विद्यार्थीको शिक्षामा सुधार ल्याउने उद्देश्यले धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा एक दिने शैक्षिक मेलाको आयोजना गरेको छ ।
नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा विभिन्न समयमा समस्या देखिने गरेको हो ।
निर्वाचन आयोगले चितवन–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सर्वाेच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त भएको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
धनकुटाको पाख्रिबास नगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको करिब एक वर्ष हुन लागेको छ तर यो अवधि पाख्रिबासवासीका लागि भने खासै सुखद रहन सकेन । यसको कारण हो जनप्रतिनिधिबीच एकापसमा तालमेल नहुनु ।
एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा हुँदै नेपालका अन्य जिल्लामा पनि भित्रिएको हो ।
काठमाडौं, फागुन ७ गते। जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ। जसपाको आज काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी बैठकमा आगामी हुन लागेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेको हो।राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल भएको जसपाका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिनुभयो। बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो। जसपाले उपराष्ट्रपति पद आफूले पाउनुपर्ने माग गर्दै अन्य दलसँग पनि छलफल गरिरहेको छ।सरकारलाई समर्थन गरेको जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ। यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। रासस
नेपाली सेनाको २६० औं वार्षिक उत्सवको अवसरमा आइतबार नेपाली सेनाले सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार नै आगामी राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले हात पारेको छ ।
पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वत धाममा आउने भक्तजनको सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी, पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्वीको मुख्य रोजाई यो थलो हुनेगरेको छ ।
आयोजक भद्रपुर ब्लेजर्सले प्रथम भद्रपुर झापा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
कैलाली प्रहरीले चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।
११औं राष्ट्रिय कायक स्लालम तथा सातौं राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता मंगलबारबाट सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा सुरु हुने भएको छ ।
बागमती प्रदेश सरकारले अघि बढाएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका –४ मा रहेको मेथिनकोट प्रादेशिक अस्पतालमा सुरु भएको छ । आइतबार प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले एक कार्यक्रमबीच ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ को शुभारम्भ गर्नुभयो ।
पाल्पा जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माथागढीको सराईमा आइतबारदेखि सुरु भएको छ ।