लुम्बिनी प्रदेश सरकारले गिद्ध संरक्षणलाई प्राथमिकता दिने भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ ।
दार्चुलाको नौगाड गाउँपालिकामा एक महिलालाई ढुङ्गा लागेर गम्भीर घाइते हुनुभएको छ । आज मंगलबार विहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किनेबेला नौगाड गाउँपालिका –५ भीडकी ३५ वर्षीया पुतली धामीलाई ढुंगा लागेको हो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात’ सच्याउने नियमहरु २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ ।
मोरङको धनपालथान गाउँपालिका–२ कुशमाहस्थित युवा विकास बहुउदेश्यीय सहकारी संस्थामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तारका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा मङ्गलबार बिहान भएको सवारी दुर्घटनाबाट डाक्टरको मृत्यु भएको छ ।
जतन गरी माया राख्ने भण्डार हौ तिमी नाजुक मेरो हृदयको उद्गार हौ तिमी
लाहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो ।