नारायणी नदी किनारमा पुरेको फोहोर उठाउन सर्वोच्च अदालतले दिएको आदेश अझै कार्यान्वयन हुन सकेको छैन। चितवन महोत्सव सञ्चालन गर्नका लागि नारायणी नदीको पुल उत्तरतर्फको स्थानमा भएको खाल्टोमा फोहोर पुरेरसम्म बनाइएको थियो। त्यो फोहर पुरेरसम्म बनाएपछि चितवन महोत्सव सञ्चालन भएको थियो भने अहिले व्यापारिक ठेला तथा कोटी होम आयोजना भइराखेको छ।
निर्धारित मितिमा भित्तो काट्ने काम सम्पन्न गर्न नसकिएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणस्थलमा विस्फोटक पदार्थको प्रयोग गर्ने तयारी गरिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख इन्जिनियर किरण कार्कीका अनुसार तुइन र चिसेन्जीखोलामा निर्माणाधीन पुलका लागि भित्तो काट्ने काम कठिन भएपछि उक्त क्षेत्रमा विस्फोटक पदार्थ प्रयोगको तयारी गरिएको हो। उहाँका अनुसार तुइन र चिसेन्जी दुवै खोलाको नारायणगढतर्फको क्षेत्रमा कडा चट्टानका कारण निर्माणको काम कठिन भएको छ।
बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली कार्यान्वयनमा आएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच लामो समयदेखिको विवादका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) ७० प्रतिशत अङ्क ल्याए पुग्ने प्रणाली मङ्गलबारबाट कार्यान्वयनमा आएको हो।
बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सरकारसँग सहमति भएपछि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा ४८ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा जारी आन्दोलन स्थगित भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छाकुमार श्रेष्ठ र इन्जिनियर सन्तोषकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट यात्रुबाट बढी भाडा लिने २३ जना ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र नेपालको इतिहास मात्र नभएर नेपाली जनताको आवश्यकता र ढुकढुकी भएको बताउनुभएको छ।
बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठविरुद्ध चार लाख रुपियाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लागेको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शहीदको त्याग र संर्घषबाट मुलुकमा परिवर्तन भए पनि संस्थागत भइनसकेको बताउनुभएको छ।
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ ।
सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउनुभएको छ।
बुटवलमा मंगलबारदेखि कृषि मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा एघारौँ संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो।
नेपाल पुलिस क्लबका प्रिन्स दाहालले बिराटनगरमा जारी लिनिङ्ग १२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पार्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्काउन र देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका बताउनुभएको छ।
नेपाल बक्सिङ सङ्घका केन्द्रीय सदस्य पुस्करराज पन्त नेपालको पहिलो इन्टरनेशनल टेक्निकल अफिसियल (आईटिओ) बन्नुभएको छ ।