सिपले मान्छेलाई स्वावलम्बी बनाउँछ भन्ने कुराको उदाहरण बन्नुभएको छ, कैलारी गाउँपालिका–२, उजलीसेमराका ७५ वर्षीय वृद्ध हरिराम चौधरी। यो उमेरमा उहाँलाई पैसाका लागि अरूको मुख ताक्नु परेको छैन। जवानी उमेरमा सिकेको सिपले उहाँलाई आत्मनिर्भर नै बनाएको छ। ज्येष्ठ नागरिक चौधरीले बाँसको छिटुवा (डालो) र डिलिया (माछा राख्ने) बनाएर बिक्री गर्दै आउनुभएको छ। “यो सिप नसिकेको भए, सायदै म यो अवस्थामा हुने थिएन,” चाउरी परेको अनुहार मुसुक्क पार्दै उहाँले भन्नुभयो, “जमानामा छिटुवा र डिलिया बनाउन सिकेकाले खाली हात बस्नु परेको छैन।
खार्पुनाथ गाउँपालिका–२ को सुकाडिलको औलमा लक्षित वर्गका लागि सात वर्षअघि निर्माण गरिएका घरमा अहिलेसम्म पनि बसोबास गराइएको छैन। न्यून आयस्रोत भएका परिवारलाई अपायक पर्ने स्थानमा आवास निर्माण गरिएकाले बसोबास गराउन नसकिएको हो। जस्तापाताले छाएका तीनकोठे ११ वटा घर निर्माण गरिएका छन्।
सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा १२ महिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन थाल्छन् ।
कर्णालीले वर्षौंदेखि स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव झेल्दै आएको छ। दक्ष जनशक्तिविहीन जिल्ला अस्पतालले करारकै भरमा सेवा दिनुपर्ने बाध्यता छ। पूर्वाधारको अवस्था पनि उस्तै छ। वर्षौं पुराना जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ। प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा केही लगानी गरे पनि त्यो पर्याप्त छैन। जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो छ। स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) डोल्पाका लागि नवौँ तहका तीन चिकित्सकको स्वीकृत दरबन्दी छ तर दरबन्दी अनुसार एक जना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। एक जना मेडिकल अधिकृतका भरमा अस्पताल सञ्चालनमा छ। तथापि अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी छ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले शौचालय नबनाएपछि सेवा सुविधा रोक्का गरिने जनाएको छ। गाउँपालिका खुला दिशामुक्त भएको पाँच वर्ष बित्दा पनि जनप्रतिनिधि र कर्मचारीले शौचालय नबनाएको पाइएको छ। गाउँपालिकामा कार्यरत कर्मचारी र वडा सदस्यसहित जनप्रतिनिधिकै घरमा शौचालय छैन। केही दिनअघि गाउँपालिकाकै खानेपानी तथा सरसफाइ अनुगमन टोलीले सो तथ्य फेला परेको हो।
गुल्मी अस्पतालमा उपचारको क्रममा ७ वर्षीया बालिका मृत्यु प्रकरणमा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी प्रशंसा मरासिनीको मङ्गलवार बिहान गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएसँगै नेपालगन्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ लागेको छ। आयोगमा भ्रष्टाचारविरुद्ध उजुरी दिनेहरू बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवातमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा ८२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन्। भदौ महिनामा १९ वटा उजुरी अख्तियारमा परिसकेका छन्।
विश्वमै एक मात्र शालिग्राम पाइने नदी कालीगण्डकीको दोहन वर्षामा पनि रोकिएको छैन। म्याग्दी, बागलुङ र पर्वतका अधिकांश स्थानमा नदी दोहन गरी बालुवाका पहाड निर्माण गरिएको छ। स्थानीय प्रशासन भने नदीमा प्रहरी खटाएर राखेको बताउँदै आएको छ। असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था भए पनि कालीगण्डकीमा ठूला उपकरणको सहायताले दोहन भइरहेको पाइएको छ। प्रहरीदेखि स्थानीय तह र जिल्ला समन्वय समितिसमेत देखेर पनि नदेखेजस्तै गरिरहेको आमनागरिकको गुनासो छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
चालु आर्थिक वर्षको बजेट सरकारले जेठ १५ गते सङ्घीय संसद्मा प्रस्तुत ग-यो र असार १३ गते संसद्बाट पारित भयो । साउन १ गतेदेखि कार्यान्वयन सुरु भएको नयाँ आर्थिक वर्षका लागि विकास निर्माण कार्यका निम्ति विनियोजित पुँजीगत खर्च अन्तर्गतका योजना भने भदौ पहिलो सातासम्म सुरसार भएका छैनन् । नयाँ बजेटका योजना सुरु गर्न उपयुक्त मौसम खोजी गरिँदै छ । कतिपय स्थानीय तहले अहिले पनि अघिल्लो आर्थिक वर्षको जेठतिरको मिति राखेर योजना सम्झौता, निकासा मिलाइरहेका छन् । अहिले वर्षा छ, अल्लि पछि चाडबाड लाग्छन्, जाडो हुन्छ अनि आर्थिक वर्षको अन्त्य हुनै थाल्दा असारे विकास कार्य हुन्छन् । सरकार
आर्थिक कारोबार (सार्वजनिक आय, सार्वजनिक खर्च, लगानी तथा ऋण, अन्य सरकारी कोष) र सोसँग सम्बन्धित अधिकार एवं स्रोतसाधनको प्रयोगमा विश्वसनीयता, जवाफदेहिता र अनुशासनको लेखाजोखा गर्न लेखा परीक्षणको विकास भएको हो । राज्य व्यवस्थाका सुरुदेखि नै आम्दानी खर्चको हरहिसाब राख्ने र त्यसको जाँच गर्ने काम हुन थाल्यो । मौर्य शासनकालमा आर्थिक कारोबारमा छलकपट नियन्त्रणका लागि आन्तरिक लेखा परीक्षणको विकास भएको कौटिल्यले उल्लेख गरेका छन् । कौटिल्यले लेखा राख्ने विधि र कारोबारका तथ्याङ्क विश्लेषण प्रक्रिया विकास गर्नुभएको थियो । उहाँका अनुसार शासकले पदाधिका
ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
राज्य सञ्चालनको शक्तिका स्रोत जनता हुन् । जनप्रतिनिधिमूलक संस्थाले जनताबाट प्राप्त यस्तो शक्तिको प्रयोग गरी शासन सञ्चालन गर्ने गर्दछन् । निर्वाचनको माध्यमबाट जनप्रतिनिधिको चयन भई जनप्रतिनिधिमूलक संस्थाको गठन हुन्छ । लोकतान्त्रिक शासन प्रणालीमा शासन नागरिकको सहभागितामा नागरिकको चाहना र मागबमोजिम जनमुखी तवरले सञ्चालन हुनु पर्दछ । यसका लागि केन्द्रमा रहेको राज्यशक्ति तथा अधिकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारबिच बाँडफाँट गरी शासनको अभ्यास गर्न आवश्यक हुन्छ ।
कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ ९पानामा० रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो ।