बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन्
सङ्घीय संसद्को प्रतिनिधि सभा सदस्यहरूको शपथ भएको आठ महिनापछि संसद्का विषयगत समितिले नेतृत्व पाएर सक्रिय हुन थालेका छन्। २०७९ साल पुस २५ गते प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको थियो र वैशाख १५ मा समिति गठन भएका थिए। जेठ २ गते ज्येष्ठ सदस्यको अध्यक्षतामा सबै समितिको पहिलो बैठक बसेको थियो। त्यसयता समितिहरूले सभापति नपाउँदा जनसरोकार र विधायिकी विषयगत विषयमा प्रभावकारी छलफल र सरकारलाई निर्देश गर्न सके
सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरूप अघि बढिरहेको देखिन्छ। यसले चौतर्फी सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। सरकारको राम्रो कामप्रति धेरैले प्रशंसा गरिरहेका छन्। उनीहरूमा विगतमा जस्तै फाइल खोलिने अनि त्यसै सेलाउने हो कि भन्ने आशङ्का भने टड्कारो रूपमा उब्जिरहेको छ। ठुला साना; जो कोही भए पनि समान रूपमा फाइल अघि बढाउनु पर्छ भन्ने आमधारणा छ। यही पृष्ठभूमिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेको सुन राजस्व अनुसन्धान विभागले
गण्डकी, भदौ १२ गते । समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा [माओवादी केन्द्र]का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्षनेताले सम्बोधन गर्नुहुने जनाइएको छ ।माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपा [एकीकृत समाजवादी]का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेता सहभागी हुनुहुने जानकारी दिनुभयो ।“प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले नै पाएको छ, हामी तयारीमा जुटिसकेका छौँ ।” रासस
राज्यशक्तिको प्रयोग बहु तहका सरकारहरूबाट गर्ने गरी व्यवस्था गरिएको राजनीतिक सङ्घीय प्रणाली हो। विविधतालाई सम्बोधन गर्न, सेवा प्रवाहलाई पूर्ण रूपमा विकेन्द्रित गरी नागरिकको घरदैलोमा पु-याउनतिर राज्य सञ्चालन प्रक्रियामा आधिकाधिक नागरिक सहभागिता प्रवर्धन गरी अपनत्व कायम गर्दै राष्ट्रिय एकता सुदृढ गर्न सङ्घीय प्रणाली अवलम्बन गर्ने गरिन्छ। नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार हुने र नेपालको राज्यशक्तिको प्रयोग
तीस वर्षदेखि इटालीको सर्वाधिक खोजीको सूचीमा रहेको कसुरदार माटिओ मेसिना देनारोलाई सिसलीको पलेर्मो सहरको एउटा निजी क्लिनिकको बाहिरबाट पक्राउ गर्न प्रहरीले गत वर्ष सफलता पाएको थियो। देनारो माफियाको सबैभन्दा निर्दयी पुस्ताको अन्तिम ‘गडफादर’ थियो। प्रहरी कौशलको उच्च मूल्याङ्कन गर्न इटालीका प्रधानमन्त्री सिधै पलेर्मो गएर फरारी पक्राउ गर्ने राष्ट्रसेवक प्रहरीहरूका सामु शिर झुकाएर हात मिलाउनुभएको थियो। देनारोको गिरफ्तारीले इटालीवासीलाई स्तम्भित पा-यो। गिरफ्तार गरेको देख्नेहरूले हावामा हात उठाएर ताली बजाए र प्रहरीलाई अङ्कमाल गरे, चुमे। राजनीतिका सबै तह र तप्काबाट प्रशंसा ओइरियो।
सङ्घीयता अभ्यासमा आएको छ वर्ष ढिलो गरी शिक्षा विधेयक संसद्मा टेबुल हुँदै छ। उक्त शिक्षा विधेयकको मस्यौदा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। विधेयकको मस्यौदाले गरेका विभिन्न व्यवस्थामा विभिन्न प्रकारका टिप्पणी प्रस्तुत भइरहेका छन्। मस्यौदाले शिक्षक व्यवस्थापन सम्बन्धमा गरेको व्यवस्थाका बारेमा सामाजिक सञ्जालमा अलि बढी नै चर्चा भइरहेको छ। खास गरी प्रधानाध्यापकको सम्बन्धमा कस्तो व्यवस्था हुँदै छ ? राहत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षकका बारेमा के गर्न खोजिँदै छ ? न्यूनतम वेतनमा काम गर्ने वालविकासका शिक्षक र विद्यालय कर्मचारीको वृत्ति वि
“डाई कहाँ गैलो ? (आमा कता जानू भो)”, जाईकी जानकी डङ्गौरा थारूको मुखबाट दिउँसो तथा राति पनि निस्किने आवाज हो यो । भनिन्छ, मान्छे आफ्नो जीवनमा दुई पटक बच्चा बन्छ । पहिले बाल्यकालमा, त्यसपछि बुढेस्कालमा ।
कैलाली जोशीपुरकी पूजा महत्तोको प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) पढ्ने चाहना यसपालि पूरा नहुने भएको छ । सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा एचए पढ्न प्रवेश परीक्षाका लागि फाराम भरेका पूजालगायत विद्यार्थीले पढ्न नपाउने भएका हुन् । सो इन्स्टिच्युटले यस वर्ष भर्ना लिन नपाउने भएपछि विद्यार्थीहरूको एचए पढ्ने सपना पूरा नभएको हो । घर नजिकै पढ्न पाइने भएपछि जानकी गाउँपालिका दुगौलीका सुनील साउद पनि एचए पढ्ने तयारीमा हुनुहुन्थ्यो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
बागमती प्रदेशमा खेती हुँदै आएको माटोमा अम्लीयपनको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बागमती प्रदेश, हेटौँडाले माटो परीक्षणका क्रममा यस्तो पाएको कार्यालय प्रमुख डा. जनार्दन खड्काले जानकारी दिनुभयो । प्रदेशमा माटो परीक्षणका क्रममा माटोमा ५० प्रतिशत प्राङ्गारिक पदार्थको कमी, बर्सातको पानी, माटो बन्ने पैतृक चट्टान र मानवीय व्यवस्थापनका कारण माटोमा अम्लीयपनको समस्या बढ्दै गएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यकासहित व्यावसायिक तरकारी, कृषि खेती हुने जिल्लाहरू काभ्रे, ललितपुर, धादिङ, नुवाकोट, चितवन र मकवानपुरको माटोमा अम्लीयपनको समस्या बढी पाइएको उहाँले बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
गत आर्थिक वर्षमा हिमाली जिल्ला म्याग्दीको झन्डै ३० हजार पर्यटकले अवलोकन गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा २९ हजार ३२८ जना पर्यटकले म्याग्दी जिल्लाको भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । लामो समयसम्म विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिम पूर्ण अवस्था पछि गएको वर्ष उक्त सङ्ख्यामा विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको भ्रमण गर्नका लागि बेलायत, फ्रान्स, चीन, कोरिया, अमेरिका, स्लोभाकिया, सर्बिया, भियतनाम, चिली र ताइवानबाट पर्यटक आएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिनुभयो ।
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक सेयरधनीले हकप्रद सेयरबापतको रकम बुझाएका छन् । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि. (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको कुल पाँच अर्ब ४० करोड नौ लाख रुपियाँ चुक्ता गरेका छन् ।
तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताउनुभयो । धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उहाँले बताउनुभयो ।