व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताउनुभएको छ।
विश्वमा आमाशयको क्यान्सर पाँचौँ मुख्य क्यान्सरमा पर्दछ। त्यसै गरी क्यान्सरका कारण मृत्यु हुनेमा यो क्यान्सरको स्थान तेस्रो छ। आमाशयको क्यान्सरको मुख्य कारक हेलिकोब्याक्टर पाइलोरी (एच. पाइलोरी) नामको ब्याक्टेरियालाई मानिन्छ। आमाशयको सतही कोषलाई क्यान्सरपूर्व वा क्यान्सरको अवस्थामा पु-याउने कार्य हेलिकोब्याक्टर पाइलोरीले गर्दछ। सामान्यतयाः मानव शरीर वा अन्य कुनै जीवजन्तुको शरीर अर्थात् अङ्गमा चोट लागेपछि निको हुने क्रममा ठ्याक्कै उस्तै प्रकारको कोषले परिपूर्ति हुनुपर्छ तर निरन्तर जसो वा पटक पटकको चोट त्यही ठाउँ विशेषमा हुन जाँदा शरीरको प्रतिरक्षात्मक हिसाबले पूर्ववर्ती कोषभन्दा फरक खाले कोषले परिपूर्ति हुन थाल्छ।
सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।
मुलुकले सङ्घीय शासन प्रणाली आत्मसात् गरेको एक दशक भइसकेको छ । सङ्घीय शासन प्रणाली अनुरूपको संविधान र संरचना निर्माण भएको पनि आठ वर्ष पुग्नै लागेको छ । प्रदेश र स्थानीय तहमार्फत स्रोत, साधन र अधिकार गाउँसम्म पुगेको छ ।
बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।
अन्तरिक्ष अभियानको आरम्भिक दिनमा इनोस नामको चिम्पान्जीलाई अन्तरिक्षमा पठाइएको थियो। अमेरिकाको अन्तरिक्ष अनुसन्धानमा संलग्न संस्थान नासाले ती दिनमा मानिसलाई अन्तरिक्ष र चन्द्रमामा पठाउन जोडदार अनुसन्धान गरिरहेको थियो। त्यसै क्रममा मक्र्युरी प्रोग्रामका लागि भाले चिम्पान्जी इनोसलाई अन्तरिक्षमा पठाउने निर्णय गरियो। अन्तरिक्षमा मानिसको यात्राको सम्भाव्यता अध्ययन गर्न मक्र्युरी–एट्लस ५ अन्तरिक्षयानलाई मानिस र पशु दुवैलाई बोक्न सक्ने गरी डिजाइन गरियो। जीवित प्राणीमा अन्तरिक्ष यात्राको प्रभावसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क हासिल गर्न त्यस ऐति
आर्थिक मन्दीलगायत विविध कारणले जिल्लामा सञ्चालन भएका घरेलु तथा साना उद्योगसहित दुई सयभन्दा बढी पसल व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९८ वटा घरेलु तथा साना उद्योगको लगतकट्टा भएको छ भने वाणिज्यतर्फ १६१ गरी २५९ वटा उद्योग खारेज भएका छन् । बन्द र खारेजको मुख्य कारण भने बैङ्क ब्याज र लगातारको आर्थिक मन्दी नै रहेको व्यवसायी बताउँछन् ।
सीमा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेका भारी परिमाणको नोटसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत विहारको मधुवनी जिल्लास्थित मधवापुर ग्राम पंचायत ४ का २६ वर्षीय सुमित साहलाई नियन्त्रणमा लिएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल आउँदै हुनुहुन्छ । उहाँ समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न यहाँ आउनलाग्नु भएको हो ।
गाउँघर छोडेर सहर बस्ने प्रवृत्तिले दोलखाका १६ हजारभन्दा बढी घर खाली छन् । २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएर अनुदानमा निर्माण गरिएका अधिकांश घर पनि खाली रहेका छन् ।
कर्णालीका ७९ स्थानीय तहमध्ये सडक मार्गले नजोडिएको एक मात्र पालिका हो, मुगुको मुगमकार्मारोङ गाउँपालिका। सोही पालिका अध्यक्षमा दोस्रो पटक निर्वाचित छिरिङ क्याप्ने लामाले विकास, समाजसेवा र नागरिकको हकहितका लागि खट्ने जुझारु एक पाको नेतृत्वको पहिचान बनाउनुभएको छ। जिल्ला सदरमुकाम गमगढी बजारदेखि ५० किलोमिटरको मुगमकार्मारोङ पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ। भौगोलिक रूपमा दुर्गम भए पनि प्राकृतिक सौन्दर्य र बहुमूल्य जडीबुटी यार्सागुम्बाका कारणले प्रख्यातसमेत छ। प्रस्तुत छ, गाउँपालिका अध्यक्ष लामासँग गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडीले गर्नुको कुराकानी–
सोलुखुम्बुको महाकुलुङ र सोताङ गाउँपालिका जोड्ने मोटरेबल पुल बर्सातको बाढीले बगाउँदा स्थानीय नागरिकको जिल्ला सदरमुकामलगायत सबै बजारसँगको सम्बन्धविच्छेद भएको छ ।
जुम्ला जिल्लाको सिँजामा केदारनाथ बुदबुदी महोत्सव आइतबारदेखि सुरु भएको छ। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार विसीले सिँजा गाउँपालिका–४ स्थित केदारनाथ बुदबुदी महोत्सवको उद्घाटन गर्नुभयो। मन्त्री विसीले सिँजाको केदारनाथलाई प्रदेश सरकारले धार्मिक पर्यटनका रूपमा प्रवर्धन गर्न प्राथमिकता दिने बताउनुभयो। उहाँले सिँजाको संस्कृति र इतिहासलाई बचाउन र संसार सामु ल्याउन यस क्षेत्रमा पूर्वाधार विकासको आवश्यकता रहेको चर्चा गर्नुभयो।
हिन्दुमार्गीले पवित्र तीर्थस्थलका रूपमा मान्दै आएको छायानाथ तीर्थस्थललाई बौद्धमार्गीले समेत उत्तिकै श्रद्धापूर्वक दर्शन गर्दै आएका छन्। जनैपूर्णिमाका दिन मोक्ष प्राप्तिका लागि छायानाथको दर्शन गर्न जुम्ला, कालीकोट, दैलेख, जाजरकोट हुम्लालगायत जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्।