राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि लोकबहादुर थापाले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नेपालगन्ज वडा २ स्थित दैलेखी बङ्गला कब्जागरी निर्माण गरिएका अवैध घर टहरा नेपालगन्ज उपमहानगरले डोजर लगाएर आज भत्काएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेशका मन्त्रीबीच कार्यसम्पादन करार सम्झौता भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लील फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको २५ औँ सचिवालय बैठकपछि एमाले नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने बताउनुभएको छ ।
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
हुलाकी लोकमार्ग अन्तर्गत सप्तरीको राजविराज–कन्चनपुर सडक खण्डस्थित अग्निसाइर कृष्ण सम्वरण गाउँपालिका –४ बनौलीको कालिया खोला –१ को पुल अलपत्र अवस्थामा छाड्दा यात्रुहरुको यात्रा जोखिमपूर्ण बनेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेषकुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बुधबार) उहाँलाई नियुक्त गर्नुभएको हो ।
नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स–इआइएफ) आजदेखि सुरु हुँदैछ ।
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. सङ्गीता मिश्रा नियुक्त हुनुभएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निजी सचिवालायका अनुसार बुधबार उहाँलाई विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभएको छ ।
सभामुख देवराज घिमिरेले संसदीय समितिहरुका कामलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिनुभएको छ ।
सिन्धुलीको दुधौली नगरपालिकाले नागरिकलाई विषालु सर्पको टोकाइबाट बचाउन सर्पदंश सम्बन्धी सचेतनामूलक तालिम सुरु गरेको छ ।