पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कारर्पियो बुधवार बिहान ढुङ्गासहितको पहिरोले पुरिएर हो
साउन १९ गते दिउँसो २ बजे नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पत्रकार सम्मेलन गरे। त्यसको चार घण्टापछि उनी बेलायत उड्दै थिए। ४ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिसकेका थिए। त्योबीचको समयमा उनले आफ्ना प्रशंसक र क्रिकेटप्रेमीलाई ‘सरप्राइज’ दिए। ३३ वर्षीय ज्ञानेन्द्रले अचानक अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट अवकाश लिएको घोषणा गरे। १८ वर्ष देशका लागि खेलेका खेलाडीले बहुप्रतिक्षित एसिया कप (जहाँ नेपालले पहिलो पटक खेल्दै थियो, भा
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ । मुल्तान क्रिकेट रङ्गशालामा यी दुवै टिम विजयी सुरुवात गर्ने दाउमा छन् । नेपाल र पाकिस्तान पहिलो पटक एकअर्काविरुद्ध भिड्न लागेका हुन् । सो खेल खेलेर नेपालले एसिया कपमा पदार्पण गर्ने छ ।
स्वास्थ्य बिमा अन्तर्गतको औषधी खरिद गर्दा बिरामीहरू ठगिने गरेको पाइएको छ । बिरामीलाई बिमाबाट औषधी उपलब्ध गराउँदा बजार मूल्यभन्दा चार गुणा बढीसम्म रकम लिइएको हो ।
वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागको पूर्वस्वीकृतिबिना सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारबाहीस्वरुप निलम्बन गरेको हो ।
नेकपा (एमाले)का केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार पूर्वनिर्धारित योजनाअनुसार नै आज पार्टीको सचिवालय बैठक बस्न लागेको हो । बिहान ११ : ३० बजे बस्ने बैठककको सबै तयारी पूरा भएको छ ।
विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति क्षेत्रमा सर्वपरिचित व्यक्तित्व हुन् । राजनीति क्षेत्रको तुलनामा साहित्यमा उनको परिचय स्थापित भएर पनि साँघुरो रहेको देखिन्छ ।
१. जाडोमा किन धेरै पिसाब लाग्छ ? जाडोयाममा शरीरका नसा चिसोका कारण खुम्चिने हुनाले रक्तसञ्चार कम हुन जान्छ र रक्तचाप बढ्छ। रक्तचाप घटाउन शरीरले रगतबाहेकका अन्य तरल पदार्थ बाहिर निकालेर रक्तसञ्चार व्यवस्थित गर्छ। यसरी हामीलाई जाडो याममा बढी पिसाब लाग्छ। २. खाना खाएपछि किन निद्रा लाग्छ ? खाना पचाउन बढी रगत आवश्यकता पर्छ तर खाना खाइसकेपछि
सप्तरीमा कुपोषणमा सुधार आएको एक कार्यक्रमका वक्ताले बताउनुभएको छ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना कलस्टर एकाइ सप्तरीले मङ्गलबार गरेको सार्वजनिक सुनुवाइ तथा वार्षिक कार्यक्रममा बोल्दै वक्ताले यस्तो बताउनुभएको हो ।
२०७३ सालमा साबिकका सिउडी, सोकट, पायल, लुङ्ग्रा, मार्कु र दुनी गाविसलाई गाभेर चौरपाटी गाउँपालिका निर्माण गरिएको हो। सात वडा रहेको यो गाउँपालिका १८२.१६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। डोटीबाट अछाम र बाजुरा प्रवेशको मुख्य नाका चौखुट्टे यही गाउँपालिका पर्दछ। २०७८ सालको जनगणना अनुसार यस पालिकामा २१ हजार ६२१ जनसङ्ख्या रहेको छ। साक्षरता प्रतिशत ७०.२५ प्रतिशत छ। नेपाली कांग्रेस समर्थक नेपाल विद्यार्थी सङ्घ अछामका पूर्वसभाप
दमक समाचारदातादमक, भदौ १३ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विशाल भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापाको गिरीबन्धु टी स्टेटको विषय मात्र नभई अहिलेसम्म सार्वजनिक सबै भ्रष्टाचारलगायतका विभिन्न काण्डको निष्पक्ष छानबिन गर्दा कुनै आपत्ति नहुने बताउनुभएको छ ।प्रेस चौतारी क्षेत्रीय समिति दमकले मङ्गलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सत्यतथ्य छानबिन गर्दा आफूहरूलाई कुनै समस्या नरहेको बताउनुभएको हो । “अहिलेसम्म जति काण्डहरू सार्वजनिक भएका छन् ति सबै विषयमा छानबिन गर्दा हाम्रो असहयोग होइन सहयोग रहन्छ,” उहाँले भन्नुभयो, “जति विषय सार्वजनिक भएका छन्, बाहिर आएका आएका छन् छिटो छानबिन होे्स भन्ने हाम्रो चाहना हो ।” पार्टीले खटाएर वा अह्राएर कसैले पनि भ्रष्टाचारलगायतका अनैतिक काममा नगरेको भन्दै कसैले गरेको भए उनीहरू कारबाहीको दायरामा आउनु पर्नेमा उहाँको जोड थियो । जनतामा तीब्र निराशा छाइरहेको समयमा जनतालाई भ्रमित बनाउने तवरले मात्र सरकारले यस्ता विषय उठाएको बताउँदै उहाँले देश बनाउने विषयमा छलफल र बहस भएको छैन भन्नुभयो । सरकार गिराउन र बनाउन दगुर्ने प्रवृतिका कारण मूलक पछि परेको छ, उहाँको भनाइ थियो । एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जनताको घरदैलोमा पार्टी पुग्ने काम गरिरहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीका अनुसार आइतबार अपराह्न ३ः०० बजे बजार घुमेर आउँछु भनी भदालेस्थित गुल्म निस्कनुभएका सेनानी पण्डित साँझसम्म पनि नफर्किएपछि उहाँको खोजी गर्न थालिएको थियो ।
दार्चुलाका दर्जनबढी कच्ची सडक स्तरोन्नति नहुँदा यात्रु र चालकले दैनिक रूपमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ। हिलाम्मे र खाल्टाखुल्टी भएको सडकमा यात्रा गर्दा ज्यान जोखिममा पर्ने गरेको गुनासो स्थानीयको छ। कच्ची सडकमा गाडी चलाउँदा जोखिम रहेको भन्दै यातायात व्यवसायीले बढी भाडा माग्ने गरेका छन्। सडकमा गाडी गुडाउन समेत खर्चिलो र जोखिमपूर्ण भएकाले जति भने पनि भाडा दिनुपर्ने अवस्था छ, यात्रु शम्भुराज जोशीले भन्नुभयो।
दोलखाको नौ वटै स्थानीय तह गरी करिब २३ हेक्टर वन अतिक्रमणमा परेको छ । सरकारी र स्थानीयले वन क्षेत्र फँडानी गरी गाउँपालिकाको कार्यालयदेखि घरटहरा बनाएर विभिन्न व्यवसाय सञ्चालन गरेका छन् ।
सन् १९८४ मा वेस क्रेभनले सबैभन्दा डरलाग्दो चलचित्र ‘अ नाइटमेयर अन एल्म स्ट्रिट’ विश्वसामु पस्किए। किशोरलाई उनीहरू निदाएका बेला हत्या गर्ने नरपिशाचको चरित्रमा फ्रेडी क्रुएगरको नृशंश, भयानक छवि सर्वत्र चर्चाको विषय बन्यो। ‘एलए टाइम्स’ प्रकाशित एउटा लेखको विषयवस्तुबाट प्रभावित भएर क्राभेनलाई ऐतिहासिक भुताहा चलचित्र बनाउने प्रेरणा मिलेको थियो। कम्बोडियाली नरसंहारबाट बचेका एक शरणार्थी बालकको कथामा आधारित रहेर उनले चलचित्र बनाएका थिए। ती बालकमा कस्तो डर बसेको थियो भने, “सुतेका बेला आफूमाथि आक्रमण हुने छ र आफूले भोलिको बिहानी देख्न पाउने छैन।”