बैँकिङ कसुरमा फरार एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का ३८ वर्षीय सन्तोष घलेलाई आज काठमाडौंको छाउनिबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न वैदेशिका लागि तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री र सचिवहरु मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताउनुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाली समुदायबीच संयुक्त अधिराज्य (बेलायत) मा लोकप्रिय नेपाली मेला-२०२३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री र सचिवहरू मुद्दा मामिलाको डरले निर्णय गर्न नै डराउने अवस्था आएको बताउनुभएको छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ मा आधा दर्जन घरपरिवारको उठीबास भएको छ ।
बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९७ जना डेङ्गु रोगको सङ्क्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७ जना सङ्क्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि सोमबारसम्ममा डेङ्गु रोग सङ्क्रमितको सङ्ख्या प्रदेशभरमा चार हजार ९८ पुगेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेशनल डिफेन्स कलेज (एनडीसी), नयाँ दिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमणदलका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।
झापाको फरक-फरक स्थानमा एक बालिका सहित दुई जना मृत भेटिएका छन् । भद्रपुर नगरपालिका वडा नं. ९ प्रकाशपुरका सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला सोमबार अपराह्न मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्जवल कोइराला सुनसरी र उदयपुरको सीमा भएर बग्ने सप्तकोशीको पुलमा आफ्नो सवारी साधन छोडेर सम्पर्कविहीन हुनुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधीर भट्टराई नियुक्त हुनुभएको छ ।
प्रधान सेनापति प्रभुराम शर्मा र भारतको नेशन डिफेन्स कलेजका सिनियर डाइरेक्टिङ स्टाफ एयर भाइस मार्सल मनिष कुमार गुप्ताबिच सोमबार जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा डा. आरजु राणा देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताउनु भएको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनः जीवन दिनेगरी छलफल हुन लागेको बताउनुभएको छ ।