प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार विधिको शासनमा पूर्णतः प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा सांसदहरूको जिज्ञासाको आज जवाफ दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बिपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरूसँग ३.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभयो ।
इजिप्टका विदेशमन्त्री सामेह शौकरीले यमन सङ्कट समाधान गर्न संयुक्त राष्ट्र सङ्घको भूमिकालाई समर्थन गर्ने बताउनुभएको छ ।
आहारारा पोखरा गोल्ड कपबाट तीन लाख बचत भएको छ । सहारा क्लबको आयोजनामा गत पुस १४ देखि २३ गतेसम्म भएको २२ औँ संस्करणको आहारारा पोखरा गोल्ड कपबाट तीन लाख १८ हजार बचत भएको हो ।
हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठुलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ ।
नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ ।
बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।
पछिल्लो समय चेक बाउन्सका मुद्दाहरू बढ्दै गएका छन् । पछिल्लो सात महिनाको अवधिमा चेक बाउन्स अनादर सम्बन्धी झण्डै पाँच सय मुद्दाहरू दर्ता भएको सुर्खेत प्रहरीले जनाएको छ ।
धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले बिरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।
मोरङका पथरी शनिश्चरे र सुनवर्सी नगरपालिकाका किसानहरु धानखेत मास्दै सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाउन थालेका छन् ।
गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।
स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले असोज लागेपछि मात्रै स्याउ बजार पठाउने निर्णय भएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणको समयमा दुई देश बीचमा नयाँ नाका खोल्ने विषय कार्यसूचिमा रहेको बताउनुभएको छ ।