प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको बताउनुभएको छ।
सर्लाहीको बरहथवा नगरपालिका-१, खर्साल टोलमा बिहीबार इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगर प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
यू–१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई महोत्तरीको मनरासिसवा नगरपालिकाले सम्मान गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरपालिकाको नयाँ प्रशासनिक भवनमा बुधबार आयोजित एक समारोहबीच खादा लगाई ५१ हजार रुपियाँ र कदरपत्रसहित कप्तान तिवारीलाई सम्मान गर्नुभएको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गर्ने तीन महिने रूपान्तरण अभियानलाई प्राकृतिक कृषि उत्पादनसँग जोड्ने भएको छ ।
जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठुलो क्षति पुर्याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
इलाममा स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट ठगिएको खुलेको छ । इलामको सूर्योदय नगरपालिका–११ का स्थानीयको भदौ १ गतेबाट लागु हुनेगरी बुझाएको बिमा रकम सो वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले गायब बनाएपछि बिमित ठगिएको खुलेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ।
चितवन मेडिकल कलेज (सिएमसी) ले विगत १० वर्षमा सात हजार एक सय ९० जनाको मुटुको शल्यक्रिया गरेको छ । प्रा.डा श्यामराज रेग्मी र प्रा. डा विष्णुमणि धितालको टोलीले सो शल्यक्रिया गरेको हो ।
सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२, धेत्रेदमारको काला भैरव प्राथमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत धेत्रेका विकास विकलाई बर्खा लागेपछि पढाई छुट्ने चिन्ता हुन्छ ।
उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज (बिहीबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । ऐतिहासिक महत्वको प्रसिद्ध धार्मिकस्थल उत्तरगङ्गा ढोरबराहमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमामा मेला लाग्ने गर्छ ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लागि परेको इलामको सूर्योदय नगरपालिकाका सबै सामुदायिक विद्यालयमा मिनी म्याथ ल्याब (गणित प्रयोगशाला) सञ्चालन गरिएको छ ।