• १९ वैशाख २०८१, बुधबार

गीत

blog

जतन गरी माया राख्ने भण्डार हौ तिमी

नाजुक मेरो हृदयको उद्गार हौ तिमी । 


चन्द्ररश्मि भयौ तिमी मेरो मनकी परी

फूल बनी ढकमक्क फुल्यौ मनैभरि ।


मुटु साटी क्षितिज ढाकी सँगै हाँस्न  सिक्यौँ 

एक आपसको छाया बनी सँगै बाँच्न सिक्यौँ ।


मेरो आकाश हँसाउने चाँदनी हौ तिमी

मेरो धरती रमाउने बागिना हौ तिमि ।


मेरो दिलमा रङ भर्ने मधुशाला हौ तिमी

जुनीभरी पढ्न मिल्ने पाठशाला हौ तिमी ।