पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आजदेखि श्रीलङ्कामा एसिया कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा छ देशले प्रतिस्पर्धा गर्नेछन् ।
विश्वका १९ देश र युरोपेली सङ्घ मिलेर बनेको अन्तरसरकारी मञ्च जी ट्वेन्टीको आगामी महिना भारतको नयाँ दिल्लीमा हुने शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने हुनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज (मङ्गलबार) नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ ।
कञ्चनपुरको तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्टसहित १० जनाविरुद्ध एक करोड ३४ लाख ९७ हजार ४५३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दिगो विकास लक्ष्य हासिल गर्न नीति निर्माणदेखि कार्यान्वयन गर्ने संयन्त्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा सार्वजनिक शौचालयको उपयुक्त डिजाइनसहितको स्थान छनौट गर्न अनुरोध गरेको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा भ्रष्टाचारका मुद्दामा गम्भीर छानबिन हुनुपर्नेदेखि नागरिकका जनजीविकामा देखिएका समस्याका विषय उठेका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जा क्षेत्रमा भएको ठुलो लगानीको सरकारले सुरक्षा गर्ने बताउनुभएको छ ।
नवलपुरमा व्यावसायिक च्याउखेतीतर्फ आकर्षण बढ्दो छ
पार्टीका भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई महाधिवेशन केन्द्रित हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आग्रह गर्नुभएको छ ।
सञ्चारकर्मी तथा गीतकार वसन्त योगीको तीज गीत 'कल्ले खायो दर' सार्वजनिक भएको छ ।
नेपाली पत्रकारिताका धरोहर प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार राजेश्वर नेपालीको ८० वर्षको उम्मेरमा निधन भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।