विद्यार्थी तथा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिमा पढ्ने बानीको विकास गर्न पुस्तकालय ‘डिजिटाइजेसन’ अभियानलाई तीव्रता दिनुपर्ने यस क्षेत्रका जानकारहरूले बताउनुभएको छ । १६ औँ पुस्तकालय दिवसको पूर्वसन्ध्यामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय पुस्तकालयले आयोजना गरेको ‘टेक्नोलोजिकल रिभोलुसन इन लाइब्रेरी सर्भिस’ सम्बन्धी अन्तर्क्रियामा उहाँहरूले बदलिँदो समय अनुसार पुस्तकालयको व्यवस्थापनलाई पनि परिमार्जन गर्नुपर्ने बताउनुभयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७९/८० मा बजार अनुगमनका क्रममा ५५ वटा वस्तुको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाएको जनाएको छ । विभागले सो अवधिमा तीन हजार ६९५ वटा व्यवसायी फर्मको अनुगमन गरेकामा कैफियत देखिएका ५५ उद्योगका वस्तुको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाएको हो ।
जूवा खालबाट पक्राउ परेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष २५ हजार धरौटीमा छुटेका छन् । जूवा खालबाट पक्राउ परेका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना जनही २५ हजार धरौटीमा छुटेका हुन् ।
सद्भावको सहरका रूपमा परिचित बाँकेको नेपालगन्जमा चाडपर्वको रौनक सुरु भएको छ । यतिबेला रक्षाबन्धनका लागि सहरको सदरलाइन र बागेश्वरी मन्दिर लाइनलाई झकिझकाउ बनाएर सजाइएको छ । जुनसुकै धर्मविशेषको चाडपर्व आए पनि नेपालगन्ज सहरको त्रिवेणीमोड लाइन र बागेश्वरी मन्दिर लाइन सजाउने गरिन्छ ।
सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को पुनर्संरचना टुङ्गो लगाउन गृहकार्य थालेको छ । सोमबार मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसहित कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमलगायतको सहभागितामा यस विषयमा छलफल भएको थियो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले अर्थतन्त्रमा कठिनाइ आएका बेला मौद्रिक नीतिले मात्रै अर्थतन्त्र तङ्ग्रिन नसक्ने बताउनुभएको छ । भरतपुरमा मङ्गलबार पत्रकारसँग कुराकानी गर्दै उहाँले खस्कँदो अर्थतन्त्र उकास्न मौद्रिक नीतिसँगै अर्थ मन्त्रालयले वित्तीय नीति अगाडि सार्नुपर्ने सुझाव दिनुभयो । “मौद्रिक नीतिले केही सहयोग पु-याउन सक्छ तर यसैका आधारमा मात्रै अर्थतन्त्र तङ्ग्रिन सक्दैन । यदि देशको अर्थतन्त्र सुधार्ने हो भने वित्तीय नीतिलाई अर्थ मन्त्रालयले अगाडि सार्नु पर्छ,” उहाँको स्पष्ट भनाइ थियो ।
१. भारतले पहिलो पटक चन्द्रयान–३ चन्द्रमामा कहिले अवतरण गराएको हो ? सन् २०२३ अगस्ट २३ – यो सफलतासँगै भारत चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गराउने पहिलो र चन्द्रमामा पुग्ने चौथो राष्ट्र बनेको छ । – यसअघि चन्द्रमाको सतहमा अमेरिका, रुस र चीनले मात्रै यान अवतरण गराएका छन् । – इन्डियन स्पेस रिसर्च
सुशासनका सैद्धान्तिक मान्यताहरू १. स्थानीय तहले सेवा प्रवाह गर्नुपर्ने कुनै पाँच प्रमुख क्षेत्र उल्लेख गर्दै यस प्रकारका सेवा व्यवस्थापनमा जनप्रतिनिधिको भूमिका स्पष्ट पार्नुहोस् । नेपालको संविधानले स्थानीय तहलाई मूलतः सेवा प्रवाह, स्थानीय विकास निर्माण र अनुगमन एवं नियमनको जिम्मेवारी सुम्पेको छ । एकल र तीन तहको साझा अधिकारको सूचीमा उल्लिखित विषयमा मात्र स्थानीय तहले कानुन बनाई कार्यान्वयन गर्न सक्छन् । संविधानले निर्दिष्ट गरे अनुसार स्थानीय तहले प्रदान गर्ने प्रमुख पाँच सेवा निम्न छन् : स्थानीय तहले सेवा प्रवाह गर्नुपर्ने प्रमुख पाँच विषय क्षेत्र
श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ (सेयर) निष्कासनका लागि प्रक्रिया अगाडि बढाउन आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त गरेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको सेयर सार्वजनिक निष्कासनसम्बन्धी कार्य सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी गर्ने जनाइएको छ ।
साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित बन्दै गएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार अगस्ट (साउन १६ देखि भदौ २९ सम्म) महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत २१५ जनाले ‘एक्जिट’ भिसा लगाएका छन् । दूतावासका अनुसार अगस्ट ३ मा ७९ जनाले, अगस्ट १० मा ४१ जनाले, अगस्ट २२ मा ५८ जनाले र अगस्ट २९ मा ३७ जना गरी २१५ जनाले साउदीबाट स्वदेश फर्कने अनुमति अर्थात् एक्जिट भिसा पाएका छन् ।
चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।
प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको आज अन्त्यष्टि गरिएको छ ।
पोखरा विश्वविद्यालयका उपप्राध्यापक रविन्द्र प्रसाद बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको आरोप लागेको छ ।
पूर्बी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ कृषकको आर्कषण बढ्दो छ । च्याउ खेती गर्ने कृषक मेहनत गरेमा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नेगरेका छन् ।