नवलपुरको देवचुली नगरपालिका–१५ की टीका रानाभाट सम्पर्कविहीन भएको २५ वर्षभन्दा बढी भयो। २०५५ सालमा बिहान साथीकहाँ हिँडेकी १७ वर्षीय रानाभाट त्यसपछि सम्पर्कमा आउनुभएको छैन। उहाँको अहिलेसम्म अत्तोपत्तो नहुँदा आफन्त चिन्तित छन्। उहाँसँगैका साथीहरू गाउँघरमा देख्दा अभिभावकका आँखा रसाउँछन्।
यहाँका युवा तीन सय वर्षभन्दा पुरानो संस्कृति जोगाउन सक्रिय भएका छन्। नेवारी समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरणका लागि बेनीका युवाले सक्रियता देखाएका हुन्। युवाले अहिले बेनीमा बर्खे नाच अन्तर्गतका विभिन्न नाच प्रदर्शन गरिरहेका छन्। बर्खे नाच नेवारी समुदायको मौलिक कलासंस्कृति हो। बर्खे नाच देखाउने सबै कलाकार १३ वर्षदेखि २४ वर्षको उमेर समूहका छन्। १२ देखि १५ वर्ष भित्रकाले मृदङ्ग, मादल, -याली र ढोलकी बजाइरहेका छन्। एक जना युवाले तीन सय वर्षदेखि प्रयोग गर्दै आएको खप्पर (मुखौटो) लगाएर बाजाको तालमा लाखेनाच देखाउँछन्। एक जना अन्दाजी नौ वर्षका र अर्का १७ वर्षका युवा पनि मुख्य लाखेसँगै नाचिरहेका देखिन्थे।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले पाल्पामा विद्युत् प्रसारणको टावर बनाउन जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको छ। एमसिसी परियोजना अन्तर्गत नेपालको विकास समिति (एमसिए नेपाल) ले पाल्पाका दुई वटा पालिकामा जग्गा अधिग्रहणको काम सुरु गरेको हो।
प्युठानको मल्लरानी गाउँपालिकाले चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक समेत छपाइ गरी पालिकाभित्रका विद्यालयमा पठनपाठन सुरु गरेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर आचार्यका अनुसार कक्षा १ देखि ८ सम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर लागु गरिएको हो। गाउँपालिकाभित्र रहेका २३ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकको पढाइ हुने गरेको छ।
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएसँगै स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक झन्डै दुई महिनामा बस्ने भएको छ । बिजिनेसविहीन अवस्थामा रहेको प्रदेश सभाको बैठक प्रमुख विपक्षी दललगायत प्रदेश सभाका सदस्यको मागपछि सोमबार बस्ने भएको हो
कालीकोटको डिभिजन वन कार्यालयमा छ वटा मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन्। कार्यालय प्रयोजनका लागि भनेर खरिद गरिएका मोटरसाइकल प्रयोगविहीन हुँदा खिया लागेर सकिने अवस्थामा पुगेको छ। कार्यालय प्रयोजनमा अहिले दुई मोटरसाइकल मात्र सञ्चालनमा छन्। राज्य कोषबाट खरिद गरिएका मोटरसाइकल प्रयोगविहीन अवस्थामा राख्नु नाजायज भएको स्थानीय बताउँछन्। डिभिजन वन कार्यालय कालीकोटका सूचना अधिकारी प्रकाश देवकोटाका अनुसार कार्यालय परिसरमा पार्किङ गरिएका मोटरसाइकल चलाउन नमिल्ने अवस्था छ। ती मोटरसाइकल कार्यालयले खरिद गरेको भन्दा पनि डिभिजन वन कार्यालयसँग साझेदारी गरिरहेका आशा कार्यक्रमबाट प्राप्त भएको दाबी देवकोटाको छ।
दिगो विकास र सुशासनको कार्यान्वयन गर्ने सरकारी कार्यालयले स्थानीय जिल्लाका सम्बन्धित निकायसँग समन्वय नै नगरी आफू अनुकूल योजना सञ्चालन गरिरहेका छन्। जुम्ला जिल्लामा कार्यालय स्थापना गरेर मुगुमा विभिन्न योजना सञ्चालनमा ल्याएका ती कार्यालयले सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएको छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
हरेक साता काठमाडौँमा लाग्दै आएको रैथाने हाटबजार मेलामा मकवानपुरगढी गाउँपलिकाले पालिकाभित्र उत्पादन भएका रैथाने बाली तथा सामग्रीको प्रदर्शनी तथा बिक्रीवितरण गरेको छ । मकवानपुरगढी गाउँपालिकामा उत्पादित स्थानीय एवं रैथाने बालीको बजारीकरण गर्ने उद्देश्यले रैथाने कृषि हाटबजारमा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान आफैँ बिक्री गर्न पुग्नुभएको थियो ।
कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा कोरोना महामारीमा निर्माण गरिएको होल्डिङ सेन्टरलाई अन्य प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावना भए पनि सम्बन्धित निकायले प्रयोगमा ल्याउन सकेको छैन। कोरोना सङ्क्रमितसहित भारतबाट फर्केकालाई राख्ने उद्देश्यले सो होल्डिङ सेन्टर निर्माण गरिएको थियो। होल्डिङ सेन्टरलाई अब के बनाउने भन्ने टुङ्गो लाग्न नसक्दा प्रयोगमा आउन नसकेको हो। २०७८ साल जेठमा निर्माण सकिएको एक हजार शय्याको होल्डिङ सेन्टर एक वर्षभन्दा बढी समयदेखि उपयोगविहीन छ। होल्डिङ सेन्टरका लागि बनेको संरचना प्रयोग गर्ने सवालमा अझै पनि कुनै टुङ्गो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
बाजुराको दुर्गम गाउँ बस्तीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिका–९, सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायाले विद्यालयमै खाजाको व्यवस्था भएपछि खाजाका लागि घर जानुपर्ने बाध्यता हटेको बताउनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भुटानबाट लखेटिएका नेपालीभाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको मानवीय समस्या समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ। भुटानमा जन्मिएका नेपाली मूलका अमेरिकी युवा व्यवसायीको सम्मिलित संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले प्रधानमन्त्री प्रचण्डलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर भुटानी शरणार्थी समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचनाका लागि अध्ययन गर्न बनेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा नार्कमा बुधबार आयोजित कार्यक्रममा उपसमितिका संयोजक डा. टेकबहादुर गुरुङले आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभयो । नार्कलाई कसरी सुधार गर्न सकिन्छ, त्यसलाई पुनर्संरचना गर्नका लागि के के गर्नु पर्छ, त्यसका बारेमा अध्ययन गर्नका लागि कृषिमन्त्री भुसालले तीन सदस्यीय उपसमिति गठन गर्नुभएको थियो ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।