डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २० हजार १४५ जनामा पुष्टि भएको छ।
नेपालगन्जस्थित बागेश्वरी मन्दिरपूर्व, न्यूरोड पश्चिमतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बङ्गला कब्जागरी बसेकालाई मङ्गलबार साँझसम्म जग्गा खाली गर्न नेपालगन्ज उपमहानगरले अन्तिम अल्टिमेटम दिएको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्न गएका कालिकोट जिल्लाका पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा. के. एन पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित समाजवादी मोर्चाका नेताहरू भोलि धनगढी आउँदै हुनुहुन्छ ।
पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि ‘बेड’ अभाव हुँदा भुईँमै राखेर उपचार गर्न थालिएको छ । अस्पतालको इमरजेन्सीमा आएका बिरामीलाई बेड अभाव हुँदा भुईँमै राखेर उपचार गरिरहेको जनाएको छ ।
कपिलवस्तुमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका –१ चफेलाका ६४ वर्षीय नुमलाल गैरे रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो ।
बिर्तामोडमा माछा मार्नेक्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । मंगलबार बिहान बिर्तामोड नगरपालिका १० तेलकानी निवासी २६ वर्षीय दिनेश हस्दाको घर नजिकैको पानी जमेको पैनीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तीजलाई लक्ष्य गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
कपिलवस्तुमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र तौलिहवाका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ७९ हजार ३३६ जनाले सेवा लिएका छन् ।
गणपूरक सङ्ख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै सङ्घीय संसद् प्रतिनिधि सभा बैठक सकिएको छ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा 'प्याराग्लाइडिङ' परीक्षण गरिएको छ । साहसिक खेलका रूपमा रहेको जिप लाइन निर्माणाधीन अवस्थामै रहेको छिल्लीकोटमा अर्को साहसिक खेल प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्षको पहिलो महिनाको लक्ष्यको ७० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रियता र स्वाधीनताको पक्षमा आफू जनयुद्ध जसरी लडेको बताउनुभएको छ ।
सिन्धुली जिल्लामा प्रहरीले मङ्गलबार अवैध २० केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।