कैलालीको भजनीसहित पूर्वी क्षेत्रमा बर्खाको समयमा डुबान हुनु कुनै नौलो समस्या होइन। वर्षौंदेखि बर्सेनि यहाँका स्थानीयवासीले डुबानको समस्या भोग्दै आएका छन्। पहिले सो समस्या प्रचारप्रसारमा आउँदैनथ्यो, अहिले सञ्चार माध्यममा छाउने गरेको छ। “यो समस्या नयाँ होइन, पुरानै हो,” भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले भन्नुभयो, “यो समस्या वर्षौं पुरानो हो, तर समाधान गर्नेतर्फको कसैको ध्यान जान सकेको छैन।” डुबान समस्याको समाधानका लागि दिगो उपाय अवलम्बन गर्न सकिएको छैन। बस्तीभन्दा अग्लो गरी हुलाकी राजमार्ग बनाइएपछि डुबानको समस्या झन् बढेको भनाइ उहाँको छ।
सुरक्षित भवनको अभावमा चितवनको जिल्ला अदालतमा पानी चुहिने कोठाबाट न्याय सम्पादन गर्नुपर्ने बाध्यता छ । मुद्दाको चाप वृद्धि भएपछि अहिले जिल्ला अदालतमा इजलास वृद्धि गरेर सात वटा बनाइएको छ । ती इजलास पक्की भवनमा राख्न सम्भव नभएपछि टिनको टहरो निर्माण गरेर राखिएको छ । टिनको टहरोमुनि रहेका तीन वटै इजलासमा पानी चुहिने समस्या भएको जिल्ला अदालतका सूचना अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।
बाजुराको बुढीगङ्गा नगरपालिका–२, मुस्तोलाका बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छन्। समुद्री सतहदेखि एक हजार दुई मिटर उचाइमा रहेको यस गाउँमा पानीको मुहान नै नभएको बताइएको छ। अन्य ठाउँबाट पानी ल्याउन पनि करोडौँ रुपियाँ लगानी गर्नुपर्ने अवस्था रहेको मुस्तोलावासी बताउँछन्। विसं २०७९ पुसमा प्रदेश सरकारको आर्थिक सहयोगमा सोलारबाट पानी तानेर खुवाउने योजना लागु भए पनि पर्याप्त पानी नआउँदा समस्या भएको भनाइ स्थानीयको छ।
अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बन्नुभएको छ ।
वर्षा सुरु भएदेखि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा पहिरोले ठाउँ ठाउँमा क्षति पु-याइरहेको छ। दिनैपिच्छे साना–ठुला पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्व सडकखण्डमा ओहोरदोहोर गर्ने यात्रु सास्ती भोग्न बाध्य छन्। वर्षा हुने बित्तिकै ठाउँ ठाउँमा पहिरो झर्ने गरेकाले सडक अवरुद्ध हुँदा यात्रुले दुःख झेल्नु परेको हो।
स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।