• ६ जेठ २०८१, आइतबार

संयुक्त राष्ट्रसङ्घले आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने

blog

संयुक्त राष्ट्रसङ्घ, भदौ १३ गते । संयुक्त राष्ट्रसंघको महासभाले परमाणु परीक्षणको विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनका लागि उच्चस्तरीय बैठक बसेको छ ।

मङ्गलबार संयुक्त राष्ट्र महासभाका अध्यक्ष क्यस्बा कोरोसीको अध्यक्षतामा बसेको बैठकले आणविक हतियारले ल्याएको विश्वव्यापी प्रकोपबारे चेतावनी दिँदै परमाणु परीक्षणको विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउनुपर्ने जनाएको छ ।

संयुक्त राष्ट्र महासभाको ७७ औं सत्रका अध्यक्ष कोरोसीले आणविक हतियारको प्रयोगले धेरै समस्याहरु उत्पन्न भइरहेको बताउनुहुँदै विश्वव्यापी प्रकोपको नजिक विश्व रहेको बताउनुभयो । आणविक हतियारका कारण डरलाग्दो घटना हुनसक्ने चेतावनी दिनुभयो । आणविक हतियारमा शर्त लगाएरु मानव जीवन सङ्कटमा पारेको बताउनुभयो ।

अध्यक्ष कोरोसीले आणविक हतियारको निरन्तर आधुनिकीकरणमा लगानी र मानवताको लक्ष्य, आकाङ्क्षा र सम्झाैतासँग मेल नखाने बताउनुभयो । यसलाई रोक्नका लागि सबै एक ठाउँमा आएर आणविक हतियारको प्रयोग कम गर्दै जानुपर्ने अध्यक्ष कोरोसीको भनाइ छ । उहाँले विश्वले आणविक हतियारको बढ्दो प्रयोग गर्नु मानवीय सङ्कट उत्पन्न हुनु रहेको बताउनुभयो ।

अध्यक्ष कोरोसीले संसारलाई सम्पूर्ण रुपमा सुरक्षित बनाउन र परमाणु खतरामुक्त संसार बनाउन त्यस दिशामा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय दिवस मनाउने बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक परीक्षणमा कानुनी रुपमा बाध्यकारी प्रतिबन्ध आणविक हतियारमुक्त संसारका लागि आधारभूत कदम हुने बताउनुभयो । व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि (सिटिबिटी) अझै लागू नभए पनि यो दिवसले सकारात्मक सन्देश जाने महासचिव गुटेरेसले बताउनुभयो । (सिटिबिटी) सेप्टेम्बर १९९६ मा संयुक्त राष्ट्र महासभाले पारित गरेको थियो । तर अहिलेसम्म लागू भएको छैन । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल