त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी विराटनगरमा जारी लिनिङ १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टनको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा योजनाहरू सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । आयोजना अलपत्र पर्दा सरकार टुलुटुलु हेरेर नबस्ने उहाँले प्रष्ट पार्नुभयो ।
नेपालका २५ कम्पनीहरूलाई १० हजार ६ सय ३६ मेट्रिक टन चिनी आयात गर्न पहल सुरु भएको उद्योगमन्त्री दामोदर भण्डारीले बताउनुभयो ।
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेड र पशुपति रोड, गौशालास्थित कालिन्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैङ्कका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
धनुषाको महेन्द्रनगरमा नेपाल बैङ्क लिमिटेडको शाखा उद्घाटन गरिएको छ । असार २९ गतेदेखि नै शाला बैङ्क सञ्चालनमा रहेपनि विधिवतरुपमा बिहीबार उद्घाटन गरिएको हो ।
गण्डकी प्रदेश सरकार स्थापनाको ५ वर्ष पूरा भएको छ । स्थापना दिवस अवसरमा प्रदेश राजधानी पोखरामा बिहीबार आयोजित विशेष समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारले दल र आमनागरिकको भावना समेटेर साझा बाटोमा हिँड्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको चार कारोबारमा नेप्से परिसूचक ११२.२२ अङ्क घटेको छ ।
सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ । यसले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ ।
सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आयोगहरूमा स्रोत, साधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन् ।
अनेरास्ववियुको मतदान विद्युतीय मेसिनबाट सुरु भएको छ । अध्यक्ष पदका उम्मेदवार समेत रहनुभएका विद्यार्थी नेता आर.सी. लामिछानेले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा भर्खरै विद्युतीय मेसिनबाट मतदान सुरु भएको जानकारी दिनुभयो ।
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ बिहीबारदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको प्रमुख पेसाको रूपमा रहेको कृषि क्षेत्रको विकासका लागि शिक्षामा नै कृषिको विषयमा पठनपाठन हुन आवश्यक रहेको बताउनुभएको छ ।
उपप्रधान तथा भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी देशमा उडान गर्नका लागि कूटनीतिक तवरबाट पहल भइरहेको बताउनुभएको छ ।