सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले परमाणु परीक्षणको विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि उच्चस्तरीय बैठक बसेको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र सुडानको सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले द्विपक्षिय सम्बन्ध र सुडानी सङ्कटको पछिल्लो घटनाक्रमबारे छलफल गर्नुभएको छ ।
नवलपुरमा विषालु च्याउ खाएर चार जना बिरामी भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिनुभएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठामाडौबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर आएको खाद्यान्न हिल्सामा आई पुगेको छ । खाद्यान्न लोड भएका गाडीहरूले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आई पुग्न तीन दिन लगाएका हुन ।
तानसेन–तम्घास सडक खण्ड अन्तर्गतको पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो च्यापिँदा मृत्यु हुने एक महिलासहित तीन जना रहेको प्रहरीले जनाएको छ । घटनामा परी गुल्मी प्रहरीमा कार्यरत प्रहरी हवलदार तानसेन–११, का यमबहादुर बोहराको मृत्यु भएको छ ।
स्कुलमा पढ्दाको साथी किरणलाई भेट्न म उसको घरमा पुगेँ । किरणकी आमाले “कसलाई भेट्न आउनुु भो नि ?” भनेर सोधिन् । मैले “किरणलाई भेट्न आएको हुँ आमा” भनेँ । “किरण अहिले नुहाउँदै छ,”
नेवार समुदायले गुन्हुँपुन्ही पर्वमा नौ थरी गेडागुडीको मिश्रण भएको परिकार क्वाँटी खाने चलन छ । त्यसैले नेवार समुदायले यस दिनलाई क्वाटी पुन्ही पनि भन्ने गर्दछन् । नेवार समुदायमा गुन्हुँपुन्ही र गाईजात्राका छुट्टाछुट्टै धार्मिक विधिअनुसार कार्य गर्नुपर्दछ ।
परमाणु बमका जनक मानिएका जुलिएस रवर्ट ओपनहाइमरको जीवनमाथि लेखिएको पुस्तक ‘अमेरिकन प्रोमेथियस’ लाई आधार बनाएर निर्देशक क्रिस्टोफर नोलनले निर्माण गरेको ‘ओपनहाइमर’ हलिउड चलचित्र यतिबेला चर्चामा छ। जुन चलचित्र हाल विश्वभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ। आखिर को थिए ओपनहाइमर ?, के थियो उनको कथा ?, कसरी बनाएका थिए उनले विनाशकारी ‘न्युक्लिएर बम’ ?, उनी नायक थिए या खलनायक ? सन् १९४५, जुलाई १६ बिहान साढे ५ बजे
खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको छ । पुलको निर्माण जिम्मा पाएको ठेकेदार समेत बेपत्ता भएपछि पुल निर्माणले गति लिन सकेको छैन ।
नेपाली साहित्यमा परिचित नाम हो सुरेश कुमार भट्ट । उनको नवीन कृति साइनु लोक काव्य बजारमा आएको छ । रचनाकारले यस कृतिमा नेपाली समाजमा छरिएर रहेका विविध सूक्ति, आहान
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस मिसन चौरासीको कुराभन्दा जन सरोकारका र चासोका विषयमा केन्द्रित हुनु पर्ने बताएका छन् । नेपाली काँग्रेस कपिलवस्तुले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएका हुन् । काँग्रेसले निर्दोष मान्छेलाई फसाउन र भ्रष्ट्राचारीलाई जोगाउन नहुने उहाँले बताउनुभयो ।
सर्लाहीमा छिनछिनमै विद्युत् कटौती हुने समस्याले स्थानीय बासिन्दा हैरान भएका छन् । विशेष गरी साँझको समयमा धेरै मात्रामा विद्युत् कटौती हुने गरेको स्थानीयवासीको गुनासो छ । सोमबार साँझ मात्रै दर्जनौँ पटक विद्युत् काटियो । गर्मीले प्रभावित भइरहेका स्थानीयवासी यसरी बारम्बार बत्ती गइरहने समस्याले हैरान भएका हुन् ।