क्रिकेटर सन्दीप लामिछाने बुधबारदेखि सुरु हुने एसिया कप क्रिकेट खेल्न सोमबार पाकिस्तान प्रस्थान गर्नुभएको छ । टोलीमा रहेपनि आइतबार मुद्दाको पेसी रहेकोले सन्दीप यसअघि टोलीसँग पाकिस्तान जानुभएको थिएन ।
यो श्लोक स्व. लालबहादुर बोहराको ‘सुर्मा सेरोफेरो’ नामक पुस्तकमा उल्लेख गरिएका मष्टा देवता र सोह्र बहिनीको उत्पत्तिमा आधारित बझाङी भाषाका फागको हो ।
नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ ।
पूर्वको गोसाईंकुण्ड भनेर चिनिने धार्मिक तथा पर्यटकीयस्थल सभापाखरीमा दर्शनार्थीको भिड बढेको छ । पोखरीमा नागपञ्चमीदेखि जनै पूर्णिमासम्म भक्तजनको भिड हुनेगरेको छ ।
प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिङ्गो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन कायम गर्न अभियान चाल्नुपर्ने बताउनुभएको छ ।
कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा पत्थरीको अपरेशन (सल्यक्रिया) गरिएका बिरामीको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।
युक्रेन द्वन्द्वबारे अमेरिकी कूटनीतिज्ञलाई सूचना दिएको आरोपमा मस्कोले भ्लादिभोस्तोकस्थित अमेरिकी वाणिज्य दूतावासका पूर्वकर्मचारी रहेकारूसी नागरिकलाई पक्राउ गरेको छ ।
नौबहिनी गाउँपालिका –४ खवाङका स्थानीयले शनिबार जनश्रमदान गरी स्थानीय बाटो मर्मत गरेका छन् । स्कुलधारा–मधारा–देउराली सडक खण्डमा वर्षाले बिग्रिएको बाटो स्थानीयले श्रमदान गरी मर्मत गरेका हुन् ।
सरकारले मनमा अत्यधिक निराशाको भावना आएमा निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धन नीतिहरू कार्यान्वयनमा आउन नसकेको बताउनुभएको छ ।
त्रिवेणी भन्सारको कुुनै विकास हुन नसक्दा गण्डकीको विकासमै वाधा पुुगेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताउनुभएको छ ।